त्रिपुरेश्वर चोकमा बन्यो आधुनिक र सुविधासम्पन्न सार्वजनिक शौचालय

माघ  २८,काठमाडौँ  । त्रिपुरेश्वर चोकमा आधुनिक र सुविधासम्पन्न सार्वजनिक शौचालय निर्कामाण भएको छ । काठमाडौँ महानगरपालिकाले एरोसानसँगको सहकार्यमा आधुनिक र सुविधासम्पन्न शौचालयको निर्माण गरेको हो  ।  महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्य तथा उप-प्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले आज संयुक्त रुपमा  नयाँ निर्माण भएको उक्त शौचालयको उद्घाटन गर्नु भयो ।  महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बढी भिडभाड हुने स्थान, पार्कलगायतका ठाउँमा आधुनिक शौचालय निर्माणलाई काठमाडौँ महानगरपालिकाले प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।  

  यसै गरि महानगर पालिकाकी उप- प्रमुख खड्गीले आम सर्व साधारणको लागि महानगरले गर्नुपर्ने जिम्जमेवारी अनुसार सुबिधासम्पन्न  शौचालय निर्माण भएको बताउनु भयो ।  उहाले महानगरलाइ ब्यबस्थित ,सफा सुन्दर बनाउन महाननगर भित्र बस्ने सबैले सभ्य नागरिकको भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । 

नयाँ शौचालय दृष्टिविहिन, शारीरिक रुपमा फरक क्षमता भएका नागरिकका लागिसमेत सहज हुने गरी निर्माण गर्ने योजना रहेको बताउनुभयो । नयाँ निर्शौमाण भएको चालयमा १५ हजार लिटरको आकाशे पानी संकलन गर्ने, शौचालयबाट आउने दिशाजन्य लेदोलाई बायोडाइजेस्टरमार्फत ग्याँस निकाल्ने जस्तो प्रविधिको समेत प्रयोग भएको छ  । 

काठमाडौँ महानगरपालिका वडा–११ का अध्यक्ष हिरालाल तण्डुकारले अन्य स्थानमा पनि यस्ता शौचालय निर्माण गर्ने योजना रहेको बताउनुभयो ।
एरोसानका नेपाल प्रतिनिधि प्रकाश अमात्यले पनि अत्याधुनिक सेवा दिने उदेश्यले आधुनिक शौचालय निर्माणको अभियान अन्तर्रगत यो शौचालय निर्माण भएको जानकारी दिनुभयो । उहाँका अनुसार यो शौचालय ५ सय स्वायर फिटमा निर्माण भएको छ । जसको लम्वाई २८ फिट र चौडाई १२ फिट छ ।

गौशाला, तीनकुने, कोटेश्वर, नयाँबानेश्वर, बबरमहल, थापाथली, सुन्धारा, एनएसी, न्यूरोड जुद्ध शालिक आसपास, हनुमानढोका, जमल, लैनचौर, सोह्रखुट्टे, बल्खु र कुलेश्वरलगायतका स्थानामा यस किसिमको आधुनिक शौचालय निर्माण  गर्ने काठमाडौँ महानगरको पालिकाको योजना छ । 

 
Loading...