काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहित दर्जनौं नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
खुमलटारस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा आयोजित कार्यक्रममा उनीहरू औपचारिक रूपमा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान अघि बढाइरहेको उल्लेख गर्दै समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान जनताको साथमा पुनः जोडिने प्रयास भइरहेको बताए।
उनले भने, “गल्ती सुधार्दै अघि बढिरहेका छौं, यो अभियानमा नयाँ साथले थप ऊर्जा र उत्साह मिलेको छ।”
प्रचण्डले माओवादी केन्द्रप्रति आकर्षण बढिरहेको जनाउँदै पार्टीमा प्रवेश गर्नेहरूलाई उचित जिम्मेवारी दिइने बताए।