कास्की, १८ फागुन । नेपालको पूर्वाधार र सामाजिक विकासमा सहयोग गर्दै आएको मित्रराष्ट्र चीनले अब पशुपालनको क्षेत्रमा पनि सहयोग गर्ने भएको छ । गण्डकी प्रदेशमा पशुपालनको आधुनिकीकरण र विकासका लागि नमूना फार्म स्थापना गर्नेसम्बन्धी सम्झौतापत्रमा शुक्रबार गण्डकी प्रदेश सरकार र चाइनिज एकेडेमी अफ एग्रिकल्चर साइन्सेस (सिएएएस) इञ्जिनीयरिङ कम्पनीकाबीच सम्झौता भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री […]
मुख्य समाचार
लुम्बिनीमा ४९० भिक्षुले एकैसाथ लिए प्रवज्या
रुपन्देही, १८ फाुगन । बुद्ध जन्मस्थल लुम्बिनीमा ४९० भिक्षुले सामूहिक प्रवज्या लिएका छन् । मायादेवी मन्दिर परिसरमा शुक्रबार धार्मिक अनुष्ठानका साथ चिवर र शिलधारण गरेर उनीहरूले प्रवज्या लिएका हुन् । उनीहरूलाई थाइल्याण्डका भिक्षु थावरले प्रवजित गरेका हुन् । नेपालका प्रथम महासङ्घनायक ‘अरिय धम्मरक्खित नेपाल बुद्ध शासन वंशालङ्कारसिरी सङ्घमहानयक अग्गमहापण्डित’ भिक्षु भद्धन्त प्रज्ञानन्द महास्थवीरको १२९आँै जन्मजयन्तीका […]
वन स्रोतलाई राष्ट्रिय समृद्धिमा प्रयोग गरिने
काठमाडौँ, १७ फागुन । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वन स्रोतलाई राष्ट्रिय समृद्धिमा प्रयोग गर्ने गरी मन्त्रालयले काम गरिरहेको बताएका छन् । आजदेखि यहाँ शुरु भएको ‘आठौँ नेपाल हब्र्स एक्स्पो–२०१९’ को उद्घाटन कार्यक्रममा बस्नेतले वन क्षेत्रको पूर्ण क्षमतामा बहुउपयोग गर्न मन्त्रालयले आवश्यक कानून र नीतिलाई समयसापेक्ष परिमार्जन गर्न लागेको जानकारी गराए । मन्त्रालयले जडीबुटी प्रजातिको […]
साहाराका विद्यार्थीले बनाए आफ्नै ड्रोन र रोबोट
काठमाडौं । काठमाडौंको शंखमूलमा रहेको साहारा नेशनल स्कूलका विद्यार्थीले आफैले बनाएको ड्रोन उडाएका छन । विज्ञान प्रदर्शनी कार्यक्रमको आयोजना गरी साहाराले विद्यार्थीहरुहरुले विज्ञान प्रविधिमा गरेको विकास र हासिल गरेको ज्ञानलाई प्रस्तुत गरेको हो । बाग्मती नदी किनारमा रहेको साहारा स्कूलले गरेको विज्ञान प्रदर्शनीमा सबैभन्दा आकर्षणका केन्द्र ड्रोन र रोबोट बनेका थिए । ड्रोन प्रविधि अहिलेको […]
एक शिक्षकको भागमा ६ विद्यार्थी, विद्यालयका प्रअ नै पु¥याउछन् आफ्ना छोराछोरी निजीमा
बर्दिया, १६ फागुन । विद्यालयमा शिक्षक अभावको समस्या भैरहदा बर्दियाको एक विद्यालयमा भने विद्यार्थी अभावले शिक्षकहरु फुर्सदिला बनेका छन् । गेरुवा गाउँपालिका–१ स्थित गणेश प्राथमिक विद्यालयमा १८ जना मात्र विद्यार्थी अध्ययनरत रहेको पाइएको छ । ३ जना शिक्षक रहेका एउटा शिक्षकको भागमा छ जना विद्यार्थीलाई पढाउने जिम्मेवारी आएको छ । १८ जना विद्यार्थी मात्र अध्ययनरत उक्त […]
