यस्ता छन् नेपाल र चीनबीच भएका सम्झौताका बीस बुँदा

काठमाडौँ, २६ असोज । चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच आज बीस समझदारीपत्र र ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र)का दस्तावेजमा हस्ताक्षर भएको छ । नेपाल सरकार र चीन सरकारका उच्च अधिकारीले ती दस्तावेजमा आजै हस्ताक्षर गरी आदान प्रदान गर्नुभयो । हस्ताक्षर भई आदानप्रदान भएका दस्तावेजः १. नेपाल र जनवादी गणतन्त्र […]

नेपाल र चीनबीच १८ सम्झौतामा हस्ताक्षर

काठमाडौँ, २६ असोज । नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता केहीबेरअघि राजधानीमा सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचारविमर्श भएको थियो । वार्तापछि शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार निर्माण तथा लगानीका क्षेत्रका विषयमा […]

नेपाली नेताहरुका अगाडि चिनियाँ राष्ट्रपति सी जिनपिङले गरे यस्तो सम्वोधन (पूर्ण पाठसहित)

नेपालमा सयौं फूलहरु फुलेका छन् । मैले भर्खरै चिनियाँ भाषामा लेखिएको नमस्ते भनेको छु, त्यति राम्रो छैन होला । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको हार्दिक निमन्त्रणामा म नेपालमा आएको छु । यो मेरो कान्तिपुर, काठमाडौंको पहिलो भ्रमण हो । यहाँ मैले पुराना तथा नयाँ साथीहरुसँग भेटें । नेपालको राजनीतिक स्थायित्व, सामाजिक सदभाव र जनताको सुखी जीवन […]

लुक्ला उडिरहेको जहाजमा ठोक्किएर चरा नै भित्र पस्यो, पाइलटले यसरी जोगाए जहाज

सोलुखुम्बु, २५ असोज । सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शनिबार बिहान ८ः३० बजे रामेछापको मन्थलीबाट सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लातर्फ उडेको उक्त ट्वीटअटर विमान दुर्घटनाबाट जोगिएको हो । नागरिक उड्डयन कार्यालय रामेछापका प्रमुख अमितकुमार चौरसियाका अनुसार विमानको इन्जिनभित्रै चरा पसेको थियो । उड्ने तयारीमा रहेको विमान धावनमार्गको करीब ७५ प्रतिशत भाग पार […]

चिनियाँ राष्ट्रपतिलाई नेपालका राष्ट्रपति, प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मको यस्तो स्वागत (फोटो फिचर)

काठमाडौँ, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणमा आज अपराह्न विशेष विमानबाट काठमाडौँमा अवतरण गरेका छन । नेपालको द्विदिवसीय भ्रमणमा रहेका राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिकतापूर्वक स्वागत अभिवादन गरे । चिनियाँ […]

चिनियाँ राष्ट्रपतिको जहाज ल्याण्ड गर्दा र उड्ने बेला मात्र काठमाडौं विमानस्थल बन्द हुने

काठमाडौं, २५ असोज । चीनका राष्ट्रपति सी जिनपिङ आज अपरान्ह साढे ४ बजे काठमाडौ विमानस्थलमा अवतरण गर्ने भएका छन् । चिनियाँ राष्ट्रपति सी को सुरक्षालाई ध्यानमा राख्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उनको जहाज अवतरण गर्ने र आइतबार पुनः उड्ने समयमा केहीबेरका लागि बन्द गरिने बताइएको छ । अवतरण र उडानका समयमा विमानस्थल बन्द हुने भएपछि केही […]

राष्ट्रपति सी को नेपाल भ्रमण र नेपाल–चीन सम्बन्धको पाटो

हिमालय श्रृङ्खलाको १,४१४ किलोमिटर लम्बाईको सीमानाले विभाजन भएका दुई असल छिमेकी मुलुक हुन- नेपाल र चीन । यी दुई देश बीचको सम्बन्ध शताब्दियौंदेखि सुमधुर सहयोगात्मक रहदै आएको छ । भौगोलिक विकटताका बीच पनि प्राचीन कालमा पनि दुवै तर्फबाट भ्रमणहरु भएका इतिहास पाईन्छ । चीनको इतिहासमा इशापूर्व पहिलो शताब्दिमा गौतम बुद्ध र उनको जन्मस्थान लुम्बिनीको चर्चा […]

सूर्योदय र हिमशृङ्खलाको अवलोकन गर्न मोहरेडाँडामा पाहुना घर

म्याग्दी, २५ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मोहरेडाँडामा पाहुना घर सञ्चालन गरिएको छ । सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि मोहरेडाँडा पुग्ने पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्ड र गाउँपालिकाको सहयोगमा पाहुना घर सञ्चालन भएको हो । रु २७ लाखको लगानीमा ७० जना क्षमताको दुई वटा पाहुना घरको भवन निर्माण भएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गका कोषाध्यक्ष रमन […]

इच्छाकामनाले बनायाे पर्यटकका लागि पैदलमार्ग

मुग्लिन, २५ असोज । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले पर्यटकका लागि पैदलमार्गमा जोड दिएको छ । सडक निर्माण सँगसँगै पैदलमार्गलाई पनि प्राथमिकता दिएको हो । वडा नम्बर ४ मा सडक सञ्जालले सबै बस्ती जोडे पनि पैदलमार्गलाई सँगसँगै स्तरोन्नति गरिएको वडाध्यक्ष होमबहादुर रानाले बताए । पैदलयात्रा रुचाउने पर्यटकका लागि पैदलमार्गलाई सुरक्षित राखेर सडक निर्माण गरिएको अध्यक्ष रानाको […]

यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

कावासोती, २५ असोज । नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकामा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाइते भएका छन् । शुक्रबार साँझ पाल्पाको रामपुरबाट नवलपरासीको दलदलेका लागि छुटेको ग १ ज ६५ ०५ नम्बरको जीप बुलिङटार गाउँपालिका–६, स्थित निरन्दीखोलामा दुर्घटना हँुदा नवलपरासी देवचुली नगरपालिका–४ बस्ने २७ वर्षीय हरि […]