प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे बस्न लागेको हो । आजको बैठकमा सम्भावित तीन कार्यसूचीहरु छन् । आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

स्टन्टमा समय बर्बाद नगर्न सरकारलाई सुझाव

yubaraj dulal

काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं नेकपा संसदीय दलका प्रमुखको सचेतक युवराज दुलालले सरकारलाई कामको नाममा देखावटी स्टन्ट नगर्न सुझाव दिएका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारलाई केवल स्टन्टमा जाने मात्र होइन, जिम्मेवार र परिणाममुखी काम गर्न सुझाव दिएका हुन्। उनले भने, सरकारको समय अनावश्यक प्रयोग र देखावटी गतिविधिमा खर्चिएमा नवयुवाहरूको अपेक्षा […]

आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । संघीय संसद्का दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक आज छुट्टाछुट्टै बस्दै छन् । प्रतिनिधिसभामा विभिन्न अध्यादेश प्रस्तुत गर्ने तथा राष्ट्रियसभामा उपाध्यक्ष चयन र वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । संघीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा गृहमन्त्री सुदन गुरुङले तीनवटा अध्यादेश स्वीकृतिका लागि […]

राष्ट्रिय सभामा दलहरूबिच उपाध्यक्ष र समिति बाँडफाँड

काठमाडौँ । राष्ट्रिय सभामा रिक्त उपाध्यक्ष र समितिहरू दलहरूले आपसी सहमतिमा बाँडफाँड गरेका छन् । राष्ट्रिय सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले ४ समितिमध्ये २ समिति कांग्रेस, १ समिति नेपाली कम्युनिस्ट पार्टी र एक समिति मधेसवादी दललाई दिने सहमति बनेको जानकारी दिए । आइतबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट […]

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । संघीय संसद्‌अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा, दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गर्नेछ भने राष्ट्रियसभामा विभिन्न मनोनयन र प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । अर्याल शुक्रबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । सिंहदरबारस्थित नयाँ संसद् भवनमा बिहान […]

डीपी अर्याल सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा आज

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद (डीपी) अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गर्ने भएको छ । अर्याल शुक्रबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । सिंहदरबारस्थित नयाँ संसद् भवनमा बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभा बैठकमा ‘डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्तावलाई औपचारिक रूपमा निर्णयार्थ […]

कांग्रेसमा अब आइडी कार्डको व्यवस्था, कार्ड नभए महाधिवेशनमा सहभागी हुन नपाइने

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो १५ औं महाधिवेशनको औपचारिक तयारी सुरू गरेको छ। पूर्व निर्धारित कार्यतालिकाअनुसार चैत २१ गतेदेखि ७७ वटै जिल्लामा सदस्यता अभियान र सांगठनिक सुदृढीकरणका लागि प्रतिनिधिहरू खटाउँदै कांग्रेसले महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रतिनिधि अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले महाधिवेशनको तयारीसँगै ‘जरा अभियान’ सञ्चालन […]

शेखर कोइरालाको स्पष्टोक्ति–म पार्टीको कुनै पनि समूहमा छैन

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टीको कुनै पनि समूहमा नरहेको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले सामाजिक सञ्जालहरुमा आफूलाई यो वा त्यो पक्षको भनेर प्रचार गरिएकोमा आपत्ति समेत जनाए । उनले आफ्नो लक्ष्य कांग्रेसलाई एकढिक्का बनाउने जिकिर गर्दै त्यसका लागि […]

एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति

काठमाडौँ । नेकपा एमालेले कार्यवाहक अध्यक्ष राम बहादुर थापा(बादल)ले संसद्‌मा दिएको अभिव्यक्ति सच्याएको छ । शुक्रबार थापाकै अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले अभिव्यक्ति सच्याएको हो। राज्यका सबै सुरक्षा निकाय र अन्तर्राष्ट्रिय समुदायप्रति पार्टीको सम्बन्ध पूर्ववत् एवं मित्रवत् रहेको उपमहासचिव लेखराज भट्टले बताए । बादलले सम्बोधनका क्रममा नेपाली सेना, कर्मचारीतन्त्र, कार्की आयोग, टिओबी, बारबरा फाउन्डेसन, एनजीओ आदि […]

सहसचिव खत्रीको संयोजकत्वमा अर्थमन्त्रीले बनाए बजेट लेखन समिति

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लेखनका लागि अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीको संयोजकत्वमा समिति गठन गरेका छन् । समितिमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई वित्तीय संघीयता समन्वय […]