रवि लामिछाने धरौटीमा रिहा

कास्की । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख धरौटीमा रिहा भएका छन् । कास्की जिल्ला अदालतले बिहीबार सो धरौटी माग गरेसँगै लामिछाने धरौटी बुझाएर रिहा भएका हुन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

लामिछानेमाथि भने सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा चलेको थियो । राज्य संयन्त्र नै परिचालित गरी सरकारले लामिछाने माथि राजनीतिक प्रतिशोध साधेको भन्दै विपक्षी दलहरु असन्तष्ट थिए ।

लामिछाने ८४ दिनपछि थुनामुक्त भएपछि रास्वपामा खुशियाली छाएको छ ।