आठ लाखकै चेक बाउन्स भएपछि थापा सिधै जेल चलान

काठमाडौँ, १० भदौ । रकम नै नभएको बैंक खाताको चेक जारी गरी ठगी गरेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको साविक मनमैजु गाविस–१ हालको तारकेश्वर नगरपालिका– ११ बस्ने प्रभात बिक्रम थापा रहेका छन् ।

थापाले अर्जुन तामाङ्बाट ८ लाख ५० हजार ऋण सापटी लिएको र सो रकम भुक्तान गर्नका लागि प्रर्याप्त रकम हुँदै नभएको सिभिल बैंक शाखा कार्यालय पुतलीसडकको खाताबाट भुक्तानी हुने गरी उक्त रकमको चेक २०७५ वैशाख १५ मा जारी गरेका थिए ।

जाहेरवालाको नाममा जारि गरेकोमा चेकबाट जाहेरवालाई नगद भुक्तान हुन नसकी चेक फिर्ता भएको बैकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको मिति २०७५ चैत ४ गतेको फैसलाले थापालाई ८ लाख ५० हजार रुपैयाँ जरिवाना र १५ दिन कैद हुने ठहर गरेको थियो ।

फरार रहेका थापालाई पक्राउ गरी प्रहरीले कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाएइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ ।