काठमाडौं, २० साउन । नेपाल आयल निगमले अर्बौं रुपैयाँको जग्गा किन्दा भएको करोडौं घोटालालाई ढाकछोप गरी कानुनी प्रक्रिया पुर्याउन स्थानीय तहका कर्मचारीलाई समेत प्रयोग गरेको खुलासा भएको छ। निगम अधिकारी र एजेन्टले जग्गा खरिद गर्दा स्थानीय तहका कर्मचारीबाट चलनचल्तीको बजार मूल्य महँगो देखाएर कानुनी प्रक्रिया पुर्याउन खोजेका हुन्। स्थानीय तहका कर्मचारीले धेरै महँगो सिफारिस गरे […]
मुख्य समाचार
फेवातालको ७ सय रोपनी जग्गा यसरी गरियो रातारात व्यक्तिको नाउँमा
पोखरा, २० साउन । फेवातालको एक हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको खुलासा भएको छ। फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले विश्वप्रकाश लामिछानेको संयोजकत्वमा समिति गठन गरेको थियो। यही समितिको अध्ययनपछि यस्तो तथ्य पत्ता लागेको हो। समितिले करिब ९ सय ५० […]
नेपाल–चीनबीच चार नाकामा क्रस वोर्डर ट्रान्समिसन लाईन निर्माण
काठमाडौं, २० साउन । चारवटा नाकाबाट नेपाल–चीनबीच क्रस–बोर्डर ट्रान्समिसन लाइन निर्माण हुने भएको छ। ऊर्जा मन्त्रालयले रसुवागढी–केरुङ, तातोपानी–खासा, कोराला–तिब्बत र किमाथान्का–चेन्ताङ नाकाबाट अन्तरदेशीय ४०० केभी ट्रान्समिसन लाइन निर्माण गर्ने भएको हो। विद्युत आयात–निर्यातका लागि चीनसँग क्रस–बोर्डर ट्रान्समिसन लाइनका लागि दुई देशबीच समझदारीपत्र (एमओयू)को मस्यौदा चीन पठाइएको ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले बताएका छन्। नेपालका तीन […]
बरिष्ठको विवादले राजपा फेरि फुटको संघारमा । आधा दर्जनले गरे बैठकै बहिस्कार
काठमाडौं, २० साउन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बुधबार प्रारम्भ भएको पदाधिकारी बैठक वरिष्ठ नेता हृदयेश त्रिपाठी समूहले बहिष्कार गरेको छ। त्रिपाठी समूहमा सांसदहरू सर्वेन्द्रनाथ शुक्ल, बृजेशकुमार गुप्ता, अकवालअहमद साह, कमलेशवर पुरी गोस्वामीसहित आधा दर्जन नेता छन्। पदीय विवादकै कारण पदाधिकारी बैठक बहिष्कार गरेको त्रिपाठी समूहका एक नेताले बताए । बैठकको दोस्रो दिन बिहीबार […]
विशाल चौधरीको अपहरणमा बाबुका घनिष्ठ साथी
काठमाडौं, २० साउन । विजय चौधरी र राजु विश्वकर्मा कक्षा ४ देखिका साथी हुन्। १४ वर्ष भयो दुवैको घनिष्ठ मित्रताको। काठमाडौंको शान्ति शिक्षा माध्यमिक विलालयमा उनीहरु सँगै पढे। चौधरी हार्डवेयरको ब्यापारमा लागे भने विश्वकर्मा मार्बलसम्बन्धी काम गर्न थाले। रामेछापका विश्वकर्मा ललितपुर, थसिखेल बस्थे। बुटवलका चौधरी काठमाडौं नयाँ बजार बस्थे। गत बिहिबारको घटनापछि दुबैको मित्रता टुंगिएको […]
ओम अस्पतालको लापर्वाहीका कारण सामान्य बिरामीको ज्यान गएपछि तनाव
काठमाडौं । पटक पटक विवादमा अाइरहने ओम अस्पतालमा फेरि विवाद आएको छ । लापर्वाहीका कारण बिरामीको ज्यान गएपछि अस्पतालमा विवाद आएको हो । गोरखा आरुघाट स्थायी घर भई चाबहील गणेश स्थान बस्दै आएकी बर्ष ५४ की नन्दकुमारी लामीछानेको चिकित्सकको लापर्वाहीकै कारण ज्यान गएको आफन्तले आरोप लगाएका छन् । बुधबार दिउँसो १२ बजे पत्थरीको […]
हिमाली जिल्लामा चीन सरकारको यसरी गर्दैछ खाद्यान्न वितरण
मुगु, १९ साउन । चीन सरकारले आफ्नो सिमानासँग जोडिएका नेपालका उत्तरी नाकाका हिमाली जिल्लालाई विगत वर्षहरुमा झैँ यस वर्ष पनि खाद्यान्न सहयोग गरेको छ । मुगु जिल्लाको चीनसँगको सिमाना नाक्चे लाग्नाबाट एक घण्टा टाढा चीनको हयाजिमार भन्ने क्षेत्रमा आज चिनियाँ प्रतिनिधिले मुगुम कार्मारोङ गाउँपालिका वडा नं १ देखि ९ सम्मका घरधुरीलाई खाद्यान्न वितरण गरेका हुन् […]
११ डिआईजी एआईजीमा बढुवा । बमबहादुर पछि जयबहादुर
काठमाडौं, १९ साउन । नेपाल प्रहरीकाे बढुवा समितिले गरेकाे सिफारिश अनुसार सरकारले ११ डिअाइजीलार्इ एअार्इजीमा बढुवा गरेकाे छ । अाज बिहान सिंहदरवारमा बसेकाे मन्त्रिपरिषदकाे बैठकले उनीहरुलार्इ बढुवा गर्ने निर्णय गरेकाे हाे । यसअघि बढुवा समितिले ११ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेकाे थियाे । मन्त्रिपरिषदले गरेकाे बढुवामा […]
अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध लगायो
वासिङटन, १८ साउन । आगामी सेप्टेम्बर १ बाट आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमण गर्न अमेरिकाले प्रतिबन्ध लगाएको छ । औपचारिक रूपबाट यो सेप्टेम्बर १ बाट लागू हुने बुधबार घोषणा गरिएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार अमेरिकी नागरिकले उत्तरी कोरिया भ्रमणमा जानु खतरा रहेको र नागरिकको सुरक्षाका लागि यो कदम चालिएको छ । उत्तर कोरियाको […]
अपर कर्णाली र अरुण तेस्रो रद्द गर्न ऊर्जामन्त्रीले दिए यस्तो चेतावनी
काठमाडौं, १९ साउन । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजनामा निर्माण कम्पनीहरूले ढिलासुस्ती गरिरहेको आरोप लगाउँदै उनीहरूले समयमै काम सञ्चालन गर्न नसके सम्झौता रद्द गर्ने तयारी भएको बताएका छन्। ‘समयमै काम नगर्ने कम्पनीहरूसँग एकपटक छलफल गरी समयावधि तोक्ने र समयावधिभित्र काम नगर्ने कम्पनीको लाइसेन्ससमेत खारेज गर्ने नीतिगत व्यवस्थासमेत गरिनेछ’, ऊर्जामन्त्री शाहीले […]










