काठमाडौं । आजदेखि कक्षा १२ को परीक्षा शुरु भएको छ । बिहान ७ बजेदेखि शुरु भएको परीक्षामा देशभरका चार लाख १५ हजार २ सय ५२ जना परीक्षार्थी सहभागी भएका छन् । काठमाडौं, बैशाख १४ । आजदेखि कक्षा १२ को परीक्षा शुरु भएको छ । बिहान ७ बजेदेखि शुरु भएको परीक्षामा देशभरका चार लाख १५ हजार […]
मुख्य समाचार
विगतको पोल खुल्ने डरले भगाइयो गोरेलाई
काठमाडौं, १४ बैसाख । नेपाल प्रहरीका पूर्वडिआइजी गोविन्द निरौलाले विगतमा गरिएका सुन तस्करीको पोल खुल्ने डरले गोरेलाई भगाएको गृहका सहसचिव पौडेलको संयोजकत्वमा गठित समितिको अनुसन्धानको निष्कर्ष छ । २० पुस ०७३ मा त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाटै बरामद भएको ३३ किलो सुन तस्करीमा निरौलाको संलग्नता आशंका गरिएको थियो । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। नेपाल […]
पूर्वसभासद् तथा कम्युनिस्ट पार्टीकी नेतृ गिरफ्तार
काठमाडौं, १४ बैसाख । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की महासचिव धिरिन्द्र उपाध्यायलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट महिलाहरुको संगठन महासचिव उपाध्यायलाई प्रहरीले विहीबार काठमाडौंबाट गिरफ्तार गरेको अनेम संघ (क्रान्तिकारी) ले बताएको छ । पूर्वसभासद् समेत रहेकी उपाध्यायलाई संगठनको कामको क्रममा गिरफ्तार गरेको बताइएको छ । शान्तिपूर्ण महिला अधिकारको पक्षमा काम […]
उपसभापतिमा कांग्रेसका २ नेताको दाबी, कसलाई रोज्लान् देउवा ?
काठमाडौं, १४ बैसाख । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षासम्बन्धी गत चैत ९ गतेदेखि जारी बैठकमा बोल्ने दुई नेताले उपसभापतिमा दाबी गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा नेता विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठले आआफूले उपसभापति पाउनुपर्ने माग गरे। बैठकमा नेता गच्छदारले आफूलाई उपसभापति बनाउने आश्वासन निर्वाचनअघि नै सभापति शेरबहादुर देउवाले दिएको बताए । गच्छदारअघि […]
ऐतिहासिक शिखर वार्ताका लागि किम जोंग उन दक्षिण कोरियामा
बीबीसी,१४ बैसाख । उत्तर कोरियाका नेता किम जोंग उन दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनसँग ऐतिहासिक शिखर वार्ताका लागि दक्षिण कोरिया पुगेका छन् । सन् १९५३ मा कोरियाली युद्धपछि (जब कोरियाली प्रायद्वीप दुई भागमा बाँडिएका थिए) दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम जोंग उन पहिलो उत्तर कोरियाली नेता बनेका छन् । दक्षिण कोरियाली राष्ट्रपति मून–जे इनले […]
च्याम्पिन्स लिगः वार्यनविरुद्ध रियलको कीर्तिमानी जित
काठमाडौं, १३ बैसाख । रियल मड्रिडले वायर्न म्युनिखलाई २–१ ले हराउँदै च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । च्याम्पियन्स लिगमा रियलको यो १५० औं जित हो । लिगमा यति धेरै जितको रेकर्ड राख्ने रियल पहिलो क्लब बनेको छ । तर च्याम्पियन्स लिगमा लगातार धेरै पटक हारेको रेकर्ड भने वायर्नको नाममा लेखिएको छ […]
फरार डिएसपी सञ्जय राउतलाई पक्राउ गर्न देशभर आन्तरिक सर्कुलर, कहाँ छन् राउत ?
काठमाडौं, १३ बैसाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रूपमा बाहिरिएको ३३ किलो सुन प्रकरण अनुसन्धानका लागि डिएसपी सञ्जय राउतलाई खोज्न सातै प्रदेश र ७७ जिल्लाका प्रहरी कार्यालयलाई सर्कुलर गरेको छ। सरकारले गठन गरेको छानबिन समितिको निर्देशनमा सर्कुलर जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले बातायो। बुधबार गृहमन्त्रालयमा राउतलाई बयानको लागि बोलाएको थियो। तर बयान दिदै […]
बरिष्ठ डा. उपेन्द्र देवकोटाकी छोरी अपहरण गर्ने मुख्य योजनाकारलाई दिइयाे यस्तो सजाय
काठमाडौ, १३ बैसाख । वरिष्ठ चिकित्सक डा. उपेन्द्र देवकोटाको छोरी मेघाको अपहरण प्रकरणमा दोषी राजु थापालाई १७ वर्ष कैद सजायको फैसला भएको छ । उच्च अदालत पाटनले थापालाई अपहरणको मुख्य दोषी ठहर गर्दै १७ वर्ष कैद र २६ लाख २३ हजार ५१९ रुपैंया जरिवाना गर्ने फैसला गरेको हो । न्यायाधीशद्वय विनोदमोहन आचार्य र कृष्णबहादुर थापाको […]
यी हुन् लखेटी–लखेटी दिउँसै मान्छे काट्ने गुन्डा नाइके, बाँके अदालतले तोक्यो यस्तो हदैसम्मको सजाय
नेपालगञ्ज, १२ वैशाख । बाँकेको नेपालगञ्जमा तीन वर्षअघि भएको चेतन मानन्धरको हत्यामा संग्लन गुन्डा नाइके रिगल ढकाललाई सर्वस्वसहित जन्मकैदको फैसला भएको छ । बाँके जिल्ला अदालतका जिल्ला न्यायधीश बिष्णु सुवेदीको इजलाशले नेपालगञ्जका चेतन मानन्धरको हत्यामा संलग्न रहेको भन्दै ढकाललाई सर्वश्वसहित मङ्गलबार जन्मकैदको सजाय सुनाएको अदालतका श्रेष्तेदार दण्डपाणी लामिछानेले जानकारी दिए । कथित ‘डन’ रिगलले २०७२ […]
छुरा हानेर मलेसियामा एक नेपालीको हत्या
काठमाडौं । रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक नेपालीले ज्यान गुमाएका छन् । उनलाई नचिनेका मान्छेको समुहले छुरा हानेर हत्या गरेको हो । क्वालालाम्पुरमा सुरक्षा गार्डका रुपमा कार्यरत झापा कन्काई नगरपालिका ६ चम्पापुरका मोहनकुमार राजबंशीलाई सोमबार राती नचिनेका मान्छेको समुहले छुरा प्रहार गरेका थिए । हत्याको कारण भने खुल्न सकेको छैन । २०७५ बैसाख १२ मा […]









