काठमाडाैं । ३३ किलाे सुन प्रकरणमा जाेडिएका ९ जना न्यायाधिश सरुवामा परेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिका शुद्धीकरण अभियानका क्रममा विराटनगर उच्च अदालतका पाँच जना न्यायाधीशसहित ९ न्यायाधीशलाई बिहीबार काज सरुवा गरेका हुन् । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार उचित न्यायसम्पादन नगरेको भन्ने न्यायपरिषद्मा आएका उजुरीका आधारमा नौ न्यायाधीशलाई काज सरुवा गरिएको […]
राजनीति
मिडिया कानुन र मिडिया अधिकारमाथि जाजरकोटमा बहस
जाजरकोट, २ माघ । क्रान्तिकारी पत्रकार संगठन, नेपालले बुधवार जाजरकाेटकाेटमा मिडिया अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली मिडिया र मिडियाकर्मीहरुकाे विद्यमान अवस्था पहिचान गरी साझा निस्कर्षमा पुग्नका लागि संगठनले जाजरकोटमा पत्रकार र कानुन व्यवसायीसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठन नेपाललका अध्यक्ष डिल्लीराज रावतले “नेपाली मिडिया, केन्द्र भर्सेज मोफसल र […]
के प्रधानमन्त्री ओली निजी विद्यालय बन्द गर्न लागेकै हुन ? निजी विद्यालय बन्द गर्न के गरिदैछ ?
काठमाडौँ । उच्च स्तरीय शिक्षा आयोगले अाफ्नाे प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको छ । आयोग गठन भएको ५ महिना ७ दिनमा आयोगले प्रतिवेदन सरकारलार्इ बुझाएकाे हाे । करिब ४ सय ७६ पृष्ठ लामो प्रतिवेदन बुझ्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्यालयहरु बन्द हुने ठाेकुवा गरेका छन् । अाेलीले साे अवसरमा केही वर्षमा निजी […]
उत्तर कोरियालाई दक्षिणले अब दुश्मन नभन्ने, उत्तर र दक्षिण कोरियाबीच सम्बन्ध नयाँ चरणमा
काठमाडाैं । उत्तर र दक्षिण काेरियाबीच सम्बन्ध नयाँ चरणमा प्रवेश गरेकाे छ । दुर्इ देशका राष्ट्र प्रमुखहरु सम्बन्ध विस्तारका लागि निरन्तर प्रयास गरिरहेका छन् । यसैबीच दक्षिण कोरियाले उत्तर कोरियामाथि ‘दुश्मन’ शब्द प्रयोग गर्न छोडेको छ। दक्षिणले द्विवार्षिक रक्षा श्वेतपत्रमा पहिलोपटक उक्त शब्द प्रयोग गर्न छोडेको हो। यसलाई दक्षिणले उत्तरसँग सम्बन्ध सुधार्न खोजेको रूपमा लिइएको […]
लेखा समितिका सभापतिले नै सक्कली प्रतिवेदन गायब बनाए
काठमाडौं, ३० पुस । संघीय समाजवादी फोरम नेपालका सांसद एवम् वाईडबडी खरिद प्रकरण छानबिन उपसमितिका सदस्य प्रदीप यादवले सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले नै सक्कली प्रतिवेदन गायब बनाएको गम्भिर आरोप लगाएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले समितिका सभापतिले नै समितिको पूर्ण बैठकले मिडियाको रोहबरमा पारित गरेको प्रतिवेदनका […]
शनिवार राती प्रहरी खोजीका यी ‘मोस्ट वान्टेड’ कसरी मारिए
काठमाडौं । विभिन्न फौजदारी मुद्दामा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका एक कुख्यात अपराधी प्रहरी इनकाउन्टरमा मारिएका छन्। शनिबार राति तस्करी हुन लागेको सूचनाको आधारमा प्रहरीले नाकामा चेकजाँच गर्ने क्रममा प्रहरी उपर फायरिङ्ग गरेपछि विभिन्न मुद्दामा फरार रहेका सिद्धार्थनगर नगरपालिका ६ का केदार साहानी प्रहरी इनकाउन्टरमा मारिएको प्रहरी स्रोतले जानकारी दिएको हो। रुपन्देहीका एसपी हृदय थापालेका […]
मन्त्रीको कुटाइ खाने सचिव पत्रकारका अगाडि यसरी भक्कानिदै रोए
काठमाडौं, ३० पुस । प्रदेश २ का आर्थिक मालिम तथा योजनामन्त्री विजय यादवले सचिवलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका छन्। आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै मन्त्री यादवले कार्यकक्षमा बोलाएर कुटपिट गरेको सचिव विद्यानाथ झाको भनाइ छ। ‘आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै सभामुखकै अगाडि झापड हान्नुभयो’, सचिव झाले भने। सभामुख सरोजकुमार यादवकै अगाडि मन्त्रीले कुटपिट […]
रुपन्देहीमा मध्यरातमा भिडन्त, एकको मृत्यु, प्रहरीसमेत घाइते
बुटवल, २९ पुस । रुपन्देहीको सीमा क्षेत्र शंकरपुरमा प्रहरी र तस्करबीच भिडन्त हुँदा १ जना तस्करको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) हृदय थापाका अनुसार बिशेष सूचनाको आधारमा सो क्षेत्रमा तस्करी भइरहेको खबर पाउना साथ तस्करी रोक्न सादा पोसाकमा खटिएकाे प्रहरी टाेलीबीच भिडन्त हुँदा ती तस्करकाे मृत्यु भएको हाे। उनले भने, […]
१० कक्षाकी छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक गिरफ्तार
चितवन, २९ पुस । नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुर्व्यवहार गरेको भनी परिवारको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो । छात्राको संवेदनशील अङ्गमा पौडेलले हात पु¥याएपछि पीडित छात्राले अभिभावकलाई […]
राष्ट्रसङ्घमा एक लाख हस्ताक्षर बुझाएर सुगौली सन्धिमा गुमेको भू–भाग फिर्ता गर्न माग
काठमाडौँ, २८ पुस । सुगौली सन्धिमा गुमेको भू–भाग फिर्ता गर्नुपर्ने माग गर्दै संयुक्त राष्ट्र संघमा एक लाख हस्ताक्षर बुझाइने भएकाे छ । ग्रेटर नेपालका लागि वकालत गर्दै अाएका फणिन्द्र नेपालले याे अभियान सुरु गरेका हुन् । उनले हस्ताक्षर संकलन सुरु गरेकाे घाेषणा गरेका छन् । पृथ्वी जयन्तीका दिन सिंहदरबारको पश्चिमढोकास्थित पृथ्वीनारायण शाहको सालिक परिसरबाट शुरु […]











