नेपालभाषामा निर्मित म्युजिक भिडियो ‘छ लुइवं हे जीवन’ सार्वजनिक

काठमाडौँ, २१ मंसिर ।  नेपालभाषामा निर्मित म्युजिक भिडियो ‘छ लुइवं हे जीवन’ सार्वजनिक गरिएको छ । गीतकार बिरज महर्जन स्वरमा बरिष्ठ संगीतकार जुगल डंगोलको संगीत र सुरवीर बज्राचार्यको रचना रहेको छ ।

आरके फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो म्युजिक भिडियोमा नयाँ युवा पुस्ता सुहाउँदो हुनेगरी निर्देशक रामकृष्ण खड्गीको निर्देशन र छायाङ्कनमा सोहन मानन्धरले गरेका छन । प्रमुख भूमिका पात्रमा कलाकारहरु श्रृष्टी महर्जन र अनुज शाक्यको रहेको छ ।

शनिवार म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा नेपाल भाषाका वरिष्ठ गायक जुजुकाजी रंजित, संगीतकार जुगल डंगोल, रचनाकार सुरज वीर बज्राचार्य निर्देशक रामकृष्ण खड्गी र प्रमुख भूमिकामा रहेका श्रृस्टी र अनुजले नवनिर्मित म्युजिक भिडियो छायांकनका पक्ष अनुभव बारे आआफ्नो विचार राखेका थिए । नेपालभाषामा निर्मित म्युजिक भिडियो छ लुइवं हे जीवन छिट्टै यूट्युबमा आउने जानकारी निर्माता निर्देशक खड्गीले दिएका छन ।

Loading...