एमाले मोडमा खस्यो यात्रुबाहक बस : ३ को मृत्यु, २५ घाइते

पश्चिम रुकुमको आठबिसकोट बजारबाट नेपालगञ्जका लागि छुटेको बस दुर्घटना भएको छ । नेपालगञ्जका लागी छुटेको भेरी गंगा यातायातकोे ना ४ ख ९३१७ नम्बरको बस दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेत हर्रेको एमाले मोड नजिकै बिहान करिब ४ बजेतिर उक्त बस दुर्घटनामा परेको हो । गाडीको ब्रेक फेल भएर दुर्घटना भएको ट्राफिक […]

वनमन्त्री बस्नेतका जलवायु परिवर्तनका असरसँग जुध्न यस्ता छन अनुकूलन योजना

काठमाडौँ, १० भदौ । वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनले निम्त्याएको सङ्कटापन्नताका असर न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय अनुकूलन योजना तर्जुमा प्रक्रिया अघि बढाएको छ । योजनाअनुसार अनुकूलन क्षमता र समानुकूलित विकासको माध्यमबाट जलवायु संंवेदनशील क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएको असर न्यूनीकरण गर्नेछ । मन्त्रालयले आज सरोकारवाला निकायका विज्ञसहितको राष्ट्रिय अनुकूलन योजना तर्जुमाका लागि क्षमता विकास कार्यक्रम […]

भक्तपुर मालपोतका सुब्बा र लेखापढी व्यवसायीमाथि अख्तियारको मुद्दा

काठमाडौँ, १० भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्बा हरिनारायण उपाध्याय र लेखापढी व्यवसायी हीरामणि निरौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्यालय समयमा सेवाग्राहीको भीडभाड बढी हुने भनी लेखापढी व्यवसायी निरौलाले काम सहज गरिदिने भन्दै सेवाग्राहीसँग रु चार हजार घुस लिएको अभियोग लागेको छ । निरौलामार्फत नायब सुब्बा […]

प्राथमिक तहको नतिजा यसै साता

काठमाडौं । शिक्षक सेवा आयोगले यसै हप्तादेखि खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गर्न शुरु गर्ने जनाएको छ । विभिन्न जिल्लामा अन्तर्वार्ता हुँदा फाइलहरु आउन ढिला भएकाले नतिजा प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको छ । अन्तर्वार्ता पछि सबै जिल्लाका व्यक्तिगत फाइलहरु आयोगमा आएर त्यसको इन्ट्रीको काम सकिएको आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले जानकारी दिए […]

सञ्चारमन्त्री आक्रोशित हुँदै भने ‘यस्ता वाहियात कुरा गर्ने? प्रधानमन्त्री स्वस्थ हुनुहुन्छ’

काठमाडौँ, १० भदौ । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरबाट भिडियो कन्फरेन्समार्फत सरकारका मन्त्रीसँग छलफल र अन्तरक्रिया गर्नु स्वाभाविक भएको स्पष्ट गरेको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सिङ्गापुरमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीले सोमबार मन्त्रीहरुसँग गरेको अन्तरक्रियामा नयाँ प्रविधिको प्रयोग भएको र यसलाई अन्य व्याख्या विश्लेषण गर्न जरुरी नभएको बताए । प्रवक्ता बाँस्कोटाले भिडियो कन्फ्रेन्सलाई […]

सत्तारुढ दलकै नेताहरुले पत्रकार गुहारे : माईतीघरमा धर्नाको घोषणा

काठमाडौं, १० भदौ । श्याम परदेशी पीडित संघर्ष समिति, सर्लाहीले अन्याय र शोषणमा परिएको भन्दै भदौ ११ गतेबाट काठमाडौंको माईतीघर मण्डलामा धर्नामा बस्ने घोषणा गरेको छ । सर्लाही मलंगवा नगरपालिका वडा नम्बर ४ बस्ने श्याम परदेशी भनिने श्यामकृष्ण साह कलवारले सर्लाहीलगायत विभिन्न ठाउँका सोझासिधा गरिब, निमुखाहरुलाई ऋण लगानी गर्ने नाममा एउटै ऋणमा परिवारका विभिन्न व्यक्तिहरुसँग […]

श्रीमतीसँगै हिडिरहेका एक विदेशी नागरिक अचानक तामाकोशीमा खसेर मृत्यु

दोलखा, १० भदौ । दोलखाको गौरीशङ्कर गाउँपालिका–१ मा विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् । तामाकोशी नदीले बगाएर लाटभियाका ३२ वर्षीय कोन्स्टाटाइन्स टोडोसिन्निकोभ्स नाम गरेका नागरिक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको नेपालको लप्चीबाट फर्किने क्रममा लामाबगरमा […]

रविको पक्षमा प्रदर्शन गर्दा पक्राउ परेका ४८ जना छुटे

चितवन, १० भदौ । कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई आज छाडिएको छ । सो क्रममा सोमबारसम्म ४८ जना पक्राउ परेका थिए । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका लामिछानेसहित तीनै जना सोमबार धरौटीमा रिहा भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका […]

संसदमा प्रतिपक्षीको आपत्तीः भिडियो कन्फ्रेन्स विधिको शासन विपरित

काठमाडौँ, १० भदौ । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले भिडियो कन्फ्रेन्सका माध्यमबाट मन्त्रिपरिषद्को बैठक बस्ने कार्य विधि शासनविपरीत भएको जनाउँदै आपत्ति प्रकट गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मन्त्रिपरिषद् सञ्चालनसम्बन्धी संशोधन गरिएको कार्यविधि फिर्ता लिन सरकारसँग आग्रह गरे । “उच्च र आधुनिक प्रविधिको प्रयोग गर्नु राम्रो पक्ष हो, पछिल्लो […]

प्राविधिक विषयको पढाइ शुरु

डोटी, १० भदौ । जिल्लाका विभिन्न छस्थानीयतहमा प्राविधिक विषयको पढाइ शुरु भएको छ । नेपाल सरकारले एक स्थानीय तहको एक विद्यालयमा प्राविधिक शिक्षा पढाउने नीति लिएपछि जिल्लाका जोरायल गाउँपालिका–५ स्थित नबोदय माविमा, पशुविज्ञान, दिपायल सिलगढी नगरपालिका–४ स्थित कुमालीकोट माविमा सिभिल इञ्जिनीयरिङ, बडीकेदार गाउँपालिकाको बर्छैन माविमा आइएस एजी, दिपायल सिलगढी नगरपालिका–४ मै रहेको शहीदस्मृति आवासीय माविमा […]