एक शिक्षकको भागमा ६ विद्यार्थी, विद्यालयका प्रअ नै पु¥याउछन् आफ्ना छोराछोरी निजीमा

बर्दिया, १६ फागुन । विद्यालयमा शिक्षक अभावको समस्या भैरहदा बर्दियाको एक विद्यालयमा भने विद्यार्थी अभावले शिक्षकहरु फुर्सदिला बनेका छन् । गेरुवा गाउँपालिका–१ स्थित गणेश प्राथमिक विद्यालयमा १८ जना मात्र विद्यार्थी अध्ययनरत रहेको पाइएको छ ।

३ जना शिक्षक रहेका एउटा शिक्षकको भागमा छ जना विद्यार्थीलाई पढाउने जिम्मेवारी आएको छ ।

१८ जना विद्यार्थी मात्र अध्ययनरत उक्त विद्यालयमा ३ जना शिक्षक रहेका छन् । तीन जना शिक्षकको भागमा प्रति शिक्षक छ विद्यार्थीलाई पढाउने जिम्मेवारी देखिन्छ ।

कक्षागत रुपमा भने कक्षा एकमा चार जना भर्ना भएकोमा दुई जना मात्र पढ्न आउने गरेका छन् । कक्षा दुईमा चार भर्ना भएकोमा तीन, कक्षा तीनमा तीन भर्ना भएकोमा दुई, कक्षा चारमा चार भर्ना भएकोमा तीन र कक्षा पाँचमा नौ भर्ना भएकोमा आठ जना नियमित पढ्न विद्यालय आउने गरेको प्रधानाध्यापक दिवाकर वैद्य थारूले बताए ।

विगतको वर्षमा उक्त विद्यालयमा ३०० भन्दा बढी विद्यार्थी हुने गर्दथे । उतिबेला विद्यालयको खेल मैदान र कक्षा कोठा भरिभराउ हुने गरेकोमा अहिले सुनसान देखिन्छ ।

विद्यालयका प्रधानाध्यापक दिवाकर वैद्य थारू नै हरेक बिहान आफ्नो छोराछोरीलाई नजिकको निजी विद्यालयमा पढ्न पु¥याएर जागीर खान गणेश प्राविमा आउने र साँझ विद्यालय समय पूरा हुने बित्तिकै छोराछोरी लिन निजी विद्यालयमा जाने गरेको गेरुवा गाउँपालिका–१ का वडाध्यक्ष दयाराम वैद्य थारूले बताए ।

Loading...