वाम गठबन्धन नफुटेसम्म समानुपातिकको परिणाम घोषणा नगर्ने आयोगले प्रतिवद्धता गरिसकेको अमरेशको दावी

काठमाडाैं, १८ पुस । वाम गठबन्धन नटुटेसम्म निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परिणाम प्रकाशित नगर्ने समझदारी भएको कांग्रेस नेता अमरेशकुमार सिंहले वताएका छन् । सोमबार विहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न ललितपुर पुगेर फर्केका सिंहले निर्वाचन आयोग, भारतीय राजदूत र प्रधानमन्त्री शेरबहादुर देउवाबीच यस्तो सहमति भएको आफ्ना निकटवर्तीसँग यस्तो वताएका हुन् । निर्वाचन आयोगले आफूहरुसँगको […]

काठमाडौंमा एमाले कार्यकर्ता र प्रहरीबीच ठूलो झडप, महेश बर्तौला गम्भीर घाइते

काठमाडौं, १८ पुस । निर्वाचन आयोग, सरकार र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्विको विरुद्धमा उत्रिउको एमाले निकट अनेरास्ववियुले विरोध प्रदर्शन तथा पुत्ला दहन गर्दा त्रिचन्द्र क्याम्पस अगाडि तनावग्रस्त भएको छ । सडक कब्जा गरी नाराबाजी गरिरहेका विद्यार्थीहरुमाथि प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडप भई उक्त क्षेत्र तनावग्रस्त भएको हो । प्रहरीले उक्त क्षेत्रमा अश्रुग्याँस समेत प्रहार गरेको […]

माओवादी केन्द्रको गोप्य बैठकले पार्टी एकता, प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्षबारे गर्यो यस्तो निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको विस्तारिक बैठक मंगलबार दिउँसो सम्पन्न भएको छ । पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकता र सरकार गठन लगायतका विषयमा छलफल भएको थियो । बैठकले आम जनताले अनुमोदन गरिसकेकाले पार्टी एकतालाई द्रुत गतिमा अगाडि बढाउने निर्णय भएको छ । ‘एमाले अध्यक्ष ओली […]

नारायणगढ–मुग्लिन सडक : रातिदेखि यातायात बन्द

चितवन, १८ पुस । नारायणगढ–मुग्लिन सडकखण्डमा आज रातिदेखि यातायात बन्द गरेर काम गरिने भएको छ । सडक विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । काममा सन्तोषजनक प्रगति हुन नसकेपछि तीव्रता दिन यातायात रोकेर काम […]

एकता गर्नै चाहेको भए पदको लोभमा नलाग्न एमाले नेताको आग्रह

भक्तपुर, १८ पुस । एमाले नेता एवं पूर्वमन्त्री आनन्द पोखरेलले अध्यक्ष पद भन्दा पनि कम्युनिस्टहरुका बीच साँच्चिकै एकता चाहेको भए पद नखोज्न आग्रह गरेका छन् । पार्टी एकीकरणभन्दा पद महत्वपूर्ण नभएको स्पष्ट पार्दै पदलाई बार्गेनिङको आधार बनाउन नहुने उनको जोड छ । भक्तपुरमा रफत सञ्चार क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पोखरेलले वर्तमान अवस्थामा जनादेशलाई […]

रानीपोखरीको पुनर्निर्माणबारे पाँचदिनभित्र सुझाव दिन सर्वसाधारणलाई आह्वान 

काठमाडौँ, १८ पुस । काठमाडौँ महानगरपालिकाले रानीपोखरीको पुनःनिर्माणका सम्बन्धमा सर्वसाधारणसँग सुझाव मागेको छ । पाँच दिनको समय राखेर महानगरपालिकाले सर्वसाधारणसँग सुझाव मागेको हो । कामपाका प्रशासकीय अधिकृत धनीराम शर्माका अनुसार आजदेखि पाँच दिनका लागि सुझाव दिन खुला गरिएको छ । सर्वसाधारणले रानीपोखरी पुनःनिर्माण सम्बन्धमा आफ्ना धारणा वा सुझाव दिन सक्नेछन् । सर्वसाधारणले विज्ञ समूहको सचिवालय […]

चिसोले कठ्याङ्गिन थालेपछि नगरपालिकाले दियो दाउरा

कपिलवस्तु, १८ पुस । केही दिनदेखिको बाक्लो हुस्सुसँगैको शीतलहरका कारण बढेको कठ्याङ्ग्र्रिने जाडोले जनजीवन प्रभावित भएसँगै यहाँको नगरपालिकाले दाउरा वितरण गर्न थालेको छ । जाडो बढे पनि सर्वसाधारणलाई आगो ताप्न दाउराको अभाव भएको गुनासो आएसँगै यहाँको बुद्धभूमि नगरपालिकाले नगरभित्रका विभिन्न ठाउँमा तीनदिनदेखि दाउरा वितरण गरिरहेको छ । इमिलिया, गोरुसिंहे, महेन्द्रकोट, बुड्डी, डुमरा चोक, हरिहरपुर, मानपुर […]

बाटो बन्द गर्नेलार्इ अश्रुग्यास हानेर प्रहरीले खुलायो जाम

बनेपा, १८ पुस । काभ्रेपलाञ्चोकमा दुर्घटनामा मृत्यु भएको विषयलाई लिएर स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेपछि प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको छ । धुलिखेल नगरपलिका–११ स्थित पात्लेखेतमा अश्रुग्यास प्रहारपछि अरनिको राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए । “दुर्घटनामा मृत्यु भएपछि क्षतिपूर्तिको कुरा नमिलेका कारण स्थानीयवासीले राजमार्ग बन्द गरेका थिए, […]

किमले दिए यस्तो खतरानाक चेतावनी, ‘आणविक हतियारको साँचो सधैँ मेरो टेबलमा छ’

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ अनले संयुक्त राज्य अमेरिकालाई चेतावनी दिँदै आणविक हतियारको साँचो सधैँ आफ्नो टेबलमा हुने बताएका छन् । नयाँ बर्षको सन्दर्भमा राष्ट्रवासीका नाममा दिएको सम्बोधनको अमेरिकी समाचार संस्था सिएनएनद्वारा गरेकोे अनुवादमा उद्धृत गरिएकोे छ, “अमेरिकाको सम्पूर्ण मुख्यस्थानहरू उत्तर कोरियाको आणविक हतियारको पहुँचभित्र रहेको र साँचो सधैँ मेरो कार्यालयको टेबलमा रहन्छ […]

नयाँ वर्षको पहिलो रात १७ हजार चालक मापसे कारबाहीमा

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा नयाँ बर्ष लाग्ने रातमा १७ हजार जनाभन्दा बढीले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको पाइएको छ । आइतबार राति मादक पदार्थ सेवन गरी सवारी चलाउने १७ हजार जनालाई दण्डित गरिएको दिल्ली प्रहरीले जनाएको छ । उनीहरू मध्ये अधिकांश महिला रहेका छन् । दिल्ली प्रहरीले मादक पदार्थ सेवन गरी […]