एमाले मोडमा खस्यो यात्रुबाहक बस : ३ को मृत्यु, २५ घाइते

पश्चिम रुकुमको आठबिसकोट बजारबाट नेपालगञ्जका लागि छुटेको बस दुर्घटना भएको छ ।

नेपालगञ्जका लागी छुटेको भेरी गंगा यातायातकोे ना ४ ख ९३१७ नम्बरको बस दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेत हर्रेको एमाले मोड नजिकै बिहान करिब ४ बजेतिर उक्त बस दुर्घटनामा परेको हो । गाडीको ब्रेक फेल भएर दुर्घटना भएको ट्राफिक कार्यालय सुर्खेतले जनाएको हो ।

प्रहरीका अनुसार हाल सम्म ३ जनाको शव निकालिएको छ भने २५ जना घाइतेलाई कोहलपुर मेडिकल कलेज पुर्याइएको जनाएको छ ।

मृतकको सनाखत हुन सकेको छैन। राडीबाट ९ जना कालिमाटिबाट ७ जना मटेलाबाट ४ जना यात्रु लिएको बसले बाटोमा यात्रु हाल्दै हिडेकोले यात्रुको सम्पूर्ण विवरण काउन्टरमा नभएको बताइएको छ ।