काठमाडौँ महानगर पालिकाको ४१ लाख सहयोगमा शाक्यकेतु महाविहार आगं छें शिलान्यास

माघ २१,काठमाडौँ –   काठमाडौँ महानगर पालिकाको ४१ लाख अनुदान सहयोगमा महानगरको १९ वडा स्थित रहेको शाक्यकेतु महाविहार आगं छें ( देव घर )  शिलान्यास भएको छ ।  महानगपलिकाका प्रमुख बिध्यासुन्दर शाक्य तथा उप-प्रमुख हरिप्रभा श्रेष्ठ खड्गी बात आज एक कार्येक्रम बीच उक्त आगं छें को शिलान्यास भएको हो  ।

महानगर प्रमुख शाक्यले सम्पदा पुनः निर्माण गर्न महानगरने लिएको नीति अनुरुप बिभिन्न बहा बहि द्य : छे , सत्ताल , बिहार ,मन्दिर आदि सम्पदाको लागि सहयोग गर्दै आएको बताउनु भयो । उहाले आफुहरुको कार्येकाल सकिन केहि महिना मात्र बाँकी रहेको कारण अन्य कुनै सम्पदा पुनः निर्माण गर्न बाँकी रहेको भए  छिटो भन्दा छिटो महानगरलाई जानकारी दिन आग्रह गर्नु भयो । 

यसै गरि उप प्रमुख हरि प्रभा श्रेष्ठ खड्गीले समुदायलाइ चिनाउने विभिन्न सम्पदा पुनः निर्माण गर्न महानगारने पहिलो प्राथमिकतामा राखि खर्च ब्यबस्थापन तत्काल गर्दै आएको बताउनु भयो  । उहाले आफुहरुको कार्यकालमा समाज र समुदायका लागि शिक्षा , स्वास्थ्य र सम्पदाको लागि गर्नुपर्ने प्राय सबै काम सम्पन्न गरि सकेकोले अर्को नयाँ कार्यकाल सम्हाल्नेका लागि सहज हुने विचार ब्यक्त गर्नु भयो ।   

महानगरले एस .ए. एस कन्स्ट्रक्सन निर्माण कम्पनि संग सम्झौता गरे अनुसार २०७९ भाद्र मा सम्पन्न गर्नु पर्ने छ ।         

Loading...