काठमाडौँ, १३ भदौ । सर्वोच्च अदालतबाट एनसेल लगायतका विषयमा आएको निर्णयले संसदीय समितिमा प्रवेश पाएको छ । प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा सदस्य सञ्जयकुमार गौतमले एनसेल प्रकरणमा अदालबाट कर नै निर्धारण गरेको पाइएको हुुँदा यस विषयमा सभापतिको ध्यानाकर्षण होस् भने । उनले भने, “समितिमा यस्ता कुरा उठाउन पाइने हो कि होइन, तर […]
मुख्य समाचार
शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित
काठमाडौँ, १३ भदौ । राष्ट्रिय सभाको आजको बैठकले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावको सैद्धान्तिक छलफलमा भाग लिनुहुँदै नेपाली काँग्रेसका जीतेन्द्रनारायण देवले विश्वविद्यालयका […]
अब सौराहाका भवन र रङ एकैप्रकारका हुने
चितवन, १३ भदौ । रत्ननगर नगरपालिकाले सौराहामा भवन निर्माण मापदण्ड लागू गरी भवन र त्यसमा लगाउने रङमा एकरुपता ल्याउने भएको छ । सौराहाको पर्यटन विकासका लागि नगरपालिकाले रचनात्मक कामको शुरुआत गरेको भन्दै व्यवसायीले त्यसको स्वागत गरेका छन् । सौराहाको प्राकृतिक सौन्दर्यतालाई जोगाउन नगरपालिकाले व्यवसायीसँग सहकार्य गरी भवन निर्माण र रङमा एकरुपता लयाउन लागेको हो । […]
मेघौलीमा भेटियो मृत अवस्थामा एक गैडा
चितवन, १३ भदौ । चितवन राष्ट्रिय निकुञ्जमा एउटा भाले गैँडा मरेको छ । निकुञ्जको मेघौली क्षेत्रमा पर्ने राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा गैँडा मृतावस्थामा फेला परेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार अन्दाजी ३५÷४० को गैँडा भदौ ११ गते मृतावस्थामा भेटिएको हो । गैँडा बूढो भएर कालगतिले मरेको अनुमान गरिएको छ । […]
गाइखुरे झरनाबाट खसेर एक सैनिकको मृत्यु
लमजुङ, १३ भदौ । बेँसीशहर नगरपालिका–१ दलालको गाईखुरे झरनाबाट खसेर आज एक नेपाली सैनिकको मृत्यु भएको छ। दलालस्थित श्रीजङ् गणमा कार्यरत काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० घर भएका ३१ वर्षीय नेपाली सेनाका लेसनायक विजय श्रेष्ठको मृत्यु भएको हो। उक्त स्थानमा केही दिन अघि प्रथम क्यानोनिङ महोत्सव आयोजना गरिएको थियो। महोत्सवका कारण सो क्षेत्रमा भएको फोहरमैला सफाइ गर्न […]
एसपी दानबहादुर मल्लका नाममा नक्कली फेसबुक एकाउन्ट खोलेर गरियो बेइज्जत
चितवन, १२ भदौ । सिधा कुरा जनतासँग कार्यक्रमका चर्चित प्रस्तोता रवि लामिछाने पक्राउ परेपछि नेपालका प्रहरीका एकजना एसपी पनि उत्तिकै चर्चामा आए । यसरी चर्चामा आउने एसपी हुन जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्ल । चर्चासँगै उनलाई विवादमा तान्ने प्रयत्न धेरै भए । कुनै समय पूर्व प्रधानमन्त्री तथा हालको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष […]
चर्चित सुडान घोटाला प्रकरणका दोषी मुख्य ठेकेदार पक्राउ
काठमाडौं, १३ भदौ । चर्चित सुडान घोटाला काण्डका दोषी ठेकेदार शम्भु भारती पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई ललितपुरमा रहेको उनको निवासबाटै पक्राउ गरेको हो । सर्वोच्च अदालतले सुडान घोटाला मुद्दामा तत्कालिन महानिरिक्षकहरु ओमविक्रम राणा, हेमवहादुर गुरुङ, रमेशचन्द ठकुरीसहित ठेकेदार कम्पनीका प्रतिनिधि शम्भु भारतीलाई दोषी ठहर गरेको थियो […]
विरोधका वावजुत विज्ञापन विधेयक सुटुक्क पारित
काठमाडौँ, १२ भदौ । बाह्य विरोधलाई नजरअन्दाज गर्दै विज्ञापन विधेयक पारित भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७६’ लाई बहुमतले पारित गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त विधेयक बैठकमा प्रस्तुत गरेका थिए । विधेयकमाथि सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै उनले सबैलाई समानुपातिक रुपमा विज्ञापन उपलब्ध गराउने विश्वास […]
स्कार्पियो गाडीसहित गएर डकैती गर्ने गिरोह पक्राउ
विराटनगर, १२ भदौ । स्कार्पियो गाडीसहित गएर लुटपाट गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको विभिन्न ठाउँमा डकैती गर्ने चार जनालाई प्रहरीले आज पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ परेका मध्ये चार जना नेपाली र ३ जना भारतीय नागरिक रहेका छन् । उनीहरुले बिराटनगरको विभिन्न […]
सटर फोडेर भारत फरार रहेका लुटेरा सार्वजनिक
———————————- बिराटनगर प्रहरीले एक डाका समुहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । महानगरको विभिन्न स्थानमा बिस लाख नब्बे हजार भन्दा बढी डाँका गर्ने उक्त समुहलाई विहीवार सार्वजनिक गरिएको हो । ४ जना नेपाली र ३ जना भारतीय गरी ७ जनाको समुहमा रहेका उक्त समुहले विभन्न समयमा सटर फुटाइ नगद लिएर फरार हुँदै आएका थिए । […]











