काठमाडौं, ९ भदौ । चितवन जिल्ला अदालतबाट पाँच लाख धरौटीमा रिहा गरिएका रवि लामिमछानेलाई सार्वजनिक रुपमा बोल्न नपाउने शर्त पनि राखिएको छ । उनलाई यस विषयमा टेलिभिजन कार्यक्रम चलाउन र सामाजिक सञ्जालमा आफ्ना विचार तथा मत दिन पनि रोक लगाइएको छ ।
शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको कसुरमा पक्राउ परेका रवि लामिछाने १२ दिनपछि रिहा भएका हुन् । सोमवार चितवन जिल्ला अदालतमा थुनछेक बहसपछि उनलाई न्यायाधिश हेमन्त रावलको इजलासले पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । त्यसैगरी अदालतले उनीसँगै पक्राउ परेका युवराज कँडेललाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ भने नर्स अस्मिता भन्ने रुकु कार्कीलाई भने साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।
अदालतबाट रिहा भए पनि लामिछानेले अब यसबारे सार्वजनिक रुपमा बोल्न नपाउने भएका छन् । अदालतले रवि र युवराजलाई यो मुद्दाबारे सार्वजनिक रुपमा बोल्न समेत रोक लगाएको हो । मुद्दाको अन्तिम टुंगो नलागेसम्म मुद्दाका अनुसन्धानमा संलग्न प्रहरी, अभियुक्त, वकिल, मुद्दाका पक्षहरुसँग टेलिभिजन कार्यक्रम चलाउन, फेसबुक लाइभ, ट्वीटर लगायतमा विचार र प्रतिक्रिया दिन रोक लगाइएको छ ।
लामिछाने सञ्चालक रहेको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका पूर्व पत्रकार पत्रकार पुडासैनी २० साउनमा चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए । आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो भेटिएको थियो । सोही भिडियोमा मुछिए अनुसार रवि, युवराज र अस्मितालाई प्रहरीले ३० साउनमा पक्राउ गरेको थियो ।
यसअघि ननस्टपखबरमै हामीले यो समाचार पनि प्रकाशन गरेका थियौ ।
शालिकले हैरान पारेपछि क्यामेराम्यानमार्फत यसरी पुगेकी रहिछन अस्मिता रविको सहयोग लिन
नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्युप्रकरणमा एकपछि अर्को गर्दै सूचनाहरु खुल्दै गएका छन् । घटनाक्रमले पुडासैनीले केटीकै लागि उनी यस्तो अवस्थामा पुगेका हुन कि भन्ने देखिएको छ ।
यो प्रकरणमा शालिकले नाम जोडेर पक्राउ परेकी अस्मिता भन्ने रुकु कार्की शालिकले पछि लागेर हैरान पारेपछि रविको सहयोग लिन पुगेको खुलेको छ । उनी न्यूज २४ टिभीमा २ वर्षदेखि क्यामेराम्यानको रुपमा कार्यरत अनिल ढुंगेलले अस्मितालाई रवसम्म पु¥याएको थाहा भएको छ ।
त्यो पनि पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नु २ दिनअघि मात्र रहेको पनि थाहा भएको छ । अस्मिताले आफू म्यामेराम्यान ढुंगेलमार्फत नै पुगेको बताएकी छन् । उनले न्यूज २४ को कार्यालय पुगेको पनि बयानमा स्वीकार गरेकी छन् । पुडासैनी र रुकुको सम्बन्धलाई लिएर रवि लामिछाने र युवराज कँडेलसम्म पुग्ने व्यक्ति नै अनिल हुन् । अस्मिता उनीमार्फत नै न्यूज २४ टिभीसम्म पुगेकी थिइन् । शालिकरामले नक्कली फेसबुक आइडी समेत बनाएर अस्मितालाई पठाएको म्यासेजको स्क्रिनसर्ट अस्मिताले पठाएको कुरा पनि उल्लेख भएको छ ।
रविसँग लग्ने न्यूज २४ टेलिभिजनका अनिल ढुंगेलले अस्मिताले नै अनुरोध गरेपछि आफूले उनलाई रविसँग कुरा गर्न आग्रह गरेको बताएका छन् । ‘शालिकरामले दुःख दिइरहेकाले तपाईंहरुले सहयोग गरिदिनुपर्यो भनेपछि आफूले अस्मितालाई न्यूज२४ को कार्यालयमा आएर रवि लामिछानेसँग कुरा गर्न आग्रह गरेको ढुंगेलले बताएका हुने ।
न्यूज २४ आएकी अस्मिताले शालिकरामले आफूलाई धम्की दिने, बाटो छेक्नेजस्ता कामहरु गर्दै आएकाले सम्झाईदिनुपर्यो भन्दै सहयोग मागेको पनि उनले बयानको क्रममा बताएका छन् । अस्मिताको भनाई उद्धृत गर्दै बयानको क्रममा ढुंगेलले शालिकले धेरै नै दुःख दिएको कुरा दीपक बोहरा र रवि लामिछानेलाई सुनाएको समेत बताएका छन् ।
रवि र दीपकको सल्लाहमा नै अस्मितालाई न्यूज२४ को कार्यालय देखिने गरी सेल्फी खिच्न आग्रह गरेको बयानमा उनले बताएका छन् । शालिकलाई ‘तिमी न्यूज २४ गएको कुरा थाहा हुने र फलो गर्न छोड्ला’ भनेर आफूले पनि अस्मितालाई सेल्फी खिच्न भनेको उनले बयानमा बताएका छन् ।
पछि पनि अस्मिताले मलाई १/२ पटक फोन गरेर सहयोग गरिदिनुपर्यो भनेकीले दीपक बोहरा र रवि लामिछानेको सल्लाहअनुसार अस्मितालाई प्रहरीमा जान आग्रह गरेको उनले बताएका छन् ।
अस्मितालाई श्रीमती भनेर चिनाउथे शालिकराम
मृतक पुडासैनी अस्मितालाई आफ्नो श्रीमती भनेर चिनाउथे । ढुंगेलले पुडासैनीले अस्मितालाई श्रीमती भनेर चिनाएको समेत बयानमा उल्लेख गरेका छन् ।
बयानको क्रममा ढुंगेलले शालिकको रिर्पोटिङ शैली अलि आक्रामक प्रकृतिको हुने पनि बताएका छन् । जुन कुरा आफूलाई चित्त नबुझ्ने ढुंगेलको भनाई छ । शालिकराम प्रायजसो फेसबुकमा अस्मितासँग व्यस्त रहने गरेको पनि ढुंगेलले बताएका छन् ।
शालिकरामले धम्की दिएको म्यासेज अस्मिताले घटना हुनुपूर्व आफूलाई पठाएपछि युवराज कँडेललाई फरवार्ड गरेको उनले बयानमा भनेका छन् । पछि भने रवि लामिछाने र दीपक बोहरालाई पनि पठाएको उनको भनाई छ । शालिकराम र अस्मिताको सम्बन्धबारे जानकार भएपछि घटना हुनुपूर्व शालिकसँग बीचमा कुनै पनि माध्यमबाट कुरा नभएका बयानमा उनले बताएका छन् ।