बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटियो

माघ २८, काठमाडौं । ललितपुरको  सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला परेको छ ।

खुमलटारको  क्लासिक टावरको पछाडि रहेको एक मन्दिर छेउ आज बिहान मूर्ति फेला परेको हो ।

दुई फिट अग्लो र डेढ फिट चौडा पित्तलको मूर्ति गएको माघ ८ गते मूर्ति हराएपछि प्रशासनले मूर्ति खोजी गर्न दबावमूलक अनुसन्धान चलाईरहेको थियो । ललितपुर प्रहरीले मूर्तिमा कुनै क्षति नपुगेको र दुरुस्त अवस्थामा फेला परेको जनाएको छ ।

भेटिएको बालकुमारीको उक्त मूर्तिलाई महानगरीय प्रहरी प्रभाग  जावलाखेलमा राखिएको छ  ।  प्रहरीले आजै सुनाकोठी मन्दिरमा पठाउने तयारी गरिएको छ ।

 मुर्ति चोरी भएपछि सुनाकोठी गुठीले मूर्ति फेला पार्नेलाई ५ लाख पुरस्कार दिने घोषणा गरेको थियो ।

Loading...