नेपालको माल्दिभ्स बिरुद्ध ऐतिहासिक जीत

दक्षिण एसियाली खेलकुद ( साग ) को पुरुष फुटबलमा नेपालले माल्दिभ्समाथि बिजय हात पारेको छ । नेपालले खेल इतिहास मै माल्दिभ्स बिरुद्ध पहिलो जीत निकाल्दै बिजय हासिल गरेको हो ।

शनिवार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई २-१ ले पछि पार्दै शानदार जीत निकाल्न सफल भएसंगै नेपाल अंक तालिकामा शिर्ष स्थानमा चढेको छ।

माल्दिभ्सका इब्राहिमले खेलको १८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका भए पनि खेलको ४३ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै खेललाइ बराबरीमा ल्याइपुर्याएका थिए । दोश्रो हाफको ५२ औं मिनेटमा अनन्त तामाङ्गले गरेको गोल निर्णायक हुँदा नेपाल २-१ ले बिजयी बनन सफल भयो ।

जित पछि नेपाल अंक तालिकामा ३ खेलमा ७ अंक सहित शिर्ष स्थानमा रहेको छ।

नेपालले पहिलो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो भने दोश्रोमा श्रीलंकासंग १-१ को बराबरी खेलेको थियो। अब नेपालले लिग चरणको अन्तिम खेल बंगलादेशसंग आइतबार खेल्नेछ।

साग पुरुष फुटबलमा नेपाल सहित बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाले सहभागिता जनाएका छन्। फुटबलमा भारत र पाकिस्तान दुवै असहभागी रहेका छन् । माल्दिभ्सलाई पराजित गरेपछि अब नेपालको फाइनल खेल्ने सम्भावना पक्का जस्तो भएको छ। अन्तिम खेलमा बंगलादेशसंग बराबरी खेले पनि नेपाल फाइनल प्रवेश गर्नेछ।

Loading...