नेपालको माल्दिभ्स बिरुद्ध ऐतिहासिक जीत

दक्षिण एसियाली खेलकुद ( साग ) को पुरुष फुटबलमा नेपालले माल्दिभ्समाथि बिजय हात पारेको छ । नेपालले खेल इतिहास मै माल्दिभ्स बिरुद्ध पहिलो जीत निकाल्दै बिजय हासिल गरेको हो । शनिवार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई २-१ ले पछि पार्दै शानदार जीत निकाल्न सफल भएसंगै नेपाल अंक तालिकामा शिर्ष स्थानमा चढेको छ। माल्दिभ्सका इब्राहिमले […]

कांग्रेसले अन्तर्घातकै कारण चुनाव हार्नेे गरेकाे देउवा दावी

Sher Bahadur Deuba

नवलपुर, २१ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुबीचकै अन्तर्घातले चुनाव हारेको बताएका छन् । कावासोतीमा भएको नेपाल प्रेस युनियन नवलपुर शाखाले स्थापना गरेको सुर्यभक्त पतनादेबी स्मृति राष्टिय पत्रकारिता पुरुस्कार बितरण समारोहमा सभापति देउवाले का‌ग्रेस २ गुट भएर चुनावमा जाँदा हार भएको बताए ।

प्रेस संगठनको भक्तपुर संयोजकमा कविता सह-संयोजकमा संजीप

प्रेस संगठन नेपालले उपत्यका प्रदेश कमिटी अन्तर्गत तीनैवटा जिल्लाको नेतृत्व टुंगो लगाएको छ l तत्कालिन प्रेस सेन्टर नेपाल र प्रेस चौतारीको एकतापछि बनेको प्रेस संगठन नेपालले उपत्यका प्रदेश कमिटी अन्तर्गत तीन जिल्लाको नेतृत्व टुंगो लगाएको हो । शुक्रवार आपसी सहमतिमा एकमतले तीनै वटा जिल्लाको नेतृत्व चयन भएको प्रेस संगठन नेपाल, उपत्यका प्रदेश कमिटीका संयोजक नवराज […]

गौरिकाले पौडीमा दोस्रो स्वर्ण जितेसँगै नेपालको स्वर्ण संख्या पुग्यो ४१

काठमाडौं, २० मंसिर । गौरिका सिंहले १३ औं सागमा दोस्रो स्वर्ण जितेकी छिन् । यससँगै नेपालले ४१ वटा स्वर्ण पदक जितेको छ । शुक्रवार सम्पन्न पौडीको व्याक स्टोक २ सय मिटरमा उनले स्वर्ण जितेकी हुन् । सिंहले निर्धारित दूरी २ मिनेट १७स्७३ मा पूरा गरिन् । यसअघि हिजो उनले २ सयम मिटर फ्रि स्टाइलमा स्वर्ण […]

पुराना कर्मचारी सबैलाई एकैपटक बिदा दिने: प्रचण्ड

काठमाडौं २० मंसिर । नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता र कर्मचारीबीच ठूलो अन्तरविरोध चलिरहेको बताएका छन् । नेता र कर्मचारीबीचको अन्तरविरोधले राजनीतिक परिवर्तनहरु संकटमा परेको उनले बताए । ‘राणा शासन ढलेर पञ्चायत आयो, नेता फेरिए कर्मचारी फेरिएनन् । पञ्चायत ढल्यो बहुदल आयो, नेता फेरिए कर्मचारी फेरिएनन्, बहुदल पनि गयो गणतन्त्र […]

रेडक्रसद्वारा पचालझरना गाउँपलिकालाई स्वास्थ्य उपकरण हस्तान्त्ररण

कालिकोट।  कालिकोटको पचालझरना गाउँपालिका गाउँपालिकालाई १६ औं महिला स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा रेडक्रसले आबश्यक स्वास्थ्य औजार तथा उपकरणहरु उपलब्ध गएको छ । गाउँपालिकाका प्राथामीक स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुका लागि आवश्यक स्वास्थ्य औजार र उपकरणहरु हस्तान्तरण गरेको हो । नेपाल रेडक्रस सोसाइटी सिइएचपी नेपालगन्जको सहयोग र नेपाल रेडक्रस सोसाइटी कालिकोटको समन्यवमा स्वास्थ्य […]

पूर्व राजा ज्ञानेन्द्र शाह धार्मिक भ्रमण गर्न आज तानसेनमा जादैँ

पाल्पा १९ मंसिर । पूर्व राजा ज्ञानेन्द्र शाह पाल्पाको तानसेनमा धार्मिक भ्रमण गर्न आउनुहुने तयारी छ । रणउजिश्वरी भगवती मन्दिरमा पूजा र दर्शनका लागि पूर्व राजा शाह आज बिहीबार दिउँशो तानसेन आउने कार्यक्रम रहेको स्रोतले जनाएको छ । ५ नं प्रदेशका विभिन्न ल्लाहरुको भ्रमण गर्ने कार्यक्रम अनुसार शाह तानसेन आउन लाग्नुभएको हो । पूर्व राजा […]

नागरिक समाजले बुझायो सरकारलाई लिम्पियाधुरासहितको नक्सा

काठमाडौं । नागरिक समाजका तर्फबाट गठित ‘सीमा बचाऔं अभियान नेपाल’ ले भारतले मिचेको सीमासहितको नेपालको नयाँ ‘राजनीतिक नक्सा’ परराष्ट्रमन्त्री प्रदिप ज्ञवाललीलाई बुझाएको छ । अभियानले पश्चिमोत्तर सीमा क्षेत्र लिम्पियाधुरा, कालापानी, लिपुलेकसमेत समेटिएको नक्सासहित ज्ञापनपत्र बुधबार मन्त्री ज्ञवालीलाई हस्तान्तरण गरेको हो । अभियानका संयोजक स्वनाम साथी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसचिव द्वारिकानाथ ढुंगेल, भूगोलविद् नरेन्द्रराज खनाल, परराष्ट्रविद् […]

नेपालका दुई एयरलाइन्स विश्वकै ‘खतरानाक एयरलाइन्सको सूचीमा

काठमाडौं । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको तारा एयरलाइन्स विश्वका सबैभन्दा ‘खतरायुक्त’ एयरलाइन्सको सूचीमा परेका छन् । एयरलाइनरेटिङडट्कमको रिपोर्टलाई अधार बनाएर फोर्ब्स पत्रिकाको अनलाइन संस्करणमा लेखिएको समाचारमा नेपाल एयरलाइन्स र तारा एयरलाई विश्वकै सबैभन्दा खतरायुक्त एयरलाईन्सको सूचीमा राखिएको हो । नेपाल एयरलाइन्सबारे लेख्दै फोर्ब्सले भनेको छ– यसको सेफ्टी (सुरक्षा) […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४३८ जनाका लागि रोजगारी (सूचना सहित)

काठमाडौं, १८ मंसिर । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि कर्मचारीको माग गरेको छ । प्राधिकरणको प्रशासन महाशाखाले सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ४३८ जना कर्मचारी माग गरेको हो । सूचनाअनुसार कम्युटर अपरेटर १५ जना , सहायक कम्युटर अपरेटर १२, उद्घोषक–उद्घोषिका ७ जना, टेलिफोन अपरेटर ८ जना, हेल्पर ४ जना, हेभि सवारी […]