अमेरिकन मुडी एअरपोर्टको होटलमा आपत्तीजनक अवस्थामा पक्राउ

काठमाडौँ । नेपाली बालिकालाई यौन शोषण गर्ने अमेरिकी नागरिक जसोन्योड मुडीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले पक्राउ गरेको छ । सीआइबीको टोलीले काठमाडौं एयरपोर्टस्थित मेमोरियल गेष्ट हाउसको कोठा नं १०४ बाट तीन बालिकासहित मुडीलाई आपत्तिजनक अवस्थामा आइतबार पक्राउ गरेको हो। पक्राउ परेका ४० वर्षीय मुडीलाई जबरजस्ती करणी सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बेलबहादुर […]

जग्गा र लेनदेनका मुद्दा हेर्न कानुन विपरित छुट्टै इजलास चलाउँदै मेयर विद्यासुन्दर

काठमाडौं, २३ मंसिर । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले न्यायिक समितिको अधिकार क्षेत्र मिचेर आफैं मुद्दा फैसला गर्ने गरेका छन्। संविधानले स्थानीय तहको एकल अधिकार क्षेत्रका मुद्दा हेर्न न्यायिक समितिलाई अधिकार दिइएको छ। तर, महानगर प्रमुख र प्रशासकीय अधिकृतलगायतले न्यायिक समितिको अधिकार मिच्दै छुट्टै इजलास राखेर मुद्दा हेर्ने गरेको पाइएको छ। ‘हाम्रोमा माथिल्लो तलामा न्यायिक […]

विद्यार्थीमाथि प्रहरीले चलायो सय राउन्ड गोली

कोहलपुर, २३ मंसिर । स्कुल जाँदै गरेकी बालिकालाई ट्रकले ठक्कर दिएर घाइते बनाएपछि आन्दोलित विद्यार्थी र स्थानीयलाई नियन्त्रण गर्न प्रहरीले बाँकेको कोहलपुरमा करिब सय गोली चलाएको छ । भिडतर्फ रबरका ५० गोली प्रहार गरेको प्रहरीले करिब ५० हवाई फायर गरेको हो । ५० भन्दा बढी अश्रुग्यास पनि प्रहार गरेको छ । स्थानीय त्रिभुवन माविमा सात कक्षामा पढ्ने १२ […]

नेपाली सेनालाई अमेरिकाले दियो दुई ‘स्काइ ट्रक’, काठमाडौंमा यसरी गरियो ल्याण्ड

काठमाडौं । अमेरिकाले नेपाली सेनालाई दिएको दुई वटा ‘एम–२८ स्काई ट्रक’ काठमाडौं आइपुगेको छ । अमेरिकाले नेपाली सेनाका लागि सहायता स्वरुप प्रदान गरेका सो स्काइ ट्रक आइतबार विहान काठमाडौंमा उत्रिएका हुन् । वि. सं.२०७२ सालको भूकम्पपछि अमेरिकाले नेपाली सेनालाई सहायता स्वरुप स्काई ट्रक दिने घोषणा गरेको थियो । अमेरिकाले वैदेशिक सैन्य सहायता कार्यक्रम (एफएमएफपी) अन्तर्गत […]

ठूलो रकम लिएर विद्यार्थी पास गराउने धन्दा चलाउने त्रिविका ४ कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयका लेखा अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । परीक्षार्थीहरुसँग रकम लिइ उत्तर पुस्तिका साटफेर गरेर उत्तिर्ण गराएको अभियोगमा परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुका लेखा अधिकृत कमलप्रसाद दाहालसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृत कमलप्रसाद […]

कार्यकारी भूमिकापछि झन् सक्रिय, देशव्यापी अभियान थालिने: प्रचण्ड

काठमाडौं, २२ मंसिर । पार्टी एकीकरण भएको १९ महिनापछि नेपाल कम्युनिस्ट पार्टीले एकीकृतरूपमा देशव्यापी अभियान थाल्ने तयारी गरेको छ। एक वर्षअघि बसेको स्थायी समिति बैठकले देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरे पनि आन्तरिक विवादका कारण उक्त निर्णय अहिलेसम्म कार्यान्वयन हुनसकेको छैन। एकता भएसँगै शीर्ष नेताहरूले देशव्यापीरूपमा अभियान सञ्चालन गर्ने दर्जनौंपटक घोषणा गरे पनि कार्यान्वयनमा अहिलेसम्म […]

नयाँदिल्लीको खाद्यान्न मन्डीमा भीषण आगलागी, कम्तीमा ३२ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको झाँसी रोडमा रहेको एक अनाज मण्डीमा भीषण आगलागी भएको छ । आगलागीमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको छ। घटनापछि यस क्षेत्रमा हाहाकार मच्चिएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मध्यदिल्लीको झाँसी रोडस्थित अनाज मण्डीमा रहेको एक उद्योगमा आगो लाग्दा भित्र रहेका मानिसहरूको निसास्सिएर मृत्यु भएको हो। ३० वटा […]

सीमा विवादमा उच्चस्तरीय छलफल गर्न भारतद्धारा अस्वीकार

काठमाडौं २२ मंसिर । नेपालसँग सीमा विवादमा उच्चस्तरीय छलफल गर्न भारतले अस्वीकार गरेको छ । भारतले कालापानी क्षेत्र आफ्नो नयाँ नक्सामा राखेपछि नेपालले सीमा विवादका बिषयमा छलफल गर्न भारतलाई कुटनीतिक नोट पठाएको थियो । कुटनीतिक नोटको कुनै जवाफ नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विशेष दूत बनाएर पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपाललाई दिल्ली […]

बस दुर्घटनामा एकको मृत्यु, चार गम्भीर घाइते

लमजुङ, २२ मङ्सिर । लमजुङमा यात्रुबाहक बस दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ । बेंसीसहरबाट गोरखा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको बस सुन्दरबजार नगरपालिका ७ पाउँदीमा आइतबार विहान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको प्रहरीले बताएको छ । उक्त बस प्रहरी चेक पोष्ट नजिकैबाट करिव १०० मिटर तल खसेको प्रहरी नायव उपरीक्षक […]

अटो पल्टिँदा ५ को मृत्यु

चितवनमा अटो पल्टिँदा त्यसमा सवार ५ जनाको ज्यान गएको छ । शनिवार साँझ दुर्घटनामा परेको अटोमा सवार ५ जना यात्रुको ज्यान गएको हो । राप्तीबाट चौकी डाँडातर्फ गइरहेको अटो पल्टिँदा अटोमा सवार पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले पुष्टी गरेको छ। दुर्घटनाबाट गम्भीर घाइते उनीहरु सबैको भरतपुरस्थित मेडिकल कलेजमा ल्याएर उपचार भैरहदा उपचारकै क्रममा […]