बाबुराम र उपेन्द्रले पार्टी एकता गरी बनाए समाजवादी पार्टी, नेपाल

काठमाडौं, २१ बैशाख । डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको नेतृत्वमा रहेका दुई पार्टीबीचको एकता भएको छ । केही समयदेखि नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम, नेपालबीच एकताका लागि चलेको छलफल शनिवार अन्तिम टुङ्गो लागेको हो । स्रोतका अनुसार दुई पार्टी मिलेर बन्ने पार्टीको नामसहित धेरै कुरामा सहमति भइसकेको छ । नयाँ बन्ने एकीकृत […]

‘मेरो सरकार’ पदावली हटाउन माग गर्दै कांग्रेस र राजपाले गरे संशोधन प्रस्ताव दर्ता

काठमाडौ, २१ बैशाख । प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि कडा टिप्पणी गरेका छन् । दुई पार्टीले सरकारको नीति तथा कार्यक्रममाथि संसदमा संशोधन प्रस्ताव समेत दर्ता गराएका छन् । प्रतिपक्षी दलले सबैभन्दा बढी संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा प्रयोग गरिएको ‘मेरो सरकार’ भन्ने पदावलीमाथि आपत्ती जनाएका छन् […]

केटीको निहुँमा पुल्चोकमा ठूलो ग्याङ फाइट, खुकुरीले गयो ज्यान

काठमाडौं, २१ वैशाख । राजधानीमा पछिल्लो समय ग्याङ फाइटका घटना बढेका छन् । पछिल्लो समय भएको एक ग्याङ फाइटमा एक जना युवाको ज्यानै गएको छ । राजधानीको ललितपुर पुल्चोकमा दुई समूहबीच शुक्रबार बेलुका ग्याङ फाइट भएको हो । सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले कृष्ण तामाङसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । ललितपुर महानगरपालिका–३ पुल्चोकको […]

करोडौको गाडी छाेडेर पुरानै गाडीमा मेयरको माेह

ललितपुर। मुलुककै दोश्रो ठूलाे महानगरपालिका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन २४ वर्ष पुरानो गाडी प्रयोग गर्छन् । अन्य मेयरहरु करोडौ मुल्य पर्ने अत्याधुनिक सुबिधा भएका सरकारी गाडीमा सरर्रर सरकारी शानले हिंड्ने गरेता पनि चिरिवावु भने पुरानाे गाडी चढ्छन । उनी अहिले महानगरको स्वामित्व रहेको रातो प्लेटको प्राइभेट नम्बर टोयोटाको पुरानो मोडल RAV4 मा हिंड्छन् । […]

सरकारको नीति तथा कार्यक्रमः चिनियाँ रेलदेखि भारतीय पानी जहाजसम्म

काठमाडौं, २० बैशाख । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमा प्रस्तुत गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदको दुबै सदनलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। नीति तथा कार्यक्रममा सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने घाेषणा गरेकाे छ । नीति तथा कार्यक्रममा पानीजहाजदेखि सुरुङमार्ग हुँदै चीनबाट रेल ल्याउने कुरासम्म समेटिएका छन् । त्यसैगरी […]

यस्तो छ ओली सरकारको महत्वाकांक्षी नीति तथा कार्यक्रम

नेपाल सरकार बैशाख २०७६ प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष, सङ्‍घीय संसदकामाननीय सदस्यहरू, संविधान कार्यान्वयनका महत्त्वपूर्ण आधारहरू निर्माण गरी मूलतः सङ्‍क्रमणकाल समाप्‍त भई स्थायित्व विकसित भएको सुखद सन्दर्भमा आज फेरि यस गरिमामय सङ्‍घीयसंसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई खुशी लागेको छ। राष्‍ट्रलाई निरङ्‍कुश सामन्ती शासनप्रणालीको अँध्यारो युगबाट जनताका प्रतिनिधिमार्फत् राज्य […]

रुसले ठूलो मात्रामा ह्वेल माछालाई खतरानाक जासुसी तालिम दिएको खुलासा

एजेन्सी । आधुनिक युद्धकला र प्रविधिको क्षेत्रमा उच्च विकास गरेको रुसले पछिल्लो समय समुन्द्रको सबैभन्दा ठूलो जीव ह्वेल माछालाई समेत आफ्नो सेनाको जासुसका रुपमा प्रयोग गरेको खुलासा भएको छ । हालै रुसले त्यस्तै जासुसी काममा प्रयोग गरेको एउटा ह्वेल माछा नर्वेको समुन्द्री किनारामा भेटिएपछि त्यसको विश्वभर चर्चा भइरहेको छ । नर्वेका विशेषज्ञहरुले आफ्नो देशको समुन्द्री […]

सुरक्षा परिषद् बैठकको गोप्यता भंग गरेको भन्दै रक्षामन्त्री पदबाट बर्खास्त

काठमाडौं, १९ वैशाख । बेलायती रक्षामन्त्री गभिन विलियम्सन पदबाट बर्खास्तीमा परेका छन् । राष्ट्रिय सुरक्षा परिषद् बैठकको गोप्यता भंगको आरोपमा उनलाई पदमुक्त गरिएको हो । बेलायतको प्रधानमन्त्री कार्यालयले विलियम्सनले प्रधानमन्त्रीको विश्वास गुमाएपछि उनलाई पदबाट हटाइएको जनाएको छ । विलियम्सनमाथि राष्ट्रिय सुरक्षा परिषद् बैठकमा संवेदनशील विषयमा भएको छलफलको विषय चुहाइएको आरोप लागेको छ । प्रधानमन्त्री टेरिजा […]

बर्डफ्लूका कारण एकजनाको ज्यान गयो, काठमाडौंमा व्यापक संक्रमण फैलिएको पुष्टि

काठमाण्डौ । बर्डफ्लूको संक्रमणका कारण एकजनाको ज्यान गएको छ । चरा र कुखुरालगायत पंक्षीमा देखिएको बर्डफ्लू मानिसमा पनि सरेको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार काभ्रेका २१ वर्षीय एक युवकको बर्डफ्लू (एच फाइब एन वान) बाट ज्यान गएको पुष्टि भएको हो । ज्वरो र खोकी लागेर अस्पताल पुगेका उनलाई इन्फ्लुएन्जाको औषधि दिइएको थियो । […]

च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो खेलमै बार्साद्वारा लिभरपुल पराजित

काठमाडौं । स्पेनिस फुटबल बार्सिलोनाले इंग्लिस क्लब लिभरपुलमाथि सहज जित हात पारेकाे छ । च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएकाे सेमिफाइनलको पहिलो खेलमा बार्सिलाेनाले लिभरपुललाइ पराजित गरेकाे हाे । बार्सिलाेनाकाे घरेलु मैदानमा भएको खेलमा बार्साले लिभरपुललाई ३-० गोलअन्तरले हरायाे । टीमको याे जितमा बार्सा कप्तान लियोनल मेस्सीले ठूलाे भूमिका खेले । उनले दुई गाेल गरे भने […]