नक्कली पिसिआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी तथा बिचौलियाहरु पक्राउ , दुबै अस्पतालका ल्याबहरु सिल

माघ १९,काठमाडौँ  ।  नक्कली पिसिआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी , बिचौलियाहरु पक्राउ पर्नुका साथै नक्कली रिपोर्ट बनाउने  अस्पताल ल्याब सिल गरिएको छ  ।  भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेड र काठमाण्डौ तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि.का नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडका प्रबन्धक प्रसन्न कुमार झा,  कर्मचारी परिचयपत्र भएका रोशन कुमार छिट्टान,  नागेन्द्र यादव , माधव मैनालीलाइ महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गर्नुका साथै ल्याभ सिल गरेको हो  । 

बैदेशिक रोजगारमा जाने ब्यक्तिहरुका लागि आवश्यक पर्ने पिसिआर  रिपोर्ट नेपाल सरकारले तोकेको भन्दा अत्याधिक बढी रकम लिई स्वाबको नमुना समेत नलिई नक्कली पिसिआर  रिपोर्ट ति अस्पतालका ल्यावले  बनाईदिने गर्दै आएको प्रहरीको प्रमंभिक अनुसन्धानले देखाएको छ ।  

पक्राउ परेकाहरुका साथबाट   पिसिआर निगेटिभ  भनि उल्लेख भएका ४ थान नक्कली पिसिआर परीक्षण रिपोर्ट  ल्याबबाट पिसिआर रिपोर्ट जेनेरेट गर्न प्रयोग भएका कम्प्यूटर लगायतका उपकरण रपिसिआर टेष्ट  दर्ता रजिष्टरहरु समेत बरामद गरिएको छ । नागरिक कम्युनिटी अस्पतालको पिसिआर ल्याव   सञ्चालक  भावेश मिश्र र निर्मल गिरी तथा पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरु फरार रहेका छन्  । 

पक्राउ परेकाहरु माथि थप अनुसन्धान तथा फरा ब्यक्तिहरुको खोजि भैरहेको महाशाखाले जनाएको छ  । 

Loading...