काठमाडौं, २२ बैसाख । कालिका कन्ट्रक्सनको कार्यालयमा बम विस्फोट हुनुको साथै अागजनी भएको छ । बाँकेको हवलदारपुरमा रहेको बिक्रम पाण्डेको निर्माण कम्पनीको कार्यालयमा शुक्रबार राति १२ बजेतिर विस्फोट हुनुको साथै अाजगनी भएको बताइएको छ । विस्फोटको अावाजसँगै कार्यालयमा अागो लागेको स्थानीयले बताएका छन् । बिस्फोटक कारण कम्पनीको कार्यालय , अलकत्रा मिक्स्चर मेसिन , जेनेरेटर र […]
मुख्य समाचार
तुलसीपुर अाउँदै गरेको रात्री बसमा बम प्रहार, ज्यामिरेमा भारतीय कार तोडफोड !
दाङ, २२ बैसाख । नेपाल कम्युनिस्ट पार्टीको नेपाल बन्दले जिल्लाका बजार, यातायात, कलकारखाना, शिक्षण संस्था प्रभावित भएका छन् । तुलसीपुर र घोराही बजारमा फाट्टफुट्ट मात्रै केही निजी सवार सधानहरु गुडेका छन् । यसैबीच काठमाडौंबाट दाङको तुलसीपुर अाउँदै गरेको यात्रुबाहक बसमा बम प्रहार भएको छ । मालिका कालिका यातायात प्रा.लि.को ना ६ ख ३९७० नम्वरको बसमा […]
कांग्रेस पदाधिकारी मनोनयन : उपसभापतिमा निधि, महामन्त्रीमा खड्का र सह–महामन्त्रीमा महत
काठमाडौं, २२ बैसाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको २६ महिनापछि पदाधिकारी मनोनयन गरेका छन् । देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सह–महामन्त्रीमा प्रकाशशरण महतलाई मनोनयन गरेका हुन् । शुत्रबार बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी मनोनयनलाई बहुमतले अनुमोदन गरेको छ । महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिको प्रस्तावलाई अनुमोदन गर्नु पर्ने कांग्रेसको विधानमा […]
देशभरका सिण्डिकेटवाला यातायात ब्यवसायीलाई २४ घण्टाभित्र पक्राउ गर्न गृहमन्त्री बादलको निर्देशन
काठमाडौं, २१ बैसाख । सिण्डिकेट बचाउन सार्वजनिक सवारीका साधन ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिएका व्यवसायीलाई सरकारले पक्राउ गर्ने भएको छ । सिन्डीकेट हटाउने सरकारी निणर्यको विरोध गर्दै यातायात ठप्प पार्ने यातायात ब्यावसायीलाई पक्राउ गरी आवश्यक कारबाही गर्न गृहमन्त्री रामबहादुर थापा बादलले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्। । मन्त्री थापाले गृहसचिव, प्रहरी प्रमुख र […]
वैशाखमा पनि पुस-माघको जस्तो चिसो, घट्न थाल्यो बिजुली उत्पादन
काठमाडौं, २१ बैसाख । चर्को गर्मी हुने वैशाख महिनामा पनि पुस माघको जस्तो चिसो भएपछि हिउँ पग्लन नपाएर विजुली उत्पादनमा कमी आएको छ । नदी प्रवाहमा आधारित जलविधुत आयोजनाबाट उत्पादन हुने विजुली उत्पादनमा गत बर्षको यही महिनाको तुलनामा २४ प्रतिशतसम्म कमी आएको छ । गत बर्षको वैशाखमा चर्को गर्मी थियो । अहिले जाडो मौसम जस्तै […]
डेढ वर्षभित्र तातोपानी नाका सञ्चालनमा आउने
काठमाडौं, २१ बैसाख । तीन वर्षअघिको बारपाक भूकम्पपछि बन्द भएको नेपाल–चीनबीचको तातोपानी नाका पुनः सञ्चालनमा आउने भएको छ । काठमाडौंबाट सबैभन्दा नजिकको चिनियाँ नाका आगामी डेढ वर्षभित्र सञ्चालनमा आउने भएको हो । भूकम्प र बाढीका कारण क्षतिग्रस्त तातोपानी नाकाको पूर्वाधार पुनः निर्माण गर्दै नाका सञ्चालनमा ल्याउन दुवै मुलुक सहमत भएका छन् । जसअनुसार आगामी एक […]
आईपीएल : चेन्नेईलाई हराउँदै कोलकाता तेस्रो स्थानमा
काठमाडौं, २१ बैसाख । इन्डियन प्रिमियर लिगमा कोलकाता नाइटराइडर्स चेन्नेई सुपर किङ्सलाई ६ विकेटले हराउँदै लिगको तेस्रो स्थानमा उक्लिएको छ । चेन्नेईले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ७७ रन बनायो । उसका लागि कप्तान महेन्द्रसिंह धोनीले अविजित ४३ रन बनाउदा सेन वाटसनले ३६ तथा सुरेश रैनाले ३१ रन बनाए । यस्तै, फाफ डुप्लिसिसले […]
ओली-प्रचण्डबीच आज निर्णायक वार्ता
काठमाडौं, २० वैशाख । एमाले-माओवादी नेता कार्यकर्ताहरुलाई आज खुसीको खबर दिने उदेश्यसहित २ अध्यक्ष केपी ओली र प्रचण्ड वार्तामा जुट्दै छन् । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज निर्णायक वार्ता हुने माओवादी उच्च स्रोतले बतायो । प्रधानमन्त्री निवास बालुवाटारमा हुने वार्तामा एकतासँग जोडिएका विषय करिब टुंगो लागिसकेकाले […]
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आहृवानमा प्रत्येक वर्ष मे ३ तारिखमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ । नेपाल पत्रकार महासंघको आयोजनामा काठमाडौं उपत्यकासहित सबै जिल्लामा दिवसको अवसरमा बिभिन्न कार्यक्रम भइरहेका छन् । काठमाडौंमा बबरमहलदेखि नयाँ बानेश्वरसम्म […]
शसस्त्रमा डिआईजी बढुवाका लागि दौडधुप सुरु, को-को छन् लाइनमा ?
काठमाडौं, २० बैसाख । सशस्त्र प्रहरी बलभित्र एसएसपीबाट डिआईजीको बढुवा प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । शसस्त्रमा ११ जना एसएसपी डिआइजीमा बढुवाका लागी लविङमा छन् । शसस्त्र प्रहरीमा ७ वटा रिक्त डिआइजी पदमा ११ जना एसएसपी बढुवाको सुचीमा रहेका छन् । यसमा आफु निकटलाई पहिलो बनाउन संगठनभित्र चलखेल सुरु भएको छ । स्रोतले दिएको जानकारी […]