शालिकले हैरान पारेपछि क्यामेराम्यानमार्फत यसरी पुगेकी रहिछन अस्मिता रविको सहयोग लिन

काठमाडौं, ९ भदौ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्युप्रकरणमा एकपछि अर्को गर्दै सूचनाहरु खुल्दै गएका छन् । घटनाक्रमले पुडासैनीले केटीकै लागि उनी यस्तो अवस्थामा पुगेका हुन कि भन्ने देखिएको छ ।

यो प्रकरणमा शालिकले नाम जोडेर पक्राउ परेकी अस्मिता भन्ने रुकु कार्की शालिकले पछि लागेर हैरान पारेपछि रविको सहयोग लिन पुगेको खुलेको छ । उनी न्यूज २४ टिभीमा २ वर्षदेखि क्यामेराम्यानको रुपमा कार्यरत अनिल ढुंगेलले अस्मितालाई रवसम्म पु¥याएको थाहा भएको छ ।

त्यो पनि पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नु २ दिनअघि मात्र रहेको पनि थाहा भएको छ । अस्मिताले आफू म्यामेराम्यान ढुंगेलमार्फत नै पुगेको बताएकी छन् । उनले न्यूज २४ को कार्यालय पुगेको पनि बयानमा स्वीकार गरेकी छन् । पुडासैनी र रुकुको सम्बन्धलाई लिएर रवि लामिछाने र युवराज कँडेलसम्म पुग्ने व्यक्ति नै अनिल हुन् । अस्मिता उनीमार्फत नै न्यूज २४ टिभीसम्म पुगेकी थिइन् । शालिकरामले नक्कली फेसबुक आइडी समेत बनाएर अस्मितालाई पठाएको म्यासेजको स्क्रिनसर्ट अस्मिताले पठाएको कुरा पनि उल्लेख भएको छ ।

रविसँग लग्ने न्यूज २४ टेलिभिजनका अनिल ढुंगेलले अस्मिताले नै अनुरोध गरेपछि आफूले उनलाई रविसँग कुरा गर्न आग्रह गरेको बताएका छन् । ‘शालिकरामले दुःख दिइरहेकाले तपाईंहरुले सहयोग गरिदिनुपर्यो भनेपछि आफूले अस्मितालाई न्यूज२४ को कार्यालयमा आएर रवि लामिछानेसँग कुरा गर्न आग्रह गरेको ढुंगेलले बताएका हुने ।

न्यूज २४ आएकी अस्मिताले शालिकरामले आफूलाई धम्की दिने, बाटो छेक्नेजस्ता कामहरु गर्दै आएकाले सम्झाईदिनुपर्यो भन्दै सहयोग मागेको पनि उनले बयानको क्रममा बताएका छन् । अस्मिताको भनाई उद्धृत गर्दै बयानको क्रममा ढुंगेलले शालिकले धेरै नै दुःख दिएको कुरा दीपक बोहरा र रवि लामिछानेलाई सुनाएको समेत बताएका छन् ।

रवि र दीपकको सल्लाहमा नै अस्मितालाई न्यूज२४ को कार्यालय देखिने गरी सेल्फी खिच्न आग्रह गरेको बयानमा उनले बताएका छन् । शालिकलाई ‘तिमी न्यूज २४ गएको कुरा थाहा हुने र फलो गर्न छोड्ला’ भनेर आफूले पनि अस्मितालाई सेल्फी खिच्न भनेको उनले बयानमा बताएका छन् ।

पछि पनि अस्मिताले मलाई १/२ पटक फोन गरेर सहयोग गरिदिनुपर्यो भनेकीले दीपक बोहरा र रवि लामिछानेको सल्लाहअनुसार अस्मितालाई प्रहरीमा जान आग्रह गरेको उनले बताएका छन् ।

अस्मितालाई श्रीमती भनेर चिनाउथे शालिकराम

मृतक पुडासैनी अस्मितालाई आफ्नो श्रीमती भनेर चिनाउथे । ढुंगेलले पुडासैनीले अस्मितालाई श्रीमती भनेर चिनाएको समेत बयानमा उल्लेख गरेका छन् ।

बयानको क्रममा ढुंगेलले शालिकको रिर्पोटिङ शैली अलि आक्रामक प्रकृतिको हुने पनि बताएका छन् । जुन कुरा आफूलाई चित्त नबुझ्ने ढुंगेलको भनाई छ । शालिकराम प्रायजसो फेसबुकमा अस्मितासँग व्यस्त रहने गरेको पनि ढुंगेलले बताएका छन् ।

शालिकरामले धम्की दिएको म्यासेज अस्मिताले घटना हुनुपूर्व आफूलाई पठाएपछि युवराज कँडेललाई फरवार्ड गरेको उनले बयानमा भनेका छन् । पछि भने रवि लामिछाने र दीपक बोहरालाई पनि पठाएको उनको भनाई छ । शालिकराम र अस्मिताको सम्बन्धबारे जानकार भएपछि घटना हुनुपूर्व शालिकसँग बीचमा कुनै पनि माध्यमबाट कुरा नभएका बयानमा उनले बताएका छन् ।

Loading...