अटो पल्टिँदा ५ को मृत्यु

चितवनमा अटो पल्टिँदा त्यसमा सवार ५ जनाको ज्यान गएको छ । शनिवार साँझ दुर्घटनामा परेको अटोमा सवार ५ जना यात्रुको ज्यान गएको हो ।

राप्तीबाट चौकी डाँडातर्फ गइरहेको अटो पल्टिँदा अटोमा सवार पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले पुष्टी गरेको छ। दुर्घटनाबाट गम्भीर घाइते उनीहरु सबैको भरतपुरस्थित मेडिकल कलेजमा ल्याएर उपचार भैरहदा उपचारकै क्रममा ज्यान गएको बताइएको छ । अर्का एक व्यक्तिको सघन उपचार भैरहेको जनाइएको छ ।

अटोमा चालकसहित ६ जना सवार थिए । विस्तृत विवरण आउँ बाँकी रहेको छ ।