गौरिकाले पौडीमा दोस्रो स्वर्ण जितेसँगै नेपालको स्वर्ण संख्या पुग्यो ४१

काठमाडौं, २० मंसिर । गौरिका सिंहले १३ औं सागमा दोस्रो स्वर्ण जितेकी छिन् । यससँगै नेपालले ४१ वटा स्वर्ण पदक जितेको छ ।

शुक्रवार सम्पन्न पौडीको व्याक स्टोक २ सय मिटरमा उनले स्वर्ण जितेकी हुन् । सिंहले निर्धारित दूरी २ मिनेट १७स्७३ मा पूरा गरिन् । यसअघि हिजो उनले २ सयम मिटर फ्रि स्टाइलमा स्वर्ण जितेकी थिइन् ।

Loading...