छोरालाई स्कुल पुर्‍याउन गएका बाबुको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ज्यान गयो

काठमाण्डौँ, ८ पुस । काठमाण्डौको गुर्जुधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चन्द्रागिरि नगरपालिका ७ चेकपोस्टका ४१ वर्षीय अर्जुनबहादुर केसीको ज्यान गएको छ ।कलंकीमा रहेको एलआरआई स्कुलमा छोरालाई पुर्‍याउन मोटरसाइकलमा गइरहेका बेला प्रदेश ३–०२–००९ प ७६२१ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमै रहेका अर्जुनका छोराको अवस्था भने सामान्य रहेको र ठक्कर दिएर भागेको ट्रकको खोजी भइरहेको प्रहरीले जनाएको छ । सोमबार पनि काठमाण्डौको गुर्जुधारामा बसको ठक्करबाट एकजना विद्यार्थीको ज्यान गएको थियो ।

Loading...