काठमाडौँको आकाशमा साहाराका विद्यार्थीले यसरी आफ्नो ड्रोन उडाए (फोटो फिचर)
काठमाडौं, १७ फागुन । काठमाडौंको शंखमूलमा रहेको साहारा नेशनल स्कूलका विद्यार्थीले आफैले बनाएको ड्रोन उडाएका छन । विज्ञान प्रदर्शनी कार्यक्रमको आयोजना गरी साहाराले विद्यार्थीहरुहरुले विज्ञान प्रविधिमा गरेको विकास र हासिल गरेको ज्ञानलाई प्रस्तुत गरेको हो । बाग्मती नदी किनारमा रहेको साहारा स्कूलले गरेको विज्ञान प्रदर्शनीमा सबैभन्दा आकर्षणका केन्द्र ड्रोन र रोबोट बनेका थिए । ड्रोन […]
१६ वर्षीया एक किसोरीको कारुणिक कथा
बैतडी, १७ फागुन। बैतडीकी १६ वर्षीया एक युवतीलाई आमाको अनुहार कस्तो थियो थाहा छैन । उनका बुबा उनकी आमासँग बिहे हुनुभन्दा पहिलेदेखि नै रोजगारीको सिलसिलामा भारतमा थिए । बुबाले काम गर्ने क्रम मै भारतीय मूलकी महिलासँग बिहे गरे । भारतमै पहिलो सन्तानको रुपमा रिजा ९नाम परिवर्तन० जन्मिइन् । आमाको अनुहार समेत चिन्न नपाउँदै आमाले उनलाई […]
काठमाडौं-भक्तपुर रुटमा यस्तो अचम्मको बस सेवा, भित्रै किन्न पाइन्छ यी सबै कुरा
काठमाडौँ, १७ फागुन । काठमाडौँ उपत्यकामा सार्वजनिक बसमा तपाईँको यात्रा कस्तो हुन्छ ? खचाखच ठेलामठेल हुने गरी सिट क्षमताभन्दा बढी यात्रु, यात्रु भित्र ठेल्दै अनि ओराल्दै गर्ने सहचालक, सहचालकलाई धेरै यात्रु बोलाउन हौस्याउने चालक, बसभित्र असरल्ल सुन्तला, बदामका बोक्रा, पानीका बोतल र धुलो । यात्रुले भोग्ने प्रायः समस्या यिनै हुन् । तर आज काठमाडौ भक्तपुर […]
नियन्त्रणमा लिइएका भारतीय लडाकु विमानका पाइलटलाई पाकिस्तानले रिहा गर्दै
काठमाडाैं । कब्जामा लिइएका भारतीय वायु सेनाका पाइलटलाइ पाकिस्तानले रिहा गर्ने भएकाे छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शुक्रबार भारतीय पाइलटलाइ रिहा गरेर भारतलाइ सुम्पिदिने घाेेषणा गरेका छन् । प्रम खानले पाकिस्तानी संसदमा बाेल्दै याे घाेषणा गरेका हुन् । पाकिस्तानी सेनाले भारतका दुइ वटा लडाकु विमान खसालेर त्यसका एक जना पाइलटलाइ नियन्त्रणमा लिएकाे थियाे । […]
लोकतन्त्रको पीँजडाभित्र बिरोध र विवेकमाथि बन्देज
तत्कालीन अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले डेमोक्रेसीको सुन्दर, आकर्षक र मिठो परिभाषा अगाडि सारे – जनताद्वारा जनताका लागि गरिने जनताको शासन । उक्त परिभाषा निकै लोकप्रिय बन्यो र आज पनि संसारभर उद्धरण गरिन्छ । लिंकनका अनुसार आफ्नो राज्य, शासनपद्धति, शासनसत्ता लगायत जनतासँग सम्बन्धित बिषयमा जनताले स्वेच्छिक र स्वतन्त्र रुपमा निर्णय गर्न पाउनुपर्छ । उनको आशय स्पष्ट […]











