“एक कप चिया अभियान”को २५ औ नि:शुल्क मोतिविन्दु शल्यक्रिया शिविरबात २८ वृद्ध वृदाले पाय उपचार

माघ २९, काठमाडाैँ। दिनकाे एक कप चिया बराबरकाे रकम दृष्टिविहीनहरूलाई दृष्टि प्रदान गर्न जम्मा गरेर काठमाडाैँ उपत्यका साथै देशका दूर्गम क्षेत्रमा सेवा दिँदै आएकाे युवा नेत्र सेवाद्वारा सञ्चालित “एक कप चिया अभियान”ले निशुल्क मोतिबिन्दुको शल्यक्रिया सम्पन्न गरेको छ। विगत २५ वर्षदेखि नेत्र सेवा प्रदान गर्दै आएकाे सेवाकाे अभियान अन्तर्गत युवा नेत्रसेवाको आयोजनामा आज शनिवार काठमाडौँको टेकु स्थित नमस्ते आइक्यर क्लिनिकमा संचालन गरेको २५औ नि:शुल्क मोतिबिन्दु शल्यक्रिया कार्येक्रम गरि २८ जना वृद् वृदाहरुलाई नेत्रसेवा प्रदान गरेको हो।

काेभिद १९ काे प्रकाेप बीच पनि आफूहरूले नेत्र सेवामा आवश्यक जनशक्ति उत्पादन गर्न तालिम सञ्चालन र चिकित्सकीय सेवा प्रदान गरिरहेकाे “एक कप चिया अभियान”का संयोजक तथा  नेत्र  अनुसन्धान विज्ञ  शिदर्थ रञ्जितले बताउनु भयाे। “प्रत्यक बर्ष १५० जना वृद् वृदालाइ नी:शुल्क मोतिविन्दुको शल्यक्रिया गर्ने लक्षयहाम्रो भएता पनि कोविड संक्रमणका कारण गत बर्ष र यो बर्ष सिमित संख्यमा हामीले सेवा प्रदान गरेका छौ। यो सस्था मानव सेवा भाव भएका समुह बात सन्चालित छ र दिन दुखिको सेवामा समर्पित छ ।     ” संयोजक बिशेसज्ञ  रन्जितले बताउनु भयो।
शिविरले ललितपुरको ठेचो,सुनाकोठी चन्द्रागिरी नगपालिका बलम्बु , भक्तपुरको नगरकोट तथा कीर्तिपुरका मोतिबिन्दु बात समस्यामा परेका वृद् वृदाहरुले सेवा लाभ लिएका थिए।
दैनिक एक कप चिया बराबरको रकम दान दिएर सुरुवात गरिएको “एक कप चिया अभियान” अभियानमा अहिलेसम्म ३ सय ५० बढी सदस्य र १ सय बढी देश बिदेशका आजीवन सदस्य बनिसकेका छन्।

Loading...