शिक्षक लाइसेन्स मावि नेपाली विषयको नतिजा सार्वजनिक (हेर्नुहोस नामावली)

काठमाडौं, १४ फागुन । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) नेपाली विषयकाे नतिजा प्रकाशन गरेकाे छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएकाे थियाे । यससँगै आयोगले प्रथम चरणमा माध्यमिक तहका विभिन्न ११ बिषयको नतिजा सार्वजनिक गरिसकेकाे छ । यसअघि आयोगले इलेक्ट्रिकल इञ्जिनियरिङ्ग सिभिल इञ्जिनियरिङ्ग, कम्प्युटर इञ्जिनियरिङ्ग, बाली विज्ञान, पशु विज्ञान, कानुन, […]

टेकु अस्पतालको आइसोलेसन वार्डमा कोरोनाका २ विरामी

काठमाडौं, १८ फागुन । चीन र दक्षिण कोरियाबाट फर्केका दुई जना नेपाली कोरोना भाइरसको सं‌क्रमण आशंकामा अस्पताल भर्ना भएका छन् । उनीहरुलाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । भर्ना भएका नेपालीमध्ये एक जना चीनबाट र अर्का दक्षिण कोरियाबाट फर्केका व्यक्ति भएका प्रवक्ता अनुप बास्तोलाले बताए। ‘दक्षिण कोरियाबाट फर्केको […]

प्रचण्डमाथि सार्वजनिक कार्यक्रममा जुम्लाका रतनले गरे जुत्ता प्रहार

काठमाडौं १८ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी प्रहार भएको छ । एक कार्यक्रममा उनलाई ताकेर एक व्यक्तिले जुता हानेका हुन । तर, त्यो जुता उनलाइ भने लागेन । प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आयोजित भरतमोहन अधिकारी स्मृति दिवस कार्यक्रममा सम्बोधन गरिरहेकै समयमा प्रचण्डमाथि जुता प्रहार भएकाे हाे ।  नेकपा […]

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री सोमबार अस्पताल भर्ना हुँदै, नातिनीले मिर्गौला दिने

फागुन १८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुँदैछन् । उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपण बुधबार हुँदैछ । प्राप्त जानकारी अनुसार उनलाई आफ्नो नातेदार पर्ने नातिनीले मिर्गौला दिँदैछिन् । ती नातिनीसँग उनको मिर्गौला म्याच भएपछि उनी दिन तयार भएकी हुन् । उनको नाम भने गोप्य राखिएको छ । प्रधानमन्त्रीको […]

प्रधानमन्त्री ओलिको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिने

काठमाडौँ, १८ फागुन । एपेन्डिसाइटिसको शल्यक्रियामा सफलता प्राप्त गरी संक्रमणबाट जोगिन प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने भएका छन । आइतबार बसेको नेकपा सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिने जानकारी दिए। ‘सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य उपचारको योजनाको बारेमा जानकारी […]

राष्ट्रियसभा सदस्य मनोनयनका लागि नेकपा सचिवालय वैठक बस्दै

काठमाडौं, १८ फागुन । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  को आज (आइतबार) सचिवालय बैठक बस्दैछ । राष्ट्रियसभा सदस्य सिफारिस विवाद चर्किरहेका बेला नेकपाले आइतबार पार्टी सचिवालय बैठक डाकेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ११ः३० बजेका लागि बैठक तय भएको नेकपा अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । आजको सचिवालय बैठक राष्ट्रियसभा सदस्यको मनोनयनमा केन्द्रित […]

घर बाहिर शौच गर्न गएका व्यक्तिमाथि गोली प्रहार

फागुन १८, महोत्तरी । महोत्तरी मनरासिस्वा नगरपालिका–३ सोनौलगाउँ बस्ने ६१ वर्षीय सहदेवप्रसाद यादव अज्ञात व्यक्तिले हानेको गोली लागि गम्भीर घाइते भएकान छन् । विहान घर बाहिर पिसाब फेर्न निस्केका यादवमाथि गोली प्रहार भएको र गोली प्रहार गर्ने व्यक्तिको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । घटना भएको जानकारी पाएलगत्तै प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकी नेतृत्वको […]

विवाहको रकम जोगाएर विद्यालयमा अक्षयकोष

बाग्लुङ, १८ फागुन । यहाँका एक नवजोडीले विवाहको रकम जोगाइ विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्। जैमिनी नगरपालिका–४ सर्कुवाका तारा शर्मा र काठेखोला गाउँपालिका–७ रेशका तीर्थप्रसाद गौतमले काठेखोला–७ रेशस्थित रेश नुन्थला माध्यमिक विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन्। विवाहमा सुन किन्दा लाग्ने खर्च कटाइ पिता चन्द्रप्रसाद गौतमको स्मृतिमा अक्षयकोष स्थापना गरेको […]

शिक्षक लाइसेन्स मावि विज्ञान विषयको नतिजा सार्वजनिक (हेर्नुहोस नामावली)

काठमाडौं, १४ फागुन । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) विज्ञान विषयकाे नतिजा प्रकाशन गरेकाे छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएकाे थियाे । आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न ७ बिषयको नतिजा सार्वजनिक गर्न सुरु गरेकाे थियाे । यसअघि नतिजा सार्वजनिक भएका बिषयहरु इलेक्ट्रिकल इञ्जिनियरिङ्ग सिभिल इञ्जिनियरिङ्ग, कम्प्युटर […]

गाली बेइज्जती सम्बन्धी मुद्दा लिएर जिल्ला अदालत पुगे बाँस्कोटा

काठमाडौं, १६ फागुन । निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटा विजयप्रसाद मिश्रविरुद्ध गाली बेइज्जती सम्बन्धी मुद्दा लिएर जिल्ला अदालत पुगेका छन् । बाँस्कोटाले कमिसन डिल गरेको दाबी गर्दै अडियो सार्वजनिक गर्ने विजय प्रकाश मिश्रविरुद्ध मुद्दा दायर गरेका हुन् । बाँस्कोटाले आफुमाथि भ्रष्टाचारको झुठा आरोप लगाइएको भन्दै शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्। ‘म […]