काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक प्रतिस्पर्धामा मोरक्कोले इन्जुरी समयमा गोल फर्काउँदै नेदरल्यान्ड्ससँग १–१ को बराबरी गरेको छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेदरल्यान्ड्सका कोडी गाक्पोले ७२औँ मिनेटमा क्रिसेन्सियो समरभिलको पासमा गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए।
तर खेल सकिनै लाग्दा मोरक्कोले उत्कृष्ट पुनरागमन गर्यो। इन्जुरी समयको पहिलो मिनेटमा इस्सा डियोपले गोल गर्दै मोरक्कोलाई १–१ को बराबरीमा पुर्याए।
डच टोली जित नजिक पुगेको अवस्थामा अन्तिम क्षणमा गोल खाएपछि खेल थप रोमाञ्चक बनेको छ। अब खेल अतिरिक्त समयमा धकेलिने सम्भावना बलियो बनेको छ।







