काठमाडौं, २३ बैसाख । भूकम्पले भत्काएका सम्पदा पुननिर्माण गरिदिने प्रतिवद्धता बनाएको भारतले तीन बर्ष बित्दा पनि काम सुरु गरेका छैन । भूकम्पपछि भारतले देशभरका २८ गुम्बा तथा मठमन्दिर पुनर्निर्माण गरिदिने प्रतिबद्धता जनाएको थियो । तर प्रतिबद्धताअनुसार हालसम्म कुनै पनि काम सुरु नभएको पुरातत्व विभागले जनाएको खबर आजको नागरिक दैनिकमा छापिएको छ । भारतले पाटनको नापीचन्द्र […]
मुख्य समाचार
अस्तव्यस्त वैदेशिक रोजगारी, क्षतिपूर्ति पाउने पीडित १० प्रतिशत
काठमाडौं, २३ बैसाख । वैदेशिक रोजगारीको क्रममा ठगी र शोषणमा पर्नेमध्ये १० प्रतिशत पीडितले मात्र क्षतिपूर्ति पाउने गरेको तथ्य खुलेको छ । आजको नागरिक दैनिकमा समाचार छ । वैदेशिक रोजगारीको क्रममा पीडित हुनेको संख्या ठूलो रहेको गुनासो बढेका बेला गरिएको एक अध्ययनले पीडितमध्ये निकै कमले मात्र क्षतिपूर्ति पाउने गरेको पाइएको हो । वैदेशिक रोजगार प्रवद्र्धन […]
कांग्रेसका नेताहरुले भने – ‘जे भयो-भयो, अब मिलेर जाऊँ’
काठमाडौं, २३ बैसाख । कांग्रेसका नवनियुक्त पदाधिकारीले शनिबार वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालालाई भेटेर सहयोगको अपिल गरेका छन् । सभापति शेरबहादुर देउवाले शुक्रबारको निर्वाचित कार्यसमितिको बैठकबाट उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खडका र सहमहामन्त्रीमा प्रकाशशरण महतलाई मनोनयन गरेका थिए । मनोनयन प्रक्रिया विधानविपरीत भएको भन्दै संस्थापनइतर पक्षले बैठक बहिष्कार गरेको थियो । […]
फेरि फुट्यो माओवादी केन्द्र, कसले गर्दैछ नयाँ पार्टीको नेतृत्व ?
काठमाडौं, २३ बैसाख । नेकपा माओवादी केन्द्र फेरि विभाजन भएको छ । एमालेसँग एकताको अन्तिम तयारी भइरहेको बेला माओवादी केन्द्रका नेता-कार्यकर्ताहरुले नयाँ पार्टीको घोषणा गरेका छन् । एमालेसँग हुने भनिएको एकताप्रति असहमति राखेर अलग भएको घोषणा गरेका नेता विश्वभक्त दुलाल ‘अाहुती’को संयोकत्वमा नयाँ पार्टी गठन भएको हो । नयाँ पार्टीको नाम ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, […]
ओली-प्रचण्ड ग्याङले नेकपा र एकीकृत जनक्रान्तिको हत्या गर्ने दिवास्वप्न देख्यो: प्रकाण्ड (विज्ञप्तिसहित)
काठमाडौँ,२२ बैसाख । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले प्रचण्ड गठबन्धनको केपी ओली सरकारले नेपाल कम्युनिस्ट पार्टी र यसले संचालन गरेको एकीकृत जनक्रान्तिको हत्या गर्ने दिवास्वप्न देखेको बताएका छन् । नेकपाले आवहान गरेको १ दिने नेपाल बन्द सफल भएपछि प्रबक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । उनले आफ्ना गिरफ्तार नेता–कार्यकर्ता रिहा नगरे पार्टी जनप्रतिरोध […]
अन्ततः यातायात व्यवसायीको बन्द फिर्ता
काठमाडौं, २२ बैसाख । सिन्डिकेटको पक्षमा उभिएर यातायात बन्दको घोषणा गरेको यातायात व्यवसायी महासंघले बन्द फिर्ता लिएको। महासंघले वार्ता र संवादमार्फत समस्याको स्थायी समाधान खोज्न सरकारसँग आग्रहसमेत गरेको छ । यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले एक विज्ञप्ति जारी गर्दै बन्द कार्यक्रम फिर्ता भएको घोषणा गरेका हुन् । सिन्डिकेट हटाउन नहुने […]
बेलायती सांसदहरू नेपाल भ्रमणमा आउदै
काठमाडौं, २२ बैसाख । बेलायती सांसदहरूको एक प्रतिनिधिमण्डल नेपालको साता लामो भ्रमणमा आउने भएको छ। आगामी मे ६ देखि १२ तारिखसम्म उनीहरूले नेपालको औपचारिक भ्रमण गर्न लागेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ। ब्रिटिश ग्रुप अन इन्टर पार्लियामेन्टरी युनियन (बिजीआइपियु) का सदस्य सांसद नाइजेल इभान्सले नेतृत्व गर्ने भ्रमण टोलीमा ७ सदस्य रहनेछन्। भ्रमण टोलीमा सांसद इभान्सका […]
आईएमई बैंकका शाखा प्रमुखसहित दुई जनाको जिप दुर्घटनामा मृत्यु
बर्दिया, २२ बैसाख । बर्दियाको बारबर्दिया नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट नेपालगन्जतर्फ जाँदै गरेको ग्लोबल आईएमई बैंकको बा. १७ च १२१७ नम्बर जिप गएराति बारबर्दिया नगरपालिका–९ औरीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा ग्लोबल आईएमई बैंकको धनगढी शाखा प्रमुख रामबहादुर हमाल र सोही बैंकमा कार्यरत कञ्चनपुर घर भएका भुवन पन्तको […]
जेठ ३ गतेदेखि कर्णाली प्रिमियर लिग क्रिकेट सुरु हुदैँ
काठमाडौं, २२ बैसाख । देश ६ को सुर्खेतमा आउँदो जेठ ३ गतेदेखि कर्णाली प्रिमियर लिग क्रिकेट सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदसँग खेल तालिका जुधेपछि लिग निर्धारित समयभन्दा एक दिन अगाडिदेखि सुरु हुने भएको हो । प्रतियोगिता ३ गतेदेखि १२ गतेसम्म संचालन हुने आयोजक बन्धु विकास बहुउद्धेश्यीय सहकारी संस्थाले जनाएको छ । सुर्खेत […]
म्यानचेष्टर युनाइटेडलाई हराउँदै ब्राइटन रेलिगेसनबाट बच्यो
काठमाडौं, २२ बैसाख । पास्कल ग्रसको गोल निर्णयक बन्दा इंग्लिस प्रिमियर लिगमा ब्राइटन एण्ड होवले म्यान्चेष्टर युनाइटेडलाई हराएको छ । प्रियिमर लिग तालिकाको दोस्रो स्थानमा रहेको युनाइटेडलाई १–० ले हराउँदै ब्राइटन रेलिगेसनमा पर्ने खतराबाट मुक्त भयो । खराब प्रदर्शन गरेको युनाइटेड खेलको सुरुवातमा नै गोल खानबाट जोगिएको थियो । ग्लेन मुर्रेले डिबक्स बाहिरबाट गरेको प्रहार […]