बागलुङमा होली मेलामा झडप हुँदा २ जनाको मृत्यु

काठमाडौं, चैत । बागलुङ  र प्युठान जिल्लाको सिमानामा लागेको एक होली मेलामा युवाहरुको दुई समूहबीच झडप हुँदा २ जनाको ज्यान गएको छ । झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा आइतबार दिउँसो झडप भएको हो ।  मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँवर र […]

गुरुमापाको आख्यान , टुडिखेलमा एक मुरी चामलको भात र सिङ्गै राँगाको मासु ख्वाइने परम्परा

लिक्षविकालिन सम्रक्षित सबै भन्दा ठुलो इतुम्बहालका निर्माता केशचन्द्रले आफ्नो सबै सम्पत्ती जुवामा हारेपछि आफ्नी दिदीसंग बस्न गए। जुवा खेल्ने लतमा डुबेका उनले खाना खान पस्केको थाल समेत चोरेर दुख दिए। बहिनीले उनलाई पाठ सिकाउन भुईमा भात छरिदिए। आफ्नो बानीले गर्दा सबैतिरबाट अबहेलित केशचन्द्रले त्यही भुइँमा छरेको भात रुमालमा पोको परि अनकन्टार बाटो लागे । भोकाएको […]

नेपाल टेलिकमको एफटीटीएच इन्टरनेट ४७ जिल्लामा पुग्यो, यस्तो छ सातै प्रदेशको तथ्यांक

काठमाडौं, चैत । नेपालमा पछिल्लो समय इन्टरनेट विस्तारमा तीव्र प्रतिस्पर्धा भइरहेको बेला नेपाल टेलिकमले देशैभर आक्रामक रुपमा फाइबर टु दि होम (एफटीटीएच)मा आधारित इन्टरनेट सेवा विस्तार गरेको छ। एफटीटीएचले पाचौँ पुस्ताको मोबाइल इन्टरनेट (फाइभजी)को पूर्वाधारमा पनि काम गर्ने भएकाले नेपाल टेलिकमले भविष्य समेत हेरेर लगानी बढाएको जनाएको छ। टेलिकमले तामाका तारबाट चलेको पुरानो प्रविधिलाई प्रतिस्थापन […]

चौथो विश्व नेवाः दिवस भव्यरुपमा मनाइने

  काठमाडौं । विश्वभरमा रहेका नेवार समुदायको एकिकृत संगठन हलिं नेवाः दबू नेपाल च्याप्टरले चौथो विश्व नेवाः दिवस मनाउने भएको छ । संगठनले चैत्र १४ गते शनिवार बसन्तपुर डवलीमा विभिन्न कार्यक्रमका गरी मनाउने जानकारी मंगलबार आयोजित पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । नेवार समाज र नेपालभाषाको विकासको लागि गरेका आठ जना विशिष्ट व्यक्तित्वहरुलाई सम्मान […]

उद्घोषण तथा वक्तृत्व विकास तालिमबाट महिलाहरु लाभान्वित

ललितपुर महानगरपालिका वडा नं. ५ को सहयोगमा पिनाकल ट्रेनिङ एकेडेमीले आयोजना गरेको १० दिने उद्घोषण तालिम सम्पन्न भएको छ । वडा ५ का महिला समूहका पदाधिकारी एवं सदस्यहरुलाई मन्तब्य राख्न तथा कार्यक्रम निर्माण र संचालन गर्न सहज होस् भन्ने उद्देश्यले उक्त तालिम आयोजना गरेको हो । संचारकर्मी सुरजवीर बज्राचार्यले प्रशिक्षण दिएको उक्त तालिममा २५ जना […]

तलेजुमा मूल पूजारीमा पुरुषोत्तम सुवेदी राजोपाध्याया नियुक्त

काठमाडौं-काठमाडौंको दिगु तलेजुमा मूल पूजारी नियुक्त भएका छन् । गत कार्तिकदेखि खालि रहेको मूल पूजारीमा काठमाडौं मखन निवासी पुरुषोत्तम सुवेदी राजोपाध्यायलाई नियुक्त गरिएको हो । शनिबार दिगु तलेजुका सहकाय पूजारी नारायणमान जोशीले फुलमाला लगाई नवनियुक्त मूल पुजारी पुरुषोत्तम सुवेदीलाई दिगु तलेजु मन्दिरमा भित्य्राए । दिगु तलेजुका सहायक पूजारी जोशी थकाली पुष्पमान जोशीको अनुपस्थितीमा नारायणमान जोशीले […]

कर्णालीका शाहीले गरे जापानी विश्वविद्यालयबाट उर्जामा पहिलो विद्यावारिधी

काठमाडौं । कर्णाली प्रदेशबाट पहिलो पटक दिनेश कुमार शाहीले उर्जामा विद्यावारिधी गरेका छन् । विश्वकै उत्कृष्ट विश्वविद्यालयमध्ये एक जापानको टोक्यो सिटी युनिभर्सिटीबाट शाहीले विद्यावारिधी गरेका हुन् । उर्जाको खानीका रुपमा मानिएको कर्णालीबाट उर्जामा विद्यावारिधी गर्ने शाही पहिलो बनेका छन् । टोक्यो सिटी विश्वविद्यालयले शुक्रबार एक विशेष समारोह आयोजना गरेर शाहीलाई विद्यावारिधीको उपाधी प्रदान गरेको हो […]

भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार पुननिर्माणपछि संरक्षण समाजलाई हस्तान्तरण

  फागुन १५ ,काठमाडौँ। युनेस्कोको सम्पदाको सूचीमा रहेको इतुम्बहाःमा रहेको भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहारस्थित देवाद्यः छेँ (कुलदेवता घर)को पुननिर्माणपछि काठमाडौँ महानगर पालिकाले उद्घाटन पछि महाविहार संरक्षण समाजलाई नै हस्तान्तरण गरेका छन् । महानगर पालिकाका मेयर बिद्या सुन्दर शाक्यले उक्त देवाद्यः छेँ (कुलदेवता घर)को उद्घाटनपछि मूर्त÷अमूर्त अभियानअन्तर्गत आफ्नो कार्यकालमा काठमाडौँभित्र रहेका धेरै कुलदेवता घर, आगम […]

आगामी शैक्षिक सत्रमा ४ वटा कक्षामा नयाँ पाठ्यक्रम

काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रदेखि कक्षा २, कक्षा ३, कक्षा ६ र कक्षा १२ मा नयाँ पाठ्क्रम लागू गर्दैछ । केन्द्रले नयाँ पाठ्यक्रमअनुसार पुस्तक छपाउने तयारी गरेको छ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार पाठ्यक्रम परिवर्तन गर्न गरिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले बताए । उनले भने, ‘पाठ्यक्रमको सबै […]

प्याराग्लाइडिङ फेवातालमा खस्दा सैनिक जवानको मृत्यु

कास्की, ३ चैत । पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा: दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ। सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए। […]