सासूले बुहारीलार्इ असारे हिलोमा पछारेपछि । कतै १ मत त कतै गोलामा पराजित

काठमाडाैं, १७ असार । स्थानीय चुनावकाे दाेस्राे चरणमा पनि धेरै राेचक र रमार्इला तथ्यहरु बाहिर अाएका छन् । चुनाव गराउन गएका कर्मचारीहरु दिनभर कुर्दा पनि मतदाताहरु नअाएका समाचारदेखि भिडन्तका खबरसम्म अनि कतै सासुले बुहारीलार्इ पराजित गरेका त कतै शिक्षकलार्इ विद्यार्थीले पराजित गरेका कथा पनि अाएका छन् । त्यसैगरी कतै उम्मेदवारहरु १ मतले मात्र पराजित भएका […]

नेपालमा वास्तविक प्रजातन्त्र नै छैन

Prabhat-Chalaune

नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था कस्ताे पाउनुभएको छ ? प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई प्रजातन्त्रको मुटु मानिन्छ । एउटा लोककल्याणकारी राज्यमा राज्यले गर्ने सबै खालका कामकारवाहीमाथि प्रेसले निरन्तर निगरानी निर्भयता र विना बाधाव्यवधान राख्न पाउनु, राज्य व्यवस्था र त्यसलाई सञ्चालन गर्नेहरुका आनीवानी, व्यवहार, शैली र गतिविधिका बारेमा नागरिकले गरेका टिप्पणीलाई मिडियामार्फत सम्प्रेषण गर्न पाउने स्थिति […]

देउवा छाडेर केपीसँग सम्बन्ध बढाउने तयारीमा राजपा

काठमाडौं, १६ असार । राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिँदै आएको समर्थन फिर्ता लिने तयारी गरेको छ। राजपाले विकल्पका रूपमा एमालेसँग सहकार्यको सम्भावना खोज्न समेत सुरु गरेको छ। आगामी साता बस्ने अध्यक्षमण्डलको बैठकबाट राजपाले समर्थन फिर्ताको निर्णय गर्दै नयाँ सरकारको सम्भावनाबारे एमालेसँग छलफल सुरु गर्ने बताइएकाे छ । असार २१ मा बस्ने […]

वाइसिएल अध्यक्षसहित माओवादी केन्द्रका ३१ नेताद्वारा राजिनामा

Maoist-Office

सल्यान, १५ असार । सल्यानको ढोरचौर गाउँपालीकामा माओवादी केन्द्रका नेताहरुले पार्टीबाट सामुहिक राजिनामा दिएका छन् । गाउँपालिकाको केन्द्रको विषयलाई लिएर उनीहरुले राजिनामा दिएका हुन । पहिले माओवादीले ढोरचौर गाउँपालिकाको केन्द्र कालालेखमा राखेको र अहिले आएर पार्टीले ढोरचौर बजारमा राख्न सहमति जनाएको भन्दै असुन्तुष्ट बनेका उनीहरुले सामूहिक राजिनामा दिएका हुन् । राजिनामा दिनेहरुमा नेकपा माओबादी केन्द्र […]

भारतले गल्ती नसच्याए नाथुला नाका अनिश्चितकालका लागि बन्द गर्ने चीनकाे चेतावनी

Nathu-La-Border-Sikkim

काठमाडाैं, १५ असार । भारतीय पक्षबाट गल्तीहरु दाेहाेरिरहेपछि चिनले बन्द गरेकाे सिक्किमकाे नाथुला नाका छिट्टै नखुल्ने संकेत देखिएकाे छ । उक्त नाका हिन्दु तथा बौद्ध धर्मावलम्वीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवर जान तिर्थयात्रुहरुले प्रयाेग गर्दै अाएका थिए । भारतबाट प्रतिवर्ष यही नाका हुँदै हजाराै तिर्थयात्रुहरु कैलाश मानसराेवर पुग्थे । पछिल्लाे समय साे नाकामा भारत र चिनियाँ […]

भारतमाथि चीनकाे गम्भीर अाराेप: ट्रम्पले माेदीलार्इ खेलाैना बनाइ चीनविरुद्ध प्रयाेग गर्न थाले

काठमाडाैं,१३ असार । भारतमा राष्ट्रपतिकाे निर्वाचनकाे तयारी भइरहँदा अमेरिका पुगेका नरेन्द्र माेदीकाे भ्रमणलार्इ चीनले कडा प्रतिक्रिया जनाएकाे छ । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पसँग कुराकानी गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलार्इ अमेरिकाले केबल खेलाैनाका रुपमा मात्र प्रयाेग गर्न खाेजेकाे चीनकाे प्रतिक्रिया अाएकाे छ । चीन सरकारले प्रकाशन गरिरहेकाे अखबार ग्लाेबल टाइम्सले अमेरिकाले भारतलार्इ चीनका विरुद्ध एक टूलका […]

सिक्किममा भारत र चिनियाँ सेनाबीच झडप । मानसराेवर जाने नाका राेक्याे चिनले

China-India Border

काठमाडाैं । भारत सिक्किमकाे सीमा क्षेत्रमा चीन र भारतका सैनिकबीच झडप भएकाे खबर अाएकाे छ । सिक्किमकाे नाथुला क्षेत्रमा दुर्इ देशका सैनिक बीच भएकाे झडपका बारेमा भारतीय सञ्चारमाध्यामले निकै प्राथमिकता दिएका छन् । त्यस क्षेत्रमा पछिल्ला १० दिनमा यस्ता झडप सामान्यत: दैनिक भइरहेकाे बताइन्छ । भारतीय टेलिभिजन च्यानलहरुमा दुर्इ देशका सैनिकबीच भएकाे झडपकाे भिडियाे पनि […]

मोदीको ‘जीएसटी’ नीतिले नेपाली बजारमा पार्यो यस्तो असर

Narendra-Modi

काठमाडौं, १३ असार । लण्डनबाट प्रकाशित हुने ‘दी इकोनोमिष्ट’ को २४ जुनको अनलाइन संस्करणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालका दुई उपलब्धि उल्लेख छन्, अमौद्रिकीकरण र वस्तु तथा सेवाकर (जीएसटी) लागू गर्ने निर्णय। १ जुलाईबाट लागू हुने जीएसटीलाई अमौद्रिकीकरणकै हाराहारीको उपलब्धिका रूपमा पत्रिकाले विश्लेषण गरेको छ। नेपाल, भुटानजस्ता भारतीय मुद्रामै व्यापार गर्ने मुलुकलाई अमौद्रिकीकरणको सिधा असर […]

पूरै गाउँमा १७ भोट । त्यही मतपत्र पनि हेलिकप्टरमा ओसारिने

ताप्लेजुङ, १३ असार । निर्वाचन आयोगको तथ्यांकअनुसार फक्तालुङ गाउँपालिका–७ याङमामा ५५ मतदाताको नामावली सूचीकृत छ। बुधबार हुने स्थानीय तह चुनावमा भने यहाँ १७ मत मात्रै खस्नेछन्। वडाका उम्मेदवारहरूका अनुसार नामावलीमा नाम भएकामध्ये कसैको मृत्यु भइसकेको छ भने कोही विदेशमा छन्। काठमाडौंमा भएका कतिपय नआउने निश्चित भइसकेको छ। चुनावका लागि एक मतदान अधिकृत, एक सहायक मतदान […]

दार्जिलिङमा नेपालीभाषीमाथि भएकाे दमनका विरूद्ध काठमाडाैंमा प्रदर्शन

काठमाडाैं, १२ असार । आफ्नो भाषा, संस्कार र माटो अनुसारको राज्य हुनुपर्ने माग गर्दै दार्जिलिङमा नेपालीभाषीहरुले गरेको आन्दोलनमाथि सेना परिचालन गरेर गरिएको दमनको विरोधमा आज काठमाडौंमा प्रदर्शन गरिएको छ । भारतको पश्चिम बंगाल सरकारले नेपालीभाषीहरुमाथि नृशंस दमन गरिएको भन्दै उक्त दमन तत्काल रोक्न माग पनि गरिएको छ । संसारका कुनै पनि न्यायप्रेमी जनताले गर्ने आन्दोलनमाथि […]