अन्ततः रवि लामिछाने भए रिहा, अस्मितालाई साधारण तारेख रवि र युवराजलाई धरौटी

काठमाडौं, ९ भदौ । शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका चर्चित टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने अन्ततः रिहा भएका छन् । लामिछानेसहित तीनै जनालाई जिल्ला अदालत चितवनले रिहा गर्न आदेश दिएको हो ।

जिल्ला अदालत, चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले रविसहित तीनै जनालाई रिहा गर्न आदेश दिएको हो । उनीहरु माथि प्रहरीले आइतबार पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको कसूरमा मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालत चितवनका रजिष्टार रुद्रमणि गिरीका अनुसार लामिछानेलाई पाँच लाख, सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । त्यसैगरी नर्स अस्मिता भन्ने रुकु कार्कीलाई भने अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

अदालतको आदेशपछि अहिले रविका रवि र युवराजका लागि धरौटी बुझाउने तयारी भइरहेको छ । उनीहरु धरौटी बुझाएर आजै रिहा हुने बताइएको छ ।

Loading...