रवि लामिछानेको पहलमा निर्माण हुन लागेको ‘रास्कोट सामुदायिक अस्पताल’ बनाउन चाइनिज हिरोले गरे २ करोड भन्दा बढी सहयोग

काठमाडौं – कर्णाली प्रदेशको दुर्गम जिल्ला कालिकोटमा न्यूज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सीधाकुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेको पहलमा निर्माण हुन लागेको ‘रास्कोट सामुदायिक अस्पताल’को सुविधा सम्पन्न भवनको शिलान्यास गरिएको छ । उक्त अस्पतालको शिलान्यास फरक ढंगबाट गरिएको छ । शारीरिक तथा मानिसकरुपमा समेत अपाङ्गता भएकी ८ वर्षीया आशा न्यौपानेले शनिबार ‘रास्कोट सामुदायिक अस्पताल’को शिलान्यास गरेकी […]

खुर्सानीको धुलो छर्केर ५० लाख लुट्ने ६ जना पक्राउ

काठमाडौं, १२ माघ । काठमाडौं महानगरपालिका १५ भगवानपाउ बस्ने बच्चुराम गुरुङलाई खुकुरी र फलामको लठ्ठी देखाई आँखामा खुर्सानीको धुलो छर्किएर ५० लाख रुपैयाँ लुटपाट गर्ने दाङ पुरन्धारा गाउँपालिका ९ खेप्ताङका बेदबहादुर भन्ने भीमबहादुर घर्तीमगरसहित ६ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

सडक दुर्घटनामा परि दुबईमा एक नेपालीको मृत्यु

एजेन्सि। युएईमा सडक दुर्घटनामा परेर एक नेपाली युवाले ज्यान गुमाएका छन् । शनिबार बेलुका हत्ता मुजेरा मदिना सुपरमार्केट अगाडि बाटो काट्ने क्रममा लरीले ठक्कर दिँदा दार्चुलाका रमेश कामीको मृत्यु भएको हो। उनलाई शनिबार बेलुका करिब साढे ६ बजेको समयमा ओमनबाट दुबई तर्फ आइरहेको भारी लरीले बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । रमेशको घटनास्थलमै ज्यान […]

पूर्वराजा ज्ञानेन्द्र परिवारसहित पश्चिम बंगालतिर

काठमाडौँ, १२ माघ । पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित आज भारतको पश्चिमबंगाल जाँदै छन् । गएको मंसिर २७ गते झापा पुगेका ज्ञानेन्द्र पूर्वरानी कोमल र निजी कर्मचारीसहित पश्चिमबंगाल जान लागेका हुन् । निजी सचिव सागर तिमल्सिना, एक निजी सुरक्षागार्ड, केही निजी कर्मचारीसहित पश्चिम बंगाल भ्रमणमा जाने शाहलाई सुरक्षा निकाय र उनको कारगेटसहितको टोलीले आज बिहान […]

काठमाडौंको शान्तिनगरबाट ८ जुवाडे पक्राउ

काठमाडौं १२ माघ । काठमाडौंको शान्तिनगरबाट ८ जना जुवाडे पक्राउ परेका छन् । शान्तिनगरको ओमशान्ति चोकबाट ८७ हजार नगदसहित ८ जना जुवाडे पक्राउ परेको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको हो । प्रहरीले पक्राउ परेका व्यक्तिहरुको नाम भने गोप्य राखेको छ । पक्राउ परेका सबै जुवाडेलाई बानेश्वर वृत्तमै राखिएको प्रहरीले जनाएको छ ।

गाउँपालिका अध्यक्ष ८ लाख घुस रकमसहित पक्राउ

सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।स्थानीय स्तरमा निर्मित सडकको बिल भुक्तानीबापत लिएको घुससहित गाउँपालिका अध्यक्ष केसी पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले अध्यक्ष केसीलाई ८ लाख घुस रकम लिँदा लिँदै पक्राउ गरेको हो । केसीसँगै रहेका अर्का व्यक्ति चन्द्र […]

चीनबाट फर्किएका एक नेपालीमा पनि भेटियो कोरोना भाइरसको संक्रमण

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ । चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले  चीनको वुहानबाट हालै फर्किएका एक नेपाली विद्यार्थीमा उक्त सङ्क्रमण देखिएको बताएका छन्। “वुहानबाट फर्किएका उनलाई […]

नेपालमा पनि कोरोना भाइरसको उच्च जोखिम

काठमाडौं, १० माघ । नेपाल भ्रमण वर्ष, २०२० को सुरुवातसँगै नेपाल कोरोना भाइरसको उच्च जोखिममा परेको छ। छिमेकी मुलुक चीनमा फैलिएको कोरोना भाइरस पर्यटकमार्फत नेपाल पनि भित्रिन सक्ने उच्च सम्भावना रहेको तर सरकारले रोकथामका लागि पूर्वतयारी नगरेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर […]

तरकारीको भाउ गत वर्षको तुलनामा ३४४ प्रतिशतसम्म महँगो

काठमाडौँ, १० माघ। असारदेखि लगातार आकाशिएको तरकारीको भाउ अहिलेसम्म सस्तो हुन सकेको छैन । यो अहिले केही सस्तो भए पनि गत वर्ष अवधिको तुलनामा ३४४ प्रतिशतसम्म महँगो भएको छ । दैनिक उपभोग्य वस्तु तरकारीको भाउ गत वर्षको यस अवधिको तुलनामा तीन सय प्रतिशतभन्दा बढी महँगो भएको छ कालीमाटी फलफूल तथा तरकारी विकास बजार समितिका अनुसार […]

लाखौ युवा रोजगारी नपाएर खाडीमा भासिँदै, कर्मचारी अभावमा स्थानीय सरकार

काठमाडौं, १० माघ । एकातिर लाखौ युवा रोजगारी नपाएर खाडी भासिँदैछन् भने ९ महिनाअघि कर्मचारी समायोजनका क्रममा साढे ९९ हजारभन्दा धेरै कर्मचारी समायोजन गरिएको भएपनि कर्मचारीको अभाव कायमै रहेको छ । अहिले पनि स्थानीय तहहरुमा ३८ हजार ४० कर्मचारी अभाव छ । प्रदेश २ को जनकपुरधाम उपमहानगरपालिको शिक्षा शाखामा कर्मचारी दरबन्दी सात जनाको छ । […]