काठमाडौँ, १० भदौ । कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब रु पचास हजारसम्म जरिवाना हुनेभएको छ । बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द गराउने व्यक्ति वा संस्थालाई कानूनी कारवाहीको व्यवस्था गरेको छ । ऐन जारीपछि पनि विभिन्न समयमा […]
मुख्य समाचार
कारागार सुधार्दै सरकार, सिसिटिभीदेखि विद्युतीय हाजिरीसम्म
काठमाडौँ, १० भदौ । देशभरका कारागारहरुलाई व्यवस्थित बनाउने योजनामा सरकार छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कारागार सुधार कार्ययोजनाअन्तर्गत सबै कारागारमा सिसिटिभी क्यामरा जडान गरिएको छ । कारागार व्यवस्थापन विभागका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा कारागारको सुरक्षाका लागि देशभरका ७४ वटै कारागारमा सिसिटिभी क्यामरा जडान गरिएको हो । यस्तै, चालु आर्थिक वर्षमा सबै कारागारमा रहेका […]
रविले विरोधीलाई दिए यस्तो चेतावनी, पछाडिबाट ढुङ्गा हान्न छाडेर सक्ने भए अगाडिबाट गोली नै हान्न चुनौती
काठमाण्डु , १० भदौ । टेलिभिजन प्रस्तोता रवि लामिछानेले रिस साँधेर आरोप लगाउन सजिलो भएको बताउँदै आफूलाई पछाडिबाट ढुङ्गा हान्नुभन्दा बरु अगाडिबाट गोली हान्न चुनौती पनि दिएका छन् । मंगलबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै रविले आफूलाई पछाडिबाट ढुङ्गा हान्नुभन्दा बरु अगाडिबाट गोली हान्न चुनौती पनि दिएका हुन् । साेही कार्यक्रममा, रविले […]
लामिछानेसहित तीन जनाको विरोध प्रदर्शनमा पक्राउ प्रदर्शनकारीलाई छाडियो
चितवन, १० भदौ । कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई आज छाडिएको छ । सो क्रममा सोमबारसम्म ४८ जना पक्राउ परेका थिए । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका लामिछानेसहित तीनै जना सोमबार धरौटीमा रिहा भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका […]
कालिकोट छाप्रेमा भीषण पहिरो, तीन वटा वडाका वस्तीहरु ठूलो जोखिममा
कालिकोट, १० भदौ । कालिकोटको छाप्रेमा गएराति भीषण पहिरो गएको छ । पहिरोका कारण तीन वटा वडाका वस्तीहरु ठूलो जोखिममा परेका छन् । तिलागुफा नगरपालिका-७ छाप्रेमा भीषण पहिरो गएको हो। गएराति अबिरल वर्षासँगै गाउँ माथिबाट पहिरो आएपछि स्थानीयवासी गाउँ छाडेर भागेका छन्। पहिरोका कारणा तिलागुफा नगरपालिकाको वडा नं. ६, ७ र ८ का तीन वटा […]
संसद्को प्रभावकारिताका लागि महिला सांसदको भूमिका महत्वपूर्ण
काठमाडौँ, १० भदौ । संसदीय अभ्यासका विविध आयाममाथि जानकारी गराउने उद्देश्यले सङ्घीय संसद् सचिवालयद्वारा आज यहाँ प्रतिनिधिसभा र राष्ट्रियसभाका महिला सांसदसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । अन्तरक्रियामा शून्य, विशेष र ढ्यापढ्यापे समयमा आफ्नो प्रस्तुती कसरी गर्ने, कानून निर्माणको संसदीय चरण र संसद्मा प्रश्नोत्तर सैद्धान्तिक र व्यावहारिक पक्षका बारेमा जानकारी दिने कार्यक्रम रहेको सङ्घीय संसद् […]
सिँचाइ मुआब्जाका लागि स्थानीय तह अग्रसर
भीमदत्तनगर, १० भदौ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्र्तगत कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रमा पर्ने जग्गाको मुआब्जा रकम दिलाउन स्थानीय तह अग्रसर भएका छन् । महाकाली सिँचाइ तेस्रो चरणअन्र्तगत यहाँको बेदकोट र शुक्लाफाँटा नगरपालिकामा गरी १५ किलोमिटर मुलनहर निर्माण भइरहेको छ । “मुलनहर निर्माणका क्रममा यहाँ वर्षौदेखि भोगचलन गर्दै आएका विपन्न परिवारलाई पूर्जा भएको जग्गा सरहको […]
शिक्षाका सम्पूर्ण समस्या समाधान गर्ने गरी शिक्षा ऐन ल्याउन लागेको शिक्षामन्त्रीले सदनमा नै दिए जानकारी
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय शिक्षा ऐन बनाउने तयारीमा सरकार लागेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गगनकुमार थापाले राखेको मौखिक प्रश्नको जवाफ दिदैँ उनले पहिले शिक्षा नीति जारी गर्ने र त्यसपछि ऐन बनाउने गृहकार्य भइरहेको स्पष्ट पारेका हुन् । सङ्घीय शिक्षा ऐन नबनेकाले तत्काल सहज सेवा दिन सङ्घीयता अनुकूल […]
छिटो सेवाप्रवाह दिन अध्यक्ष तिमिल्सिनाको आग्रह
परासी, १० भदौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नागरिकलाई झण्झटमुक्त सेवाप्रवाह गर्न जनप्रतिनिधिलाई आग्रह गरे । पश्चिम नवलपरासीस्थित रामग्राम नगरपालिकाले आज परासीमा गरेको स्वागत कार्यक्रममा सो कुरामा जोड दिँदै उनले भने, “नागरिकलाई यो पुगेन, त्यो पुगेन भनेर अल्झाउने होइन, जसरी हुन्छ छिटो सेवा दिने हो, गणतन्त्रमा पनि प्रशासनिक वा राजनीतिक रुपले झण्झटमा पार्ने काम जनप्रतिनिधिबाट […]
तालीम र अभ्यास दक्षता र व्यवसायिकता अभिवृद्धिमा केन्द्रित
काठमाडौँ, १० भदौ । विश्व शान्ति स्थापना कार्य एवं विपद् व्यवस्थापनमा पेशागत दक्षता र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाली सेनाले विभिन्न मुलुकका सैनिकसँग तालीम र अभ्यास गर्दै आएको छ । दुई पक्षीय वा बहुपक्षीयरुपमा हुने यस्ता तालीम कुनै देश वा मिसनविरुद्ध नभई नेपाली सेनाको विशुद्ध पेशागत क्षमता, दक्षता र व्यावसायिकता अभिवृद्धि गर्ने उद्देश्यमा केन्द्रित रहेको […]











