‘माथिल्लो तामाकोशीमा किन ढिलाइ भइरहेको छ ’

काठमाडौँ, १२ भदौ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भइरहेको ढिलाइप्रति प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ । बैठकमा पूर्वअर्थमन्त्रीसमेत रेहेका नेपाली काङ्ग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत भएको तर केही महत्वपूर्ण काम बाँकी छ भन्दै ढिलाइ गरिएकोमा गुनासो गरे । उनले भने “आयोजना यो वा त्यो […]

पथप्रदर्शक र भरियाविना पदयात्रा गर्छन् पर्यटक

चिप्लेढुङगा, १२ भदौ । नेपाल घुम्न आएका विदेशी पर्यटक एक्लाएक्लै विभिन्न पदमार्गमा आफूखुशी पुग्ने गरेका छन् । पर्यटकमाथि खासै निगरानी नहँुदा र लचिलो नीति रहँदा पर्यटकमाथि विभिन्न घटना घट्ने गरेका छन् भने उनीहरुबाट पनि अवाञ्छित गतिविधिहरु हुने गरेका छन् । नेपालको समृद्धिको आधार पर्यटन भनेर सरकारले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरु अघि सारेको छ । यद्यपि, पर्यटक […]

बल्ल जापान पुग्यो नेपाली ध्वजावाहक विमान

nepal-airlines

काठमाडौं, १२ भदौ । नेपाल वायुसेवा निगमले जापानको ओसाकाका लागि शुरु गरेको सिधा उडानको सफल अवतरण भएको छ । नेपाल वायुसेवा निगमल १२ वर्षपछि आज पहिलोपटक जापानका लागि सिधा उडान गरेको हो । निगमको वाइडबडी विमान आज बिहान २ बजेर ४२ मिनेटमा जापानको ओसाकाको लागि उडेको थियो । काठमाडौंबाट १ सय ३४ जना यात्रुसहित उडेको […]

महिला हिंसाविरुद्धको सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयन हुन सकेन

काठमाडौँ, १२ भदौ । महिला हिंसाविरुद्ध संसद्बाट पारित सङ्कल्प प्रस्ताव स्वीकृत भएको एक वर्ष हुँदासमेत त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । विसं २०७५ भदौ ८ गते बसेको सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकबाट सांसद बिन्दा पाण्डेद्वारा प्रस्तुत गरिएको सङ्कल्प प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भए पनि महिला हिंसाका घटनामा कमी आउन सकेको छैन । महिला, बालबालिका तथा ज्येष्ठ […]

आम्दानीको मुख्य स्रोत बन्दै ‘रुद्राक्ष’

भोजपुर, १२ भदौ । भोजपुरमा आम्दानीको राम्रो स्रोतका रूपमा रुद्राक्ष खेतीलाई लिने गरिन्छ । रुद्राक्षको राजधानी भनेर चिनिने भोजपुरमा हरेक वर्ष यसको कारोबारबाट करीब एक अर्बभन्दा बढी रकम भित्रिने गरेको छ । रुद्राक्षको व्यापार असोजदेखि शुरु हुने भए पनि पछिल्लो समय यसको कारोबार भदौको पहिलो सातादेखि नै शुरु हुने गरेको षडानन्द नगरपालिका व्यापारी एकबहादुर जिसीले […]

बौद्धबाट ८३ किलो रक्तचन्दन बरामद

काठमाडौँ, १२ भदौ । बौद्धको रामहिटीबाट प्रहरीले ८३ किलो रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ । घरमा राखिएको रक्तचन्दनसहित बुधबार राति च्याङ्बा लामा र योन्देन ग्याङ्जु तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । महानगरीय प्रहरी वृत्त बौद्ध र केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी को संयुक्त टोलीले च्याङ्बा लामाको घरमा […]

डाक्टर, इन्जिनियर पढाउन गाउँपालिकाको सहयोग

खलङ्गा । जाजरकोटको एक स्थानीय तहले एमवीवीएस डाक्टर र इन्जिनियर उत्पादन गर्न लागेको छ । गाउँपालिकाले आफनो क्षेत्रका दुई जना विपन्न विद्यार्थीलाई छात्रवृत्ति कोटामा एमवीवीएस डाक्टर र इन्जिनियर पढाउन सुरु गरेको हो । जिल्लाको कुशे गाउँपालिकाले आफनो आर्थिक सहयोग छात्रवृत्तिकोटा निर्धारण गराएर प्रत्येक वर्ष दुर्इजना स्थानीय विद्यार्थीलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमवीवीएस डाक्टर र पुल्चोक […]

देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना

काठमाडौँ, १२ भदौ । मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले आज देशको अधिकांश भागमा आंशिकदेखि सामान्य बदली हुनाका साथै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । देशको पूर्वी भाग नजीक रहेको न्यून चापीय रेखाका कारण आज देशभर बदली हुनाका साथै अपराह्नपछि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्य वर्षाको सम्भावना […]

वैकल्पिक आन्तरिक विमानस्थल भरतपुरलाई बनाइने: पर्यटनमन्त्री

चितवन, १२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भरतपुर विमानस्थललाई काठमाडौँ बाहिरको वैकल्पिक आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताए । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले भरतपुर विमानस्थललाई रात्रिकालीन बनाउने, धावनमार्ग थप गर्ने, ट्रमिनल भवन आधुनिक र व्यावसायिक बनाउने जानकारी दिए । नेपालभरका विमानस्थलको स्तर वृद्धि गर्ने तयारी भएको भन्दै उनले […]

महानगरमा लिफ्ट जडानको हुँदै

ललितपुर, १२ भदौ । ललितपुर महानगरपालिकाले आफ्नै कार्यकक्षको सुविधा बढाउन जडान गरिरहेको लिफ्ट उचाल्ने यन्त्र को काम ७५ प्रतिशत सम्पन्न भएको छ । सो कार्यालय भित्रिने विदेशी पाहुना, कार्यालयका कर्मचारी, यहाँ उपस्थित फरक क्षमता भएका व्यक्ति, असक्त, वृद्धवृद्धा र सेवाग्राहीलाई ध्यानमा राखी महानगरले लिफ्ट जडानको काम अघि बढाएको हो । महानगरपालिका र आरएमएस इन्टरनेशनल कम्पनीबीच […]