– पदम श्रेष्ठ
घाम डुबि सकेको भए पनि त्यसको मधुरो आभा र आभास बाँकी नै थियो ।
बाटो थियो, मानिसको भीडले खचाखच । शहरको बीचैबीच पार्कछेउ ।
कन्याराशी जादै थिए, आप्mनो घर । एउटी स्त्रीको अपवित्र तर्रो स्वर कानमा ठोक्किन आइपुग्यो,
त्यति मा त तेरो……लाई लैजा न । मतलब शरीरको मोलमोलाई भैरहेको थियो पार्क छेउकै सडकमा । केटाहरु कार्तिके कुकुर झैं दाह«ा ङिच्याउँदै पछि लाग्दै जिउको भाउ घटाउनमा व्यस्त , कति त कति ? हँ ।
सार्वजनिक सडकमा न जिउ बेच्नेलाई यात्रुको वास्ता थियो न त जिउ किन्नेलाई नै
कसलाई भन्दा कसलाई लाज भनेझैं बाटो नाप्नुको विकल्प कहाँ थियो र त्याहाँ ? कन्याराशीपनि बाटो नाप्न थाले,जसरी तमाम बटुवाहरु बाटो नाप्दै थिए । तर अलि पर पुग्दा नपुग्दै एक्कासी मनमा थुप्रै जिज्ञासाहरु पलाउन थाले । कन्याराशी तक्क अडिए । फनक्क फर्किए । आफूभित्रका लाजलाई ढल्किँदो अध्यारोमा लुकाए । आफूलाई पनि वाच डगको रुपमा उभ्याए जिउ किन्नेहरुकै बीच । हेर्दा हेर्दै कतिपय भाउ मिलाउँदै थिए भने कोही घरमा कि होटलमा भन्दै ट्याक्सी, मोटरसाईकल आदि सवारी साधनमार्फत् जाँदै थिए । प्रजातन्त्रसँगै खुल्लापार्कहरुमा शुरु भएको खुल्ला जिउ किनबेचको व्यापार लोकतन्त्र गणतन्त्रहुँदै कायमै छ, आजपर्यन्त । कन्याराशीले खुल्ला पार्कमा उभिएकीमध्येकै एउटीसँग प्रश्न राखे, पहिले– पो हातमा मोबाइल नहुँदा जिउ देखाउन खुल्ला ठाउँ आउनु पथ्र्यो । अहिले सबै संग फोन,नेट छ, तर किन सार्वजनिक ठाउँमा उभिनुपरेको होला हगि ? पार्कमा उभिएकीले प्रश्नको जवाफ दिन चासो देखाइनन् । सायद प्रश्नको जवाफले पेटको भोक मेटाउँदैन थियो । कुरा बुझेर केहि फरासिली जस्तै देखिनेसँग प्रश्न तेर्साए कन्याराशीले, कति पाए गइन्छ त ? प्रश्नले उनि अलि चनाखोहुँदै उल्टै कन्याराशीलाई सोधी, घर कि होटलमा ? कति जना हुन्छ ? लगत्तै अर्को प्रश्न राखिन् । अवसरलाई चुक्नै नदिई भनिहाले, म एक्लै हो, होटलै जाने । धेरै जना छ घरैमा भन्यो भने पहिले नै पैसा भूक्तानी गर्नुपर्ने रहेछ । उनको इसारालगत्तै लाजलाई कुल्चदै, कन्याराशीपछि लागे । होटल मध्यम थियो । उनीहरुभित्र पसे ।
नेपथ्यमा मघुरो गीत घन्किरहेको थियो ,,चोलि के पिछे क्या हे, चुनरी के निचे …………
चुनरी मे …हो .चोलि मे दिल हे मेरा ,,,चुनरी मे दिल हे मेरा ।।
कोठै पिच्छे टेलिभिजनमा सुनिन्थ्यो फिल्मको डायलग मै तुमको चोक्ता चोक्ता करके मार दालुङगा.. ,पानीमा पसेपछि भिज्छ भनिएझैं होटल एण्ड लज भित्र अनेक धन्दा हुँदो रहेछ बुझ्दै जान थाले उनि सँगको हिडाईंमा । जे होस्, त्यो रातको लागि एउटा कोठा पाए कन्याराशीले । बस्, उसको उद्येश्य थियो, एक रातको वास । उनीहरु कोठाभित्र प्रवेश गरे । कोठा प्रवेश गर्ना साथ काम सिध्याउन तयार भईन्, सक्दो छिट्टै काम सिध्याउनमा केन्द्रित घण्टौं निर्वस्त्र रहँदा पनि कुनै लक्ष्यण नदेखेपछि के हो दाजु, (प्रश्न गरिन झण्डै व्यङग्य पारामा ) इन्ट्रेस् भएन ? त्यसै त दिनहुँ ओछ्यान अनि मान्छे फेर्दै हिड्नेसँग कसरी सुत्नु भन्ने भैरहेको बेला दाजु सम्बोधन गरिदिएपछि त झन् ….. । उद्देश्य, संस्कार र सम्बन्ध नै फरक भएको सबै कुरा लुकाउँदै नलुकाई भने कन्याराशीले । होटलको विल, खाना शरीरका लागि खर्च बेहोरिसकेपछि पनि सम्बन्ध राख्न नचाहने पहिलो व्यक्ति पाएपछि उनि आफैंले पनि आजको रातलाई राहतको रात थानिन् । स्पष्ट फरासिलो वक्ता भएपनि उनको बोलि कडा र खरो थियो तर उनि खुल्दै गइन् । हामी पनि यस्तो पेशामा चाहेरै लागेका कहाँ हौं र ? उनी बाबा, भन्दै डाँको छोडेर रोईन् । केहि वेरपछि मन हलुका महसुस गर्दै भनिन््,, हामी एक्लै यौन पेशामा आउनै सक्दैनौं । अझ हामी सडकमा,,मर्नु भन्दा बहुलाउनु वेश भन्ने भएपछि पुग्न बाध्य हुन्छौं । उनी रुँदै, भन्दै गइन्, मैले जिवनमा पहिलो पल्ट पैसा खर्चेर हामी जस्ताको मनको बह सुनिदिने पुरुष भेटेको हुँ, सबै कुरा भन्छु । आफू गाउँको शिक्षापछि कामपनि गर्ने र क्याम्पसपनि पढ्ने अभिलाषाका साथ शहर पसें । केहि महिनापछि घरले खर्च धान्न सकेन । कामपनि पाइएन । अभावसँग जुधिरहेको बेला मैले एक पुरुष भेटे । उसले मलाई माया गथ्र्यो, तर स्वर्थी । बिहें गर्ने वाहानामा मेरो शरीरसँग खेल्दै अलपत्र पारेर गयो । म घरको न घातको हुन पुगें । पटक–पटक भेट्ने प्रयास गर्दा पनि भेटिनँ । भोको पेट भर्न र लोग्नेले छोडेकी यौन व्यवसायीको संगतमा परेछुँ । त्यसबेला देखि चाहेर वा नचाहेरै पनि यस पेशामा लाग्न बाध्य भएको हुँ । यहाँ तीन थरीका यौन व्यवसायी छन् ।
पहिलो – लोग्ने घर परिवारबाट प्रताडित ।
दोस्रो – लोग्ने, आमा बाबु आफन्तबाटै प्रोत्साहित । ,
तेस्रो– लोग्ने विदेश गएका , यौन इच्छा पूर्ति गराउन नसकेका वा चेन्जर–यौन स्वभावका ।
अन्त्यमा उसले भनिन्, यौन व्यवसायलाई सरकारले व्यवस्थित र ऐच्छिक गर्दै लानु पर्दछ । जसले गर्दा सडकमा उभिनु नपरोस, यौन रोगबाट बच्न सकियोस र सरकारलाई कर प्राप्त होस् । कन्याराशीले थुप्रै कुरा बुझे पनि, गुने पनि । र कविता कोरेपनि ।
माफ गर
तिम्रा सारा दोषहरु माफ गर्न चाहन्थें म
तर आत्मै भित्रदेखि मानि दिंदैन भने । ?
सायद अझै तिमी भित्र देखि निख्रिंएनौ
सडकछाप प्रेमलाई दोष मान्नै जानिनौ भने !
माफ गर क्षणिक प्रेमी को यो
मायाँ होइन दया मात्र गर्छु मो ।
एक पल्ट फुटेको सिसा कहाँ जोडिन्छ र ?
पटक पटक चर्किएको तन कहाँ पुरिन्छ र ?
अझै पनि भित्रैदेखि तिमी तनको कर लिईदियोस भन्ने पक्षमा छौ भने
माफ गर अब तिम्रो के आश गर्न सकिन्छ र ?