पत्रकार विश्वकर्माको उपचारमा लापरवाही गर्नेलाई कारबाहीको माग गर्दै सिभिलमा धर्ना 

काठमाडौँ, १६ माघ ।  टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार एलबी विश्वकर्माको उपचारमा लापरबाही भएर मृत्यु भएको घटनाको न्यायिक छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै सिभिल अस्पतालमा प्रदर्शन भएको छ । 

श्रमजीवी पत्रकार सङ्घ नेपालले परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, परिवारलाई रोजगारी दिनुपर्ने र मृतकका छोराछोरीको पठनपाठनको व्यवस्था गर्नुपर्ने माग गर्दै आइतबार नयाँवानेश्वरस्थित सिभिल अस्पतालमा एक घण्टा धर्ना दिएको हो । 

नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)ले  पत्रकार  एलबी विश्वकर्मासँग ६ सय नहुँनाको कारणले वेड नदिएको  र  कोरोना टेस्ट विना उपचार नहुने भनेर लापरबाही गर्दा उनको मृत्यु भएको सङ्घको भनाइ छ । 

यस बिषयमा अस्पताल प्रशासन संग दोषीलाई कारवाहीको माग गरेका थियो। लापरवाही गर्ने कर्मचारीलाई कारवाही गर्ने प्रतिवद्दता गनाएको अस्पतालले   आफू खुसी छानबिन समिति गठन गरेको भन्दै तत्काल खारेज गरी नेपाल मेडिकल काउन्सिलको नेतृत्वमा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने र पत्रकारलाई सिभिल अस्पतालसहित देशभरका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने मागसमेत गरेको अध्यक्ष जन्मदेव जैसीले बताए ।

सिभिलले उपचारै नगरे पछी  गएको माघ ५ गते राति पत्रकार विश्वकर्माको स्वास्थ्यमा अचानक समस्या देखिएपछि  ललितपुरस्थित पाटन अस्पताल पु¥याइएपछि उपचारकै क्रममा ६ गते बिहीबार बिहान ३ बजे निधन भएको थियो । 

श्रमजीवी–पत्रकार सङ्घ, नेपालको आग्रहपछि टिभी टुडे टेलिभिजन व्यवस्थापनले स्व विश्वकर्माको किरिया खर्चबापत तत्काल रु २१ हजार उपलब्ध गराएको थियो । बाँकी बच्चाको पढाइ खर्च स्व पत्रकारको जीवनसँगिनीको खातामा जम्मा गरिदिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

२६ वर्षीय स्व विश्वकर्माका श्रीमती र तीन वर्षीय एक छोरा छन् । अछामको रामारोशन निवासी विश्वकर्मा पछिल्लो समय काठमाडौँमा रही पत्रकारितामा सक्रिय हुन् । उनी टीभी टुडेभन्दा अगाडि इमेज टेलिभिजन, जनता टेलिभिजनमा कार्यरत थिए । 

 
Loading...