पूर्वराष्ट्रपतिले भने भण्डारीको नाममा बिनास निम्त्याउन खोजिदैछ

भक्तपुर, १२ माघ । नेपालका प्रथम रास्ट्रपति रामवरण यादवले स्वर्गीय नेता मदन भण्डारीको नाममा सरकारले विनास निम्त्याउन खोजेको आरोप लगाएका छन् । चुरे क्षेत्रमा राजमार्ग बन्नु नहुनेमा जोड दिदै उनले प्रस्तावित मदन भण्डारी राजमार्ग राम्रो नभएको भनेका हुन् । शनिवार भक्तपुरमा ‘रवीन्द्र पुरी फाउन्डेसन फर कन्जर्भेसन’ को दशौ वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व रास्ट्रपति यादवले […]

दिपक मनाङ्गेलाई थुनामा, कुटाइ खाएको भन्दै उजुरी हाल्ने मिलन गुरुङ पनि पक्राउ

काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गें)लाई अनुसन्धानका लागि दुई दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले अभद्र व्यवहारको मुद्दामा अनुसन्धानका लागि मनाङ्गेलाई दुई दिन थुनामा राख्न अनुमति दिएको हो । अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले आफूमाथि कुटपिट भएको भन्दै मनाङ्गेविरुद्ध उजुरी दिएका थिए । […]

गाउँपालिका अध्यक्ष ८ लाख घुस रकमसहित पक्राउ

सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।स्थानीय स्तरमा निर्मित सडकको बिल भुक्तानीबापत लिएको घुससहित गाउँपालिका अध्यक्ष केसी पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले अध्यक्ष केसीलाई ८ लाख घुस रकम लिँदा लिँदै पक्राउ गरेको हो । केसीसँगै रहेका अर्का व्यक्ति चन्द्र […]

राष्ट्रहितलाई सर्वोपरि राखेर एमसीसीमा परिमार्जनसहित अघि बढ्छौं-प्रचण्ड

नवलपुर, १० माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी संसदबाट परिमार्जन सहित अनुमोदन हुने बताएका छन् । शुक्रबार नवलपुरमा पार्टी नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी धेरै पहिले सुरु भएको भए पनि अमेरिकाले दक्षिण एसियामा इण्डो प्यासिफिक सैन्य रणनीति अगाडि बढाएपछि विवाद भएको बताए । यसबारे पार्टीमा […]

प्याकुरेलले दिए राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन् । आफैले सर्वोच्चमा रिट दायर गरेका व्यक्तिलाई नेकपाले सभामुख बनाउन लागेपछि नैतिकताका आधारमा राजीनामा दिएको खुल्न आएको छ । उनले राष्ट्रपति भण्डारीसमक्ष राजीनामा बुझाएका हुन् । नेकपाले सभामुख बनाउन लागेका अग्नि सापकोटाविरुद्ध प्याकुरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । प्याकुरेल इन्सेकका पूर्व […]

नाम मात्रैको प्रतिपक्ष, सत्तासीन नेकपा एकलौटी विजयी

काठमाडौं, १० माघ । राष्ट्रियसभा निर्वाचनमा सत्तासीन नेकपा एकलौटी विजयी भएको छ। १८ सदस्यका लागि बिहीबार भएको मतदानमा नेकपाले १६ सिट जितेको हो। दुई सिट नेकपासँग गठबन्धन गरेको राजपाको भागमा परेको छ। विपक्षी कांग्रेसले सातै सिट गुमाएको छ। प्रत्येक दुई वर्षमा एकतिहाइ सांसदको कार्यकाल समाप्त हुने संवैधानिक व्यवस्थाअनुसार १८ पदका लागि बिहीबार निर्वाचन भएको हो। […]

राष्ट्रिय सभा निर्वाचन : भएका १८ मध्ये १६ मा नेकपा र २ सिटमा राजपा विजयी

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको गठबन्धनले  शतप्रतिशत जित हासिल गरेको छ । १८ पदका लागि भएको निर्वाचनमा नेकपाका १६ र राष्ट्रिय जनता पार्टीका २ जना निर्वाचित भएका छन् । विपक्षी नेपाली कांग्रेस भने निल भएको छ । कांग्रेसले एकसीट पनि जितेन । विहीबारको निर्वाचनपछि राष्ट्रियसभामा रहेका कांग्रेसका ७ जना सांसदको सीट […]

नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित

पोखरा । नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार भएको मतदानमा ३४ सय ६२ मतभार पाएर उनी राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई १ हजार २ सय १८ मतभारले पराजित गरे । कांग्रेस उम्मेदवार रेग्मीले २२ सय ४४ र राष्ट्रिय जनमोर्चाका उम्मेदवार शंकरप्रसाद बरालले १९८ […]

राष्ट्रियसभा निर्वाचनमा मतदान जारी, ८० प्रतिशत मत खस्यो, आजै मत परिणाम

काठमाडौं, ९ माघ । राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका सातै प्रदेशमा अहिले मतदान जारी छ । दिउँसो एक बजेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भइसकेको सम्बन्धित मतदान अधिकृतले जानकारी दिए । मतदान केन्द्रमा पुगेर मतदाता बिहान बजेदेखि नै लाइनमा बसेको देखियो । मतदानका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म समय तोकिएको छ […]

सातै प्रदेशमा राष्ट्रियसभाको निर्वाचन जारी

काठमाडौं । राष्ट्रियसभाका १८ सिटका लागि अहिले देशका सातवटै प्रदेशमा मतदान भइरहेको छ । यही फागुन २१ बाट रिक्त हुन लागेका सिटमा निर्वाचन भइरहेको हो । मतदानस्थल तोकिएका सातै प्रदेशमा शान्तिपूर्ण रूपमा अहिले मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । ५३ हजार ५ सय ८ मतभार रहेको निर्वाचनको चुनावी मैदानमा ६ दलका ४५ उम्मेदवार छन् […]