आन्तरिक सडक खोल्न स्थानीय सरकारलाई सकस

जाजरकोट, ११ भदौ । वर्षैपिच्छे निर्माण गरिएका यहाँका आन्तरिक सडक वर्षायाममा भत्किएका कारण स्थानीय सरकारलाई सडक खुलाउन सकस भएको छ । आन्तरिक स्रोत नभएका जिल्लाका स्थानीय सरकारलाई सडक खुलाउन समस्या भएको हो । दाता संस्थाद्वारा प्राविधिक जाँच तथा लागत अनुमानबिना निर्माण गरिएका सडक भत्किएका कारण शुरुमा निर्माण गर्दा लागेको रकम बराबर अहिले भत्किएका सडक मर्मत […]

गोलीका छर्रा बोकी हिडेका द्वन्द्वपीडित बाख्रापालनमा रमाउँदै

चितवन, ११ भदौ । दश वर्षे सशस्त्र युद्धमा तत्कालीन माओवादीका तर्फबाट लडेका लडाकु र त्यही माओवादीबाट परिवार गुमाएका दुई युवा मिलेर जिल्लाको माडीमा व्यवसाय थालेका छन् । आफ्नो लडाइँ र त्यागबाट प्रत्यक्ष आफूले केही नपाउने भन्दै उनीहरुले बाख्रापालन शुरु गरेका हुन् । माडी नगरपालिका–६ स्याउलीवासमा स्थानीय नेत्रप्रसाद काफ्ले र चेतनारायण तिवारीले एक वर्ष अघिबाट बाख्रापालन […]

प्रसिद्ध बच्छेश्वर मन्दिर पुग्ने पदमार्ग निर्माण

पर्वत, ११ भदौ । पर्वतमा पर्यटकीय पूर्वाधार निर्माण कार्य तीव्रगतिमा भइरहेको छ । गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष र सङ्घीय सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउने घोषणा गरेकाले त्यसलाई सफल बनाउनका लागि पर्यटकीय पूर्वाधार निर्माण कार्य तीव्रगतिमा भइरहेको हो । गत आर्थिक वर्षदेखि पर्वतमा झण्डै एक दर्जनभन्दा बढी पदमार्ग र ४८ स्थानमा होमस्टे सेवा […]

तुलसीपुर र घोराहीमा बिपीको पूर्णकदको शालिक राखिने

लमही, ११ भदौ । जिल्लाको घोराही र तुलसीपुरमा महामानव बिपी कोईरालाको पूर्णकदको शालिक राखिने भएको छ । तुलसीपुरस्थित बिपी चोक र घोराही बजारको सडक डिभिजन नजिक चोकमा पूर्णकदको शालिक राख्नका लागि निर्माणको काम भइरहेको नेपाली काङ्ग्रेस दाङले जनाएको छ । यही भदौको २४ गते महामानव बिपी कोइरालाको जन्मजयन्तीका अवसरमा शालिक अनावरण गर्ने तयारी भएको काङ्ग्रेस […]

आठ लाखकै चेक बाउन्स भएपछि थापा सिधै जेल चलान

काठमाडौँ, १० भदौ । रकम नै नभएको बैंक खाताको चेक जारी गरी ठगी गरेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको साविक मनमैजु गाविस–१ हालको तारकेश्वर नगरपालिका– ११ बस्ने प्रभात बिक्रम थापा रहेका छन् । थापाले अर्जुन तामाङ्बाट ८ लाख ५० हजार ऋण सापटी लिएको र सो रकम भुक्तान गर्नका लागि प्रर्याप्त […]

थारू समुदायमा छैन ‘छुवाछूत र छाउप्रथा’

बाँके, ११ भदौ । पश्चिम नेपालका जिल्लामा छाउपडी प्रथा अहिले पनि कायमै छ । यद्यपि विभिन्न समयमा छाउपडीमुक्त गाउँ घोषणा भइरहेका पनि छन् । छाउगोठ भत्काउँदै छाउपडीमुक्त गाउँ घोषणा भएलगत्तै पुनः छाउगोठ बन्ने क्रम पनि रोकिएको पाइँदैन । योसँगै महीनावारी भएर छाउगोठमा सुतेका महिलाले मृत्युवरण गरेका समाचार आउने क्रम पनि उस्तै छ । छाउगोठमा सुतेका […]

पतञ्जलीका अध्यक्ष आचार्य बालकृष्णलाई नेपालमा विष खुवाइएको खुलासा, अस्पताल भर्ना

काठमाडौं । गत साता अचानक अस्वस्थ भएका भारतस्थित पचञ्जलि योगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृष्णलाई कसैले विष खुवाएको खुलासा भएको छ। नेपालको स्याङ्जामा जन्मिएका आचार्य भारतका प्रभावशाली योग गुरु रामेदेवका मुख्य सहयोगी हुन्। कृष्ण जन्माष्टमीका दिन भक्तले उपलब्ध गराएको प्रसाद (पेडा) खाँदा अचानक बिरामी भएका आचार्य बालकृष्णको स्वास्थ्यमा सुधार देखिएको छ। पेडा खाएपछि बेहोस भएका आचार्यलाई […]

दर निर्धारण समितिविरुद्ध मुद्दा दर्ता

डोटी, ११ भदौ । जिल्ला दर निर्धारण समितिको सडक निर्माणसम्बन्धी निर्णयविरूद्ध उच्च अदालत दिपायलमा मुद्दा दायर गरिएको छ । जोरायल गाउँपालिका–२ का वडासदस्य महेन्द्र थापामगरले दररेट निर्धारण समिति, जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलविरुद्ध मुद्दा दायर गरेका हुन् ।  उच्च अदालत दिपायल राजपुरले जिल्ला दररेट निर्धारण समितिका नाममा परमादेश जारी गरेको छ […]

प्रअकै भरमा शिक्षा शाखा

सल्यान । सल्यानको कुमाख गाउँपालिकाको शिक्षा शाखामा हालसम्म कुनैपनि कर्मचारी छैनन् । २०७५ साल माघ ३० गतेदेखि संघीय सरकारले कार्यरत स्रोतव्यक्तिहरूको काज फिर्ता गरी हटाएपछि यो अवस्था सिर्जना भएको हो । कर्मचारीको अभावले गर्दा विद्यालयको स्थलगत अनुगमन तथा निरीक्षण, कक्षा अवलोकन-परामर्श, रिपोर्टिङ जस्ता प्राविधिक कार्य ठप्प रहेका छन् भने विद्यालयका तथ्याङ्क संकलन तथा अद्यावधिक कार्य […]

प्रअ चलाउछन् स्थानीय सरकारको शिक्षा शाखा : सहयोगमा राखेका छन् अनमी

सल्यान । सल्यानको कुमाख गाउँपालिकाको शिक्षा शाखामा हालसम्म कुनैपनि कर्मचारी छैनन् । २०७५ साल माघ ३० गतेदेखि संघीय सरकारले कार्यरत स्रोतव्यक्तिहरूको काज फिर्ता गरी हटाएपछि यो अवस्था सिर्जना भएको हो । कर्मचारीको अभावले गर्दा विद्यालयको स्थलगत अनुगमन तथा निरीक्षण, कक्षा अवलोकन-परामर्श, रिपोर्टिङ जस्ता प्राविधिक कार्य ठप्प रहेका छन् भने विद्यालयका तथ्याङ्क संकलन तथा अद्यावधिक कार्य […]