कर्णाली राजमार्ग अवरुद्ध

मान्म, १० भदौ । तिलागुफा नगरपालिका वडा नं ७ र ८ को टाकुला खोलामा आएको बाढीले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सोमबार बेलुकादेखि राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न सकेका छैनन् । अवरुद्ध राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाको डोजर कालीकोट सदरमुकामबाट जाँदै गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । […]

तीन हप्तादेखि अस्पतालका कर्मचारी आन्दोलित

काभ्रेपलाञ्चोक, १० भदौ । पाउँदै आएको सेवा–सुविधाबाट बञ्चित गराई श्रमशोषण गरेको जनाउँदै बनेपा नगरपालिका–५ घोगेचौरस्थित शिर मेमोरियल अस्पतालका कर्मचारी तीन हप्तादेखि आन्दोलित भएका छन् ।आफ्ना मागसहित अस्पताल प्रशासन अगाडि गत साउन १६ गतेदेखि धर्नामा बसेका कर्मचारीले प्रशासन कार्यालयभित्र कसैलाई पनि आवतजावत गर्न दिएका छैनन् । आफ्ना मागबारे पटक–पटक अस्पताल प्रशासनसँग पहल गर्दा कुनै चासो नदेखाएपछि […]

योगेश भट्टराईका १४१ बुँदे छुट्टै प्राथमिकताका कार्यक्रम घोषणा

काठमाडौं, ९ भदौ । नेपालको एकमात्र अन्तराष्टिय विमानस्थल अब २४सै घन्टा सञ्चालनमा आउने भएको छ । मन्त्रालय सम्हालेपछि पहिलो पटक आफ्नो प्राथमिकताका कार्ययोजनाहरु सार्वजनिक गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यस्तो घोषणा गरेका हुन् । सोमवार सिंहदरवारभित्र मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री भट्टराईले आफ्ना १४१ बुँदे प्राथमिकताका कार्यक्रमहरु सार्वजनिक गर्दै अब हवाई […]

शालिक आत्महत्याको भिडियो अरु कसैको साहारामा खिचिएको अदालतकै शंका, यस्तो छ पूरा आदेश

चितवन, ९ भदौ । चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीले मृत्युअघि रेकर्ड गराएको भिडियोलाई शंकाको दृष्टिले हेरेको छ । अदालतले दुरुत्साहनको आरोप लागेका रवि लामिछानेलाई ५ लाख र युवराज कार्कीलाई ३ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको भए पनि शालिकरामको भिडियोलाई अझै भने शंकाको दृष्टिले हेरेको हो । अदालतको आदेशमा मर्नुअघि परिवारको सदस्यसँग माफी माग्दै […]

सार्वजनिक रुपमा बोल्न नपाउने गरी रवि लामिछानेलाई रिहा गरिएको खुलासा, टिभी कार्यक्रम र फेसबुक चलाउन पनि नपाउने

काठमाडौं, ९ भदौ । चितवन जिल्ला अदालतबाट पाँच लाख धरौटीमा रिहा गरिएका रवि लामिमछानेलाई सार्वजनिक रुपमा बोल्न नपाउने शर्त पनि राखिएको छ । उनलाई यस विषयमा टेलिभिजन कार्यक्रम चलाउन र सामाजिक सञ्जालमा आफ्ना विचार तथा मत दिन पनि रोक लगाइएको छ । शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको कसुरमा पक्राउ परेका रवि लामिछाने १२ दिनपछि रिहा भएका […]

अन्ततः रवि लामिछाने भए रिहा, अस्मितालाई साधारण तारेख रवि र युवराजलाई धरौटी

काठमाडौं, ९ भदौ । शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका चर्चित टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने अन्ततः रिहा भएका छन् । लामिछानेसहित तीनै जनालाई जिल्ला अदालत चितवनले रिहा गर्न आदेश दिएको हो । जिल्ला अदालत, चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले रविसहित तीनै जनालाई रिहा गर्न आदेश दिएको हो । उनीहरु माथि प्रहरीले आइतबार पुडासैनीको आत्महत्या […]

शालिकले हैरान पारेपछि क्यामेराम्यानमार्फत यसरी पुगेकी रहिछन अस्मिता रविको सहयोग लिन

काठमाडौं, ९ भदौ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्युप्रकरणमा एकपछि अर्को गर्दै सूचनाहरु खुल्दै गएका छन् । घटनाक्रमले पुडासैनीले केटीकै लागि उनी यस्तो अवस्थामा पुगेका हुन कि भन्ने देखिएको छ । यो प्रकरणमा शालिकले नाम जोडेर पक्राउ परेकी अस्मिता भन्ने रुकु कार्की शालिकले पछि लागेर हैरान पारेपछि रविको सहयोग लिन पुगेको खुलेको छ । उनी […]

कलापुञ्ज पाँचौँः एउटै चित्रको मूल्य रु १५ लाख

काठमाडौँ ९ भदौ । आधुनिक कलाकार समाज सोमाले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको चित्रकला प्रदर्शनीमा शङ्करराजसिंह सुवालले तयार पारेको एउटै चित्रको मूल्य रु १५ लाख छ । गणेशको चित्रमा विभिन्न आकृति प्रदान गरेर निर्माण गरिएको चित्रले जोकोहीलाई आकर्षित गर्छ । क्यानभासमा अनेकथरी रङको प्रयोग गरी गणेशसँग जोडिएका विभिन्न पक्षलाई उतारिएको छ । “करीब डेढ […]

युनियनका कारण टेलिकम धरापमा पर्दैछ: मन्त्री बाँस्कोटा

भैरहवा, ९ भदौ । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर्मचारी सङ्गठनको राजनीतिक अराजकताका कारण नेपाल टेलिकमले सोचेजस्तो प्रगति गर्न नसकेको बताए । नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रिय निर्देशनालय रुपन्देहीको निरीक्षणमा भैरहवा पुगेका मन्त्री बाँस्कोटाले युनियनतन्त्रका कारण नेपालका रहेका ठूला प्रतिष्ठान धराशायी बनेको भन्दै टेलिकमलाई पनि धराशायी पार्ने खेलमा केही कर्मचारी सल्बलाएको बताए । दुई वर्षदेखि […]

दशगजाका सीमास्तम्भ धेरै हराइसके, केही जीर्ण, तर छैन चासो सरकारलाई

बाँके, ९ भदौ । विसं १९१४ मा भारतमा भएको सिपाही विद्रोह दबाउन तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले इष्ट इन्डिया कम्पनीलाई सहयोग गरे । त्यसबापत १८७३ को सुगौली सन्धिबाट गुमेको भू–भागमध्ये पुरस्कारस्वरुप १९१७ मा बाँके, बर्दिया, कै लाली र कञ्चनपुर नेपाललाई फिर्ता आयो । यी चार जिल्ला नयाँ मुलुकका रुपमा चिनिन्छन् । नयाँ मुलुक र भारतबीचको सीमा छुट्याउन […]