निशुल्क आखा शिबिरबाट बन्दिपुरका बिद्यार्थी देखि जेष्ठ नागरिकसम्म लाभान्वित

पुष ८
तनहुँ, बन्दीपुर

तनहुँको बन्दिपुर वरपरका दुर्गम गाउँका गरिब तथा निमुखा ५०० जना आखाको बिरामीहरु ३ दिने निशुल्क आखा शिबिरबाट लाभान्वित भएका छन ।

बन्दिपुर अस्पताल परिसरमा पुष २ गते देखि ५ गते सम्म आयोजित उक्त आँखा शिविरमा बन्दिपुर गाउपालिकाका अध्यक्ष पूर्णसिंह थापाले उद्घाटन गरेका थिए ।

परीक्षण क्रममा शल्यक्रिया गर्नुपर्ने बिरामीहरुलाइ खाने र बस्ने ब्यवस्थासहित आयोजित उक्त ३ दिने निशुल्क शिविर इनर ह्विल क्लब अफ पाटनको आयोजना र नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोगमा समाजसेवी मोतीशान्ति शाक्यको संयोजनमा गरिएको क्लबका अध्यक्ष गुनु देबि श्रेष्ठले बताएका छन ।

दुरदराज गाउँमा रहेर आँखाको समस्या भोग्नुपरेका गरिब तथा विशेषत जेष्ठ नागरिक लगायतका आखाको बिरामीहरुलाइ लक्ष्यित गरि गाउँघरमै सम्पुर्ण सेवा पुर्याउन यो शिबिरको आयोजना गरिएको बताउँदै संयोजक शाक्यले भनिन, ‘५०० भन्दा बढी लाभान्वित भएको यो शिविरमा निशुल्क आखाको परीक्षणबाट पहिचान भएका ६० जनाको निशुल्क आखाको शल्यक्रिया, औषधि वितरणसँगैै कालो चस्मा निशुल्क वितरण गरिएको छ भने ४० जना आखाको समस्या भएका बिरामीहरुलाइ आँखा अस्पतालमा गएर आँखा जाँच गराउन सुझाव दिइएको छ।’

क्लबले बन्दिपुरका महिलाहरूको आग्रहमा पुनः प्रयोगमा आउने सेनेटरी प्याड बनाउने तालिम समेत दिएको ईनरव्हील क्लबका सक्रिय समाजसेवी बिजया श्रेष्ठले बताए । तालीम पद्म पुस्तकालयमा दिइएको थियोे भने तालीममा स्थानीय १७ जना महिला दिदीबहिनीहरुको सहभागिता रहेको थियो।

शिविर आयोजनामा संलग्न सबैको सहयोगमा करीव १०० जना वृद्ध बृदालाई जाडोजँग बच्न ऊनीटोपी वितरणसँगै शिविर अवधिमा बन्दिपुर को दिल प्रा बि मा ५० जना विद्यार्थीहरुलाइ स्टेशनरी सामग्री,रत्नराज्य प्रा बि मा ६ देखि १२ कक्षा सम्मका विद्यार्थीलाई स्टेशनरी सामाग्री,भानु मा बि का छात्राहरुलाइ पुनः प्रयोगमा आउने सेनेटरी प्याड बनाउने तालिमपछि १र१ वटा सेनेटरी प्याड वितरण गरिएको र कक्षा ५ सम्मका १०० जना विद्यार्थीहरुलाइ न्यानो ऊनीको टोपी पनि वितरण गरिएको थियो।

शिबिर क्लबका १७ जना र अस्पतालका २ जना डाक्टर सहित ९ जनाको दक्ष विशेषज्ञ टोलिको उपस्थितिमा भएको थियोे

Loading...