बक्सिङमा नेपालको दुइ रजतको स्थान पक्का

मङ्सिर २१ ,काठमाडौँ ।  १३ औ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत शुक्रबार बक्सिङ्ग तर्फको पहिलो दिन भएको खेलमा नेपालका सुशील थापामगर शनिल शाही र भुपेन्द्र थापामगरले जित हासिल गरि सेमीफाइनलमा स्थान बनाएको छ ।
ललितपुरको सातदोबाटोमा फ्लाईवेट तर्फ सुशीलले पुरुष ४९ केजीमा श्रीलंकाका मुतुनाकापा पीजीलाइ अंकको आधारमा पराजित गर्दै सेमीफाइनल स्थान सुनिस्चित गरेका हुन्
यसै गरि पुरुष ६० केजी तौल मा भुटानका निमा दोर्जेलाइ आंककै आधारमा हराउदै नेपालका सनिल शाहीले आन्तिम चारमा स्थान पक्का बनाए ।
येस्तै ६४ केजी तौल समुहमा भुपेन्द्र थापा मगरले भुटानका दोर्जे वाङ्दिलाइ सुरुवाती राउण्डमा  ( खेलाडी खेल क्षमतामा असक्षम ) RSC रेफ्री स्टप कन्टेस्को   आधारमा पराजित गर्दै सेमीफाइनल स्थान बनाए । ७५ केजी समूह तर्फ अनुभवी नेपाली बक्सर मानिएका दिपक श्रेष्ठले खेलको दोश्रो रूद सम्म आइपुग्दा लगभग अंकको आधारमा जित निश्चित हुदा हुदै पनि अन्तिम तेश्रो राउण्डमा भारतका अंकित खानसंग नकाउटको आधारमा पराजित भए ।

१३ औ दक्षिण एसियाली खेलकुद साग चलिरहदा हामीले बक्सिग प्रशिक्षक प्रविन तुलाधर संगको गरेको कुराकानी –

नेपाली बक्सिङ्ग टोलीको तैयारी कस्तो छ ?

साग खेलको लागि हामीले निकै मेहनत गरेका छौ र खेलाडी सबैको उत्साह पनि जोसिला छन् तैपनि हाम्रो प्रमुख प्रतिसपर्धीको रुपमा भारतलाइ लिएका छौ ।

किन भारत मात्रै , अरुदेस नि  ?

आरु भन्दा भारतीय खेलाडीको तैयारी हाम्रो भन्दा धेरै छ । उनीहरु बार्षिक २० /२५ राष्ट्रिय अनुपातका खेलहरु खेल्ने भएकाले खेलाडीमा निपुणता त हुने नै भयो । बक्सिङ्गमा खर्च र लगानी पनि उनीहरुको धेरै छ तर हाम्रो बार्षिक मुस्किलले २ / ३ राष्ट्रिय खेलमा खेलाडीले अनुभव लिने मौका पाउछन् । तर हाम्रो त्यो दाजोमा बजेट कम छ खेलाडीले त्यस लेवलको खेलको अनुभव लिने अवसरमा कमि हुनु स्वभाबिक हुनेनै भयो ।

के होला यो पल्ट  ?

म त भन्छु तैपनि हाम्रो खेलाडीले नेपालको नाम राख्छ । दुइ महिना अगाडी अहिले साग छनौटमा परेका खेलाडीले थाईल्याण्डमा भएको अन्तरराष्ट्रिय बक्सिग प्रतियोगितामा अपत्य्रिलो खेल प्रदसन जीतले खेलाडीले नयाँ अनुभव संगै साग खेलमा आफ्नो उत्साहलाई जीतमा परिणत गर्ने छ । शुक्रबार भएको प्रदसनमा सुशील ,सनिल र भुपेन्द्रले त्याहाबात पाएको अनुभव एता देखाएको हो । सनिल बिल्कुलै नयाँ बक्सर हो तर हामीले उसलाई निकै मेहनतले तयार गरेका छौ यो अर्थमा भन्नु पर्दा सबै खेलाडी निकै राम्रो छ ।

नेपाली साग छनौटमा परेका बक्सरलाइ केहि महिना देखि उज्बेकस्थानमा प्रशिक्षक अलिसेर राखिमोले बिशेष प्रसिक्षन दिदै आएका छन् ।

Loading...