काठमाडौं, ११ बैशाख । नेदरल्याण्ड्समाथि सानदार जित निकाल्दै नेपालले काठमाडौंमा सम्पन्न त्रिकोणात्मक टी-२० शृंखलाको उपाधि उचालेको छ। नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै नेपालले घरेलु मैदानमा पहिलो पटक भएको सिरिजको उपाधि उचालेको हो। टी-२० अन्तर्राष्ट्रियमा आजसम्मकै विशाल २ सय ३९ रनको योगफल तयार परेको नेपालले नेदरल्याण्ड्सलाई ९६ रनमा समेट्दै उपाधिमाथि कब्जा जमायो। फाइनलमा नेपाली बलरहरु हावी […]
समाज
भारतमा कोरोनाको रेकर्ड ब्रेकः एकैदिन थपिए ३ लाख १४ हजारभन्दा बढी संक्रमित, २१ सय बढीको मृत्यु
काठमाडौं, ९ वैशाख । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १४ हजार ८३५ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा २ हजार १०४ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारत एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित भेटिने मुलुक बनेको छ । भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या पनि एक करोड ५९ […]
गोठका सबै च्याङ्ग्रा मारेर खाएको हिउँ चितुवालाई गोठालाले च्याङ्ग्राकै खोरमा थुने
मनाङ, ९ वैशाख । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ। मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले बताए। बुधबार बिहान ७ बजेको समयमा च्याङ्ग्राको गोठमा पुगेका गोठालोले चितुवाले खोरभित्रै च्याङ्ग्रा खाँदै […]
‘ विभिन्न शक्तिको आडमा सरकारी जग्गामा बनाइएका संरचना भत्काएर छादछौ ’ -सांसद श्रेष्ठ
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठको अग्रसरतामा बिजुलीबजार धोवोखोला छेउमा बर्षौ देखि सरकारी जग्ग्गा कव्जा गरि निजी स्वामित्वको रुपमा रहिआएको भौतिक संरचना भत्किएको छ। बबहरमहलस्थित् ओलम्पिया स्कुललाइ भाडामा दिएको २ रोपनी १४ आना सरकारी जग्गा मिचेर व्यवसायी दीपक मल्होत्रालगायतले बनाएको भवनसहितको संरचना आइतबार साँझ डोजर लगाएर भत्काएको […]
करदातालाई जागरुक बनाउन सडक नाटक
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन आजबाट ‘सडक नाटक’ सुरु गरेको छ । पहिलो चरणमा काठमाडौँ क्षेत्र भित्रका १० स्थानमा सडक नाटक देखाउने काठमाडौँ महानगरपालिका राजस्व विभागका प्रमुख डाक्टर शिवराज अधिकारीले जानकारी दिनुभयो । अधिकारीले कोभिडका कारण चालु आर्थिक वर्षमा राजश्व संकलनको प्रक्षेपण नै कम गरेको भन्दै प्रक्षेपण अनुरुप कर संकलन […]
भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा सुरु
सौर्यमासका आधारमा मनाइने देसको एकमा मात्र सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का बिस्केट जात्रा आजबाट सुरु भएको छ । तौमदि स्थित नागपताकासहितको लिङो उथादै जात्रा ८ दिन ९ रात मनाइने भक्तपुरमा नौ दिन आठ रात बिस्केट जात्रा पाँचतल्ले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरुवात गरिएको हो । नाग र नागिनको संहार […]
हाम्रो आँसु माथि बन्दैछ महानगरको सुचना केन्द्र :
आदरणीय काठमाडौँ महानगर पालिकाका मेयर साहेव “छलफलबाट टुङ्गो नलागेसम्म निवेदकहरूको घर आगनमा प्रवेश गर्ने, अनाधिकृत कब्जागर्ने, भत्काउने जस्ता कुनै कार्य नगर्नु नगराउनु ।” यो कुनै विश्लेषक, लेखक वा वक्ताले भनेको होइन । श्री सम्मानित सर्वोच्च अदालतले काठमाडौं महानगर पालिकाको कार्यालय समेतका नाममा जारी गरेको आदेश हो । अदालतको आदेशलाई ठाडै उलंघन गर्दै बिबादास्पद […]
महानगरीय प्रहरी वृत्त जनेवा र जनसेवा सामुदायिक केन्द्र द्वारा “हर प्रहर गाउँ र नगरि टोल-टोलमा नेपाल प्रहरी” जन-चेतना मुलक कार्येक्रम
काठमाडौँ। महानगरीय प्रहरी वृत्त जनेवा र जनसेवा सामुदायिक केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र जनसेवाको आयोजनामा “हर प्रहर गाउँ र नगरि टोल-टोलमा नेपाल प्रहरी” भन्ने मुल नाराका साथ कोभिड 19 (कोरोना भाईरस) बाट बच्नका लागि अपनाउनु पर्ने साबधानी जन-चेतना मुलक कार्येक्रम गरेको छ। समुदाय प्रहरी साझेदारी अवधारणा अनुसार महानगरीय प्रहरी वृत्त जनेवा र जनसेवा सामुदायिक […]
सामुदायिक स्वास्थ्य केन्द्रमा समाजसेवीबाट उपकरण सहयोग
चैत्र २५ , ललितपुर – समुदायस्तरमा सहज र आधारभुत स्वास्थ्य सेवा प्रवाह गर्न स्थापित १६ वडाको सामुदायिक स्वास्थ्य केन्द्र नागबहालमा समाजसेवी छाँया जुवाःले OXYGEN CONCENTRATOR , WHEELCHAIR लगायतका अन्य स्वास्थ्य उपकरणहरू हस्तान्तरण गरेका छन । मंगलबार आयोजित एक कार्यक्रमका बीच समाजसेवी जुवाःले ललितपुर महानगरपालिका– १६ वडाका वडाअध्यक्ष निर्मलरत्न शाक्य मार्फत सो उपकरण हस्तान्तरण गर्नुभएको […]
चीन सरकाले दिएको कोरोना खोप नेपाल पुग्यो
काठमाडौं, चैत । छिमेकी राष्ट्र चीनले अनुदान दिएको ८ लाख डोज कोरोना खोप काठमाडौं ल्याइपुर्याइएको छ। बेइजिङबाट खोप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज सोमबार बिहान काठमाडौं आइपुगेको हो। खोप त्रिभुवन विमानस्थलमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई चिनियाँ राजदूत होउ यान्छीले हस्तान्तरण गरेकी छन्। चीन सरकारले कोरोनाविरुद्ध ‘भेरासेल’ खोप नेपाललाई सहयोग दिएको हो। […]











