काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले चैत २७ गते दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बाेधन गर्ने तय भएको जानकारी दिए । राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका राष्ट्रपति […]
राजनीति
उपसभामुख पदका लागि चैत २७ गते निर्वाचन हुने
काठमाडौँ । उपसभामुख पदका लागि चैत २७ गते निर्वाचन हुने भएको छ। सभामुख डोलप्रसाद अर्यालले उपसभामुख निर्वाचन प्रयोजनका लागि आजै कार्यतालिका प्रकाशन गर्न निर्देशन दिएका छन्। चैत २२ गते सभामुख निर्वाचन भएको थियो। प्रतिनिधि सभा बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन गर्नुपर्ने व्यवस्था छ। सभामुख रास्वपा उपसभापति अर्याल बनेका थिए। सभामुख र उपसभामुख एकै […]
राष्ट्रिय सभाका विभिन्न समिति सभापतिहरूले गरे शपथ ग्रहण
काठमाडौँ । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाका विभिन्न विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले शपथ ग्रहण गरेका छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१७ क. को उपनियम (२) बमोजिम राष्ट्रिय सभाका नवनिर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। बुधबार सिंहदरबारको लेखा समितिको हलमा आयोजित कार्यक्रममा सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ […]
विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दै प्रधानमन्त्री बालेन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दैछन् । बालेन नेतृत्वको सरकार गठन भएपछि विभिन्न देशका राजदूतहरुसँग सामूहिक छलफल हुन लागेको यो पहिलोपटक हो । आज मध्याह्न १२ बजे पछि हुने छलफलमा परराष्ट्र मन्त्री शिशिर खनालसमेत सहभागी हुनेछन् । देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले […]
युद्धविराम सम्झौतालाई औपचारिक पुष्टि गर्दै इरानले भन्यो : हाम्रो हात अझै ट्रिगरमै छ
तेहरान। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले पाकिस्तानको मध्यस्थतामा भएको दुई हप्ते युद्धविराम सम्झौतालाई औपचारिक रूपमा अनुमोदन गरेको छ। मेहर न्युज एजेन्सीमार्फत सार्वजनिक गरिएको वक्तव्यअनुसार इरानका नयाँ सर्वोच्च नेता अयातोल्लाह मोज्ताबा खामेनीको स्वीकृतिपछि यो निर्णय लिइएको हो। इरानले यस सम्झौतालाई आफ्नो देशको ठूलो जीतका रूपमा व्याख्या गर्दै स्थायी शान्तिका लागि अब पाकिस्तानको इस्लामावादमा वार्ता हुने जानकारी […]
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ताे छ कार्यसूची
काठमाडौँ । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिका अनुसार, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्नुहुने सम्भावित कार्यसूची छ । यस्तै, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव […]
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा चौधरी
काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्विरोध निर्वाचित भएकी छिन् । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले एमाले सांसद चौधरीलाई समिति सभापतिमा निर्विरोध निर्वाचित गरेको हो । बैठकको सभापतित्व समितिका ज्येष्ठ सदस्य सभापति गोपालकुमार बस्नेतले गरेका थिए । सभापति बस्नेतले सांसद चौधरीलाई समिति सभापतिमा चयन गर्ने एक मात्र प्रस्ताव राखेकोमा उक्त […]
सरकारले फिर्ता बोलायो ६ देशका राजदूत
काठमाडौँ । सरकारले ६ देशका राजदूतलाई फिर्ता बोलाएको छ। यसअघिको सरकारले राजनीतिक पृष्ठभूमिका आधारमा नियुक्त गरेका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन भनिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए। उनका अनुसार भारतका लागि राजदूत डा. शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका लागि चित्रलेखा यादव, श्रीलंकाका लागि डा. पूर्णबहादुर नेपाली, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाङ्फे, डेनमार्कका लागि सुम्निमा तुलाधर र […]
प्रधानमन्त्री बालेनले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन्। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार आज दिउँसो १ बजेका लागि मन्त्रिपरिषद बैठक तय भएको छ। नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरलगायत विषयमा मन्त्रिपरिषदले निर्णय लिने तयारी रहेको बताइएको छ। प्राय: सोमबार र शुक्रबार मन्त्रिपरिषद बैठक बस्छ। अरू दिन बैठक आह्वान भएमा आकस्मिक मन्त्रिपरिषद बैठक भन्ने चलन छ।
नेमकिपाले नव युवापुस्तालाई समाजवाद पढाउने
भक्तपुर । नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समिति बैठकले नयाँ पुस्तालाई समाजवादबारे शिक्षित गर्दै जानुपर्नेमा जोड दिएको छ । सोमबार राति भक्तपुरमा सम्पन्न केन्द्रीय समितिको बैठकले नयाँ पुस्तालाई समाजवादबारे बुझाउन नसक्नु कमजोरी भएको भन्दै समाजवादको प्रचारप्रसारमा जोड दिएको हो । साम्राज्यवादको पतन तथा समाजवादको विजय अवश्यम्भावी भएको र नयाँ पुस्तालाई लक्षित गर्दै यसबारे बिभिन्न कार्यक्रम […]










