काठमाडौं, १२ भदौ । नेपाल पत्रकार महासंघसहित सबै मिडियाकर्मीहरुको व्यापक विरोधपछि स्थगित गरिएको मिडिया काउन्सिल विधेयक फेरि अगाडि बढाइएको छ । सरकारले संघीय संसदको उपल्लो सदन राष्ट्रिय सभामा नेपाल मिडिया काउन्सिल विधेयक २०७५ लाई पेश गरेको छ। आम पत्रकार तथा मिडियाकर्मीहरुको विरोधपछि यसअघि ल्याइएको विधेयक स्थगित गरिएको थियो । तर, बिहीबार सरकारका तर्फबाट सञ्चार तथा […]
मुख्य समाचार
विद्यालय परिसरबाटै सहायक प्रधानाध्यापक र लेखापाल पक्राउ
काठमाडौको एक विद्यालयमा कार्यरत सहायक प्रधानाध्यापक र लेखापाल अख्तियारको फन्दामा परेका छन् । सेवाग्राही संग घुस लिएपछि बिहीवार उनीहरुलाई रंगेहात पक्राउ गरिएको हो । पक्राउ पर्नेमा काठमाडौको चावहिलस्थित पशुपति मित्र माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक भरत बिक्रम बि.सी.र लेखापाल बद्रीप्रसाद पराजुली (मा.वि. तृतीय श्रेणी) रहेका छन् । विद्यालयमा क्यान्टिन बनाउने कार्य सम्पन्न गरी रकम निकाशा गर्ने […]
राज्यको लापरबाहीले ध्रुव बिष्टको सगरमाथामा मृत्यु भयो– बिष्ट परिवार
काठमाडौं, १२ भदौ । सगरमाथा आरोहणका क्रममा मृत्यु भएका ध्रुव बिष्टको परिवारले उनको निधनलाई रहस्यमय भन्दै त्यसबारे उजूरी गर्ने बताएको छ । रिपोर्टर्स क्लब नेपालमा बिहिबार पत्रकार सम्मेलन गर्दै परिवारले राज्य, ट्रेकिङ एजेन्सी, पर्यटन बोर्डलगायत सम्बन्धित संघसंस्थाले लापरबाही गर्दा बिष्टको मृत्यु भएको आरोप लगाउँदै उजूरी गर्ने बताएको हो । मृत्यु भएको खबर पनि समयमा नदिइएको […]
नेपालले भुटानको पोस्टमा गर्यो आधादर्जन गोलको वर्षा
काठमाडौं, १२ भदौ । नेपाली युवा फुटबल टोलीले अन्तराष्ट्रिय प्रतियोगितामा राम्रो सम्भावना देखाएको छ । दक्षिण एशियाली फुटबल प्रतियोगितामा नेपाली युवा टोलीले गोलको बर्षा लगाएको छ । नेपाली यू–१५ फुटबल टोलीले भुटानलाई गोलको वर्षा लगाएको हो । भुटानको पोस्टमा आधा दर्जन गोल गर्दै नेपाल साफ यू–१५ फुटबल च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । भारतमा जारी […]
सीडीओहरुको व्यापक सरूवा, को कहाँ पुगे ? (सूची)
काठमाडौं, भदौ १२ । गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ), सहायक प्रमुख प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ। अधिकांश तराईका जिल्लाहरुमा सिडिओ सरुवा गरिएको हो। काठमाडौं जिल्लाका हालका सिडिओ रामप्रसाद आचार्य गृह मन्त्रालय तानिएका छन्। उनको ठाउँमा सहसचिव जनकराज दाहाललाई ल्याइएको छ। उनी झापाका सीडीओ रहेको अवस्थामा काठमाडौंको जिम्मेवारी दिइएको हो। ललितपुरमा भगिरथ पाण्डेको […]
आज देशको अधिकांश स्थानमा वर्षाको सम्भावना
काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले आज देशको अधिकांश भागमा आंशिकदेखि सामान्य बदली हुनाका साथै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । देशको पूर्वी भाग नजीक रहेको न्यून चापीय रेखाका कारण आज देशभर बदली हुनाका साथै अपराह्नपछि मेघगर्जन र […]
मिडिया काउन्सिल विधेयक पेश, कांग्रेसले किन लियो विरोधको सूचना फिर्ता
काठमाडौं । सरकारले नेपाल मिडिया काउन्सिल विधेयक २०७५ लाई संघीय संसदको राष्ट्रिय सभामा पेश गरेको छ । राष्ट्रियसभाको विहीवार बसेको बैठकमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विधेयक पेश गरेका हुन् । विधेयक पेश गर्दै मन्त्री बाँस्कोटाले सबै खाले मिडियाको अनुगमन गर्ने अधिकार मिडिया काउन्सिललाई हुने गरि विधेयक ल्याइएको बताए । उनले […]
नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि मलेशियाको पुरानै अडान
मलेशिया सरकारले वैदेशिक रोजगारीका लागि नेपाली नागरिकहरूको स्वास्थ्य परीक्षण गर्न विवादमा आएका ३६ पुरानै संस्थालाई मान्यता दिने बताएको छ। नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पठाएको एक सय २२ संस्थामध्येबाट मलेशियाले ती संस्था छनोट गरेको हो। यसअघि काम गरेका ३७ स्वास्थ्य संस्थाले अवैध रूपमा काम गरेको भन्दै नेपालले कामदार मलेशिया पठाउन रोकेको १५ महिना […]
अङ्गीकृत नागरिकता दिन ढिलो भए छोराले ‘दुलही नपाउने’ चिन्ता
विद्यमान कानुनमा नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलालाई तत्काल अङ्गीकृत नागरिकता दिने व्यवस्था छ। सो व्यवस्था फेरेर अङ्गीकृत नागरिकताका लागि सात वर्षको समय राख्ने कुरा उठेपछि तराई मूलका नेता तथा सांसदहरूले आपत्ति प्रकट गरेका छन्। त्यस्तो परिवर्तनबाट परम्परागत रूपमा नेपाल-भारत सीमावारिपारि बस्ने मानिसहरूको वैवाहिक सम्बन्ध प्रभावित हुन सक्ने उनीहरूको तर्क छ। सात वर्षपछि मात्र अङ्गीकृत नागरिकता दिने […]
कश्मीर विवाद: विशेषाधिकार खारेज भएको विषयमा भारतको सर्वोच्च अदालतले सुनुवाइ गर्ने
भारतको सर्वोच्च अदालतले जम्मू-कश्मीर राज्यको विशेषाधिकार खोस्ने सङ्घीय सरकारको निर्णयविरुद्ध दर्ता भएका निवेदनहरूको सुनुवाइ गर्ने भएको छ। गत अगस्ट ५ मा नरेन्द्र मोदी नेतृत्वको सरकारले सो कदम चालेपछि अहिलेसम्म कश्मीर बन्दको अवस्थामा छ। भारत-प्रशासित कश्मीरको विशेष संवैधानिक मान्यता खोस्ने निर्णयविरुद्ध परेका १४ वटै मुद्दाको सुनुवाइ अक्टोबर महिनाको पहिलो साता हुने बताइएको छ। पाँच न्यायाधीशको संवैधानिक इजलासले […]











