बालाजु बाइपास विवाद : पिडित बिरुद्द भिडन्त निमित्याई कार्यकर्ता पक्राउ गर्न लगाएको भन्दै जसपाले निकाल्यो बिज्ञप्ति

माघ १९ ,काठमाडौँ –   बालाजुको बाइपासका स्थानीय जनताको ३९ घर भत्काकाई खाली गरिएको बिबादित स्थानमा सर्वोच्च अदालतको आदेश बिपरित निर्माण कार्य हुदै गर्दा पिडित पक्षले गरेको बिरोध बिरुद्द पुर्व स्थानीय बिकास राज्यमन्त्री रामवीर मानन्धरआफै उपस्थित भएर  भिडन्त  निमित्याई कार्यकर्ता पक्राउ गर्न लगाएको भन्दै जसपाले बिरोध जनाएको छ ।  

घरबार गुमेका पिडितहरुले आफुहरुलाई गैरन्यायिक ढंगबाट सडक बिस्तारको नाउमा सो स्थानबाट हटाइएकोमा पुनर्वासको माग गर्दै आएका छन्  । पहिले घर रहेको सो स्थान हाल  खाली रहेको स्थानमा काठमाडौँ  महानगर पालिकाले सूचना केन्द्र भवन बनाउन लागेको विवादित स्थानमा गत सोमबार १७ गते पिडित र अन्य समूहबीच झडप भएको प्रति जनता समाजवादी पार्टी, नेपाल काठमाडौ महानगर पालिका,१६ वडा कमिटीले बिज्ञप्ति सर्विजनिक गर्दै   भनेको छ –  ‘  सम्मानित सर्वोच्च अदालतको आदेश रि.नं. ०७२-Ci-१८७८ बाट “छलफलबाट टुंगो नलागेसम्म निवेदकहरुको घर आँगनमा प्रवेश गर्ने, अनाधिकृत कब्जा गर्ने, भत्काउने जस्ता कार्य नगर्नु नगराउनु भनी भएको अन्तरकालीन आदेश अनुसार निवेदकहरुको घर आगनमा प्रवेश गर्ने अनाधिकृत कब्जा गर्ने भत्काउने जस्ता कुनै कार्य नगर्नु नगराउनु” भनी स्पष्ट आदेश हुँदाहुँदै पनि पुर्व राज्यमन्त्री एवं माननीय रामवीर मानन्धरज्युले कपोकल्पित र भ्रामक सूचना सम्प्रेषण गरी स्वबासिहरुमाथी शक्तिको दुरुपयोग गर्दै उठिबास गराउने जस्तो दुष्कर्मको घोर निन्दा गर्दछौं ।
मिति २०७८/१०/१७ गते पीडित बालाजु बासीहरुलाई न्याय होस भन्ने हेतुले बिगतमा जस्तै सो समयमा पनि बालाजुबाईपासस्थित गैरकानुनी काम भइरहेको ठाउँमा निरीक्षण गर्ने क्रममा रामवीर मानन्धरका दाजुभाई र उनका स्वकीय सचिव लगायत अन्य व्यक्तिहरूले विवाद सिर्जना गरि दुवै पक्षबीच भीडन्त हुँदा पुलिस प्रशासनले दुवै पक्षलाई पक्रन नपाउँदै पूर्वाग्रही ढंगले रामवीर मानन्धर आफै उपस्थित भई हाम्रा जुझारु एवं न्यायप्रेमी नेताहरु जनता समाजवादी पार्टी काठमाण्डौ जिल्लाका अध्यक्ष एवं जसपा जनसरोकार समन्वय समितिका संयोजक श्री श्याम कृष्ण प्रजापतिज्यू र काठमाण्डौ जिल्ला सदस्य र जनसरोकार समन्वय समितिका सदस्य श्री चन्द्र कुमार महर्जनज्युलाई मात्र पक्राउ गरेकोमा पनि घोर बिरोध गर्दछौं ।
बालाजु बाइपास स्थित ३९ घर, नेपालको संविधान, ऐन, कानून, सम्मानित सर्वोच्च अदालतको आदेशको उल्लंघन तथा ILO १६९ को उल्लंघन गरी पिडितहरूलाई धरपकड गरि नियन्त्रणमा लिई प्रहरीको घेरा भित्र डोजर चलाइ ध्वस्त बनाइ सडक विस्तार गरी स्थानियहरुलाई विस्थापन गरेकोप्रति यस जनता समाजवादी पार्टी १६ वडा कमिति घोर बिरोध गर्दै विस्थापित ३९ घर परिवारलाई यथास्थानमा पुनर्वास गरियोस भनी जोडदार माग गर्दछौं । ’ 

Loading...