काठमाडौ महानगरका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनालाई मुद्दा

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सामाखुसी करिडोर अन्तर्गत ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको आरोपमा आयोगले परियारसहित अन्य पदाधिकारीहरूलाई मुद्दा हालेको हो। परियार हाल सूचना तथा प्रसारण विभागका महानिर्देशकको जिम्मेवारीमा कार्यरत छन्। उनीसँगै मुद्दा पर्नेको सूचीमा बोलपत्र मूल्यांकन […]

जसपाको प्रदेश अध्यक्षसहित दर्जनौं नेताहरू माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहित दर्जनौं नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्। खुमलटारस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा आयोजित कार्यक्रममा उनीहरू औपचारिक रूपमा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान अघि बढाइरहेको उल्लेख गर्दै […]

अब ओलीको नेतृत्वमा वाइसीएल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसीएल, नेपाल (YCL, Nepal) को तेस्रो राष्ट्रिय सम्मेलनले अध्यक्षमा पुष्प ओलीलाई निर्वाचित गरेको छ । शुक्रबार मित्रपार्कस्थित गोल्डेनलाइट पार्टी प्यालेसमा सम्पन्न सम्मेलनले ओलीको नेतृत्वमा ३ सय ५१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित भएको हो । दाङका स्थायी बासिन्दा ओली यसअघि संगठनका उपमहासचिव थिए।  वाइसीएलको महासचिवमा […]

सरकार प्रतिपक्षमाथिको प्रतिशोधमा छ : देव गुरुङ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले अग्नी सापकोटा र सूर्यमान दोङलगायतमाथि लागेको मुद्धालाई नियमित अदालतले भन्दा सत्य निरुपण तथा मेलमिलाप आयोग(टिआरसी)को क्षेत्राअधिकारभित्र पर्ने बताएका छन् । पीडित पक्षले सोही विषयमा टिआरसीमा निवेदन दिएर राहतस्वरुप रकम लिइसकेको स्मरण गराउँदै गुरुङले भने,“अर्जुन लामाको परिवारले एकातिर टिआरसीबाट रकम लिने र अर्कोतिर छानबिन गरि […]

पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दा प्रथम दृष्टिमै पूर्वाग्रहपूर्ण- विपक्षी दलहरु

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठकले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री तथा सांसद माधवकुमार नेपालमाथि भ्रष्टाचारको मुद्दा दायर गर्नु प्रथम दृष्टिमै प्रतिशोधपूर्ण देखिएको निष्कर्ष निकालेको छ । शुक्रबार बानेश्वरस्थित संसद् भवनमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको माओवादीका उपमहासचिव वर्षमान पुनले बताए […]

सरकारको अस्तित्व छैन : पूर्वसभामुख सापकोटा

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्तमान सरकारको अस्तित्व माथि गम्भीर टिप्पणी गरेका छन् । पूर्व सभामुख समेत रहेका सापकोटाले प्राविधिक रुपमा सरकारको अस्तित्व देखिएपनि नैतिक र राजनीतिक रुपमा सरकारको अस्तित्व नभएको दावी गरेका हुन् । बुधबार प्रेस सेन्टर नेपाल, उपत्यका प्रदेश समितिको तेस्रो बैठकलाई काठमाडौमा सम्बोधन […]

प्रतिनिधिसभाको बैठक २ बजे बस्ने सूचना, अझै छैन सुनिश्चितता

प्रतिनिधिसभाको आज बिहान बस्ने बैठक सरेर दिउँसो २ बजे बस्ने  भएको छ।  बिहान ११ बजेका लागि डाकिएको बैठक विपक्षी दलका अवरोधको कारण संचालन हुन सकेन । बैठ्क २ बजेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले सूचना टाँस गरेको भएपनि बैठक सुचारु हुने सुनिश्चितता छैन । सदन खुलाउने सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।

वाइसीएल विधानमा सचिव थपलियाको १० बुँदे संशोधन प्रस्ताव

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिस्ट लिग, नेपाल (वाइसीएल, नेपाल) को तेस्रो राष्ट्रिय सम्मेलनअन्तर्गत विधान संशोधनका लागि केन्द्रीय सचिव तथा बागमती प्रदेश सह-इन्चार्ज दिनेश थपलिया ‘आक्रोश’ले १० बुँदे प्रस्ताव दर्ता गराएका छन्। विधान संशोधनको प्रस्तावमा संगठनात्मक सुधार, नेतृत्वको समय सीमा, संरचना र प्रविधिको प्रयोगलगायतका विषयहरू समेटिएका छन्। उनका अनुसार, […]

माओवादी केन्द्रको भक्तपुर जिल्ला समन्वय समिति पुनर्गठन

भक्तपुर । नेकपा माओवादी केन्द्रको भक्तपुर जिल्ला भेलाले जिल्ला समन्वय समिति पुनर्गठन गरेको छ । शनिबार सल्लाघारीको नमस्ते बैंक्वेटमा सम्पन्न दोश्रो जिल्ला भेलाले संयोजक सुनिल गोठे बासु र सचिव जीवन तजलाई दोहोर्याउदै जिल्ला समन्वय समिति पुनर्गठन गरेको हो । जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्मले जनाए अनुसार जिल्ला समन्वय समिति ७५ सदस्यीय बनेको छ । संघीयताको […]

सम्पादकीय : जिम्मेवार नागरिकको कर्तब्य पूरा गरौं

आज गणतन्त्र दिवस । १७ वर्ष अघि आजकै दिन अर्थात्, १५ जेठ २०६५ मा करिब २ सय ४० वर्षसम्म रहेको राजतन्त्र फालेर देशमा गणतन्त्र स्थापना भएको थियो । गणतन्त्र केवल राजनीतिक व्यवस्था होइन, यो जनताको अधिकार, सम्मान र समान अवसरको सुनिश्चितता पनि हो । यसका लागि देशमा २०५२ देखि १० वर्ष भीषण जनयुद्ध भयो, २०६२/६३ […]