गोकुल बास्कोटालाई बालकोटमा प्रवेश निषेध

काठमाडौं, १६ फागुन। पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई बालकोट क्षेत्रमा प्रवेश निषेध गरिने भएको छ।नेपाल तरुण दल सूर्यविनायक नगर समिति, भक्तपुरले ७० करोड काण्डमा मुछिएका पूर्वमन्त्री गोकुल बास्कोटालाई बालकोटमा प्रवेश निषेध गरेको हो । तरुण दलको सूर्यविनायक नगर समितिले अध्यक्ष उमेश अधिकारीको नेतृत्वमा ‘भ्रस्टाचार’को आरोप लागेका बस्कोटालाई बालकोटमा प्रवेश निषेधको माग राखेर बुधबार प्रदर्शनसमेत गरेको छ। […]

वामदेवलाई राष्ट्रिय सभामा पठाउने निर्णय प्रधानमन्त्रीले मान्नैपर्छ: अध्यक्ष प्रचण्ड

काठमाडौँ, १६ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने पार्टी सचिवालयको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।गृहजिल्ला चितवनमा शुक्रवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी निर्णय प्रधानमन्त्रीले मान्नुको विकल्प नरहेको बताएका हुन् । तपाईंहरूले थाहा पाइसक्नुभएको छ, राष्ट्रिय सभामा लैजाने एउटा सीट जुन छ, त्यसमा […]

नयाँदिल्ली हिंसा: मृतकको संख्या ३७

एजेन्सी भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बिहीबारसम्म ३७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार झण्डै २०० जना घाइते भएका छन् । हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौं दङ्गा प्रहरी र अर्ध सैनिक बल परिचालन गरिएको छ । जिटीबी अस्पतालका निर्देशक सुनिल कुमारले अस्पतालमा ३० जनाको मृत्यु भएको […]

मालेका महासचिव मैनाली खतरामुक्त

काठमाडौं, १६ फागुन । नेकपा मालेका महासचिव तथा पूर्वउपप्रधानमन्त्री सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना परि गम्भीर घाइते भएका हुन । गम्भीर घाइते भएका मैनाली अहिले भने खतरामुक्त रहेको काठमाडौं स्थित ग्राण्डी अस्पतालले जनाएको छ। बिहीबार झापाबाट फर्किने क्रममा महोत्तरीको बर्दिबासमा कार दुर्घटनामा परेर घाइते भएका मैनालीलाई बिहीबार नै सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो […]

वेवारिसे अवस्थामा फेला पारेको शिशु बालग्रामलाई जिम्मा

पोखरा, १६ फागुन । बनेपाको पनौती नगरपालिका–४ टौखालमा वेवारिसे अवस्थामा फेला पारेको नवजात शिशुलाई प्रहरीको रोहबरमा एसओएस बालग्रामका उप निर्देशक तुल्सि छुजुलाई जिम्मा लगाईदै शिरमेमोरियल अस्पतालका डा. अरुण गुप्ता । फागुन ४ गते विहान टौखालस्थित मिन बहादुर बस्नेतको घरको इनार छेउमा फालेर राखेको अवस्थामा प्रहरीले फेला पारेको नवजात शिशुलाई अस्पतालमा उपचारपश्चात बुधवार एसओएस बालग्रामलाई जिम्मा […]

एमसीसी कुनै पनि हालतमा पास हुँदैन: प्रमुख सचेतक गुरुङ

काठमाडौँ, १५ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले नेपालको राष्ट्रिय स्वाधिनता विपरित आउन खोजेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कुनै पनि हालतमा पास नहुने बताएका छन् । विहिबार राजधानी स्थित संवाद डबलीले आयोजना गरेको समसामयीक राजनीतिक विषयमा गरिएको अंतर संवाद कार्यक्रममा उनले सो कुरा बताएका हुन् । नेता गुरुङले […]

प्रदेश नं ५ सरकारको ध्यान लगानी सम्मेलनमा

रुपन्देही, १५ फागुन । आफ्ना दुईवर्षे उपलब्धि र प्रदेशका उत्पादन देखाउँदै प्रदेश–एक्स्पो सम्पन्न गरेको प्रदेश ५ सरकारले लगानी सम्मेलनको तयारीमा ध्यान केन्द्रित गरेको छ । प्रदेश सरकारले आगामी आ व २०८०र८१ सम्ममा समृद्ध प्रदेश बनाउन करिब १२ खर्बको लगानी आवश्यक रहेको प्रक्षेपण गरेको छ । सोही प्रक्षेपणअनुसार निजी क्षेत्रलाई लगानीका लागि आह्वान गर्दै सरकारले लगानी […]

लाखौं ठगेर फरार पूर्णिमा श्रीष प्रहरीको फन्दामा

काठमाडौं, १५ फागुुन । बैदेशिक रोजगारीका लागि फ्रान्स पठाउने नाममा लाखौ ठगी गरेर फरार पूर्णिमा श्रीषलाई प्रहरीले पक्राउ गरेको छ। रुपन्देहीको तत्कालीन दुधराक्ष गाविस–५ घर भई हाल काठमाडौंको तरकेश्वर–११ बासुकीनाग मार्ग बस्दै आएकी गंगाबहादुर छन्त्यालकी छोरी भुपाल श्रीषकी श्रीमती ४३ वर्षीैया पूर्णिमालाई ३८ लाख ५० हजार ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । उनले […]

ओली, प्रचण्ड र माधव एउटै मञ्चमा

काठमाडौं, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट‍्रिय सभामा पठाउने विषयमा बालुवाटारमा बुधबार भएको बबन्डरपछि नेकपाका शीर्ष नेताहरु बिहीबार एउटै मञ्चमा प्रस्तुत हुँदैछन्। राजधानीको यलम्बर पार्टी प्यालेसमा बिहीबार दिउँसो आयोजित बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधव नेपाललगायतका नेताहरुले संयुक्त रुपमा सम्बोधन गर्दै […]

प्रधानमन्त्रीको बिलौना, आफ्नैबाट असहयोग भयो

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र विवाद बढ्दै गएको कांग्रेस नेता डा शेखर कोइरालासँग बताएका छन्। प्रधानमन्त्री ओलीले कांग्रेस नेता कोइरालालाई बालुवाटार बोलाएर पार्टी भित्रबाटै असहयोग हुँदै गएको बताएका हुन्। सचिवालय बैठकले राष्ट्रियसभामा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई पठाउने निर्णयप्रति आफ्नो असहमति रहेकोसमेत प्रधानमन्त्री ओलीले कांग्रेस नेता कोइरालालाई सुनाए। बिहीबार बिहान डेढ घन्टा […